काठमाडाैं । वाग्मती प्रदेशसभाका १०९ सदस्यहरुले प्रदेशसभा सचिवालयमा आज दिउँसो शपथग्रहण लिएका छन ।
वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्रीहरु, मन्त्रीहरु, पूर्व सभामुखसहितको उपस्थितिमा शपथग्रहण गरिएको हो । प्रदेशसभा १०९ जना सदस्यहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७२ वर्षका रामप्रसाद ढुंगानाले शपथग्रहण गराए ।
हिजो ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष शपथग्रहण गरेका थिए । आजको शपथग्रहणपछि सभामुख चयन गर्ने, मुख्यमन्त्री चयन गर्ने नयाँ सत्ता गठबन्धनका दलहरुको तयारी रहेको छ ।
३ जनाले तामाङ भाषा र १२ जनाले नेवारी भाषा गरी १५ जनाले मातृभाषामा शपथ लिएका थिए ।
AUTHOR