काठमाडौं । अमेरिका प्रवेश गर्ने चिठ्ठा (ईडिभी) इलेक्ट्रोनिक डाइभरसीटि भिजा सन् २०२४ को आवेदन खुल्ला भएको छ ।
हरेक बर्ष खुल्ने डिभी चिठ्ठा कार्यक्रमार्फत डिभी २०२४ का लागि नेपाल सहित छनौट गरिएका विभिन्न देशबाट योग्यता पुगेका ५५ हजार व्यक्तिलाई अमेरिका प्रवेश गर्ने भिजा दिइने डिभी सम्बन्धी अमेरिकी वेवसाइटमा जनाइएको छ ।
असोज १९ राति १२ बजेबाट खुल्ला भएको आवेदन कार्तिक २२ गते राति १२ बजेसम्म दिन सकिने छ । यस कार्यक्रममा सहभागि हुन कुनै पनि शुल्क लाग्दैन । डिभी भर्न तथा यस सम्बन्धी थप जानकारी https://dvprogram.state.gov/ बाट प्राप्त हुने छ ।