Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राज्यसंयन्त्र कमजोर हुँदा उदाएका आशिका तामाङहरु

Sambridinews by Sambridinews
बिहिबार, अशोज २४, २०८१
in FEATURED, विचार
0
राज्यसंयन्त्र कमजोर हुँदा उदाएका आशिका तामाङहरु
600
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाँल


समाजमा हुनेगरेका कुनै घटना हुन या सार्वजनिक चर्चाका विषय । अब भूगोलको सिमितता रहेन, सामाजिक सञ्जाल मार्फत क्षणभरमा भाइरल भइसक्छ ।
यतिवेला सामाजिक सञ्जालमा आशिका तामाङ्ग भाइरल छिन । उनका भिडियो फुटेजहरु सार्वजनिक चासोको विषय बनेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ्मा अस्वाभाविक शुल्क विरोध गरेर उनि सामासिक सञ्जालमा हाइहाइ भएकी छिन् ।

You might also like

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

उनि भिडियोमा कतै सार्वजनिक स्थलमा शौचालयले लिने अस्वाभाविक शुल्क बारे अहसमति राख्छिन । कतै उनि, झोलुङ्गे पुल वारपार गर्दा लिइने शुल्कको विरोध गर्छिन ।

कतै उनि, उल्लेखित शुल्क भन्दा बढि शुल्क लिएर बेच्ने बोतलको पानीको विरोध गर्छिन । यहि कारणले गर्दा हिजआज उनि सामाजिक सञ्जालमा चर्चित भइरहेकि छिन् ।
सार्वजनिक बेथिति र मौलाउदो भ्रष्टाचारका विरुद्ध आफ्नो अभियान भएको आशिकाले भनेकिछिन । उनको यो अभियानलाई सर्वसाधारणहले मौन समर्थन गरेका छन् ।
उनले सामाजिक बेथितिका विषयमा असहमती राख्दा भएका नोकझोकलाई सर्वसाधारणले सामाजिक सञ्जालमा सेयर समेत गरेका छन् । कतिपयले त उनको यो कदमलाई धन्यवाद भनेका छन् ।

नेपालीको सबैभन्दा ठुलो चाड बडादसैं सुरु भइसकेको छ । केहीदिन अघिको अबिरल वर्षाका कारण आएको बाढीपहिरोले काठमाडौं उपत्यका सहित काभ्रेपलाञ्चोलक, सिन्धुली, धादिङ्ग, मकवानपुर, रामेछाप लगायतका स्थानमा ठुलो जनधनको क्षति गरेको छ ।

प्राकृतिक विपत्तिमा सरकारको तयारी र जनताको उद्धारमा सरकारले गरेको ढिलासुस्तिले गर्दा सरकार आलोचित छ । बाढीले राजमार्ग अवरुद्ध हुँदा दसैंको मुखमा काठमाडौं उपत्यकाबाट गाँउ जाने सर्वसाधारण सबैभन्दा धेरै मारमा परेका छन् ।

प्रत्येक वर्ष साउन लागेसंगै खाद्यवस्तुमा अस्वभाविक मुल्यवृद्धि तथा कालोबजारी यसपाली प्राकृतिक विपत्तिले मलजल गर्यो । ढिलागरी असोज १२ गतेदेखि खुला गरिएको दसैंका लागि सार्वजनिक यातायातको अग्रीम टिकट बुकिङ्ग प्रकृतिक विपत्तिको वाहानमा केही दिनमा नै बन्द गरियो । ऐले राजमार्गको दुरावस्था वाहाना बनाएर उनिहरुले दोब्बर भाडा असुलिरहेको समाचार आइरहेका छ । यता हवाई यात्रुको चाप बढेपछि त्यसको भाडा पनि अचाक्ली बढेको छ ।

चाडवाडका बेला मात्र गरिने देखावटी बजार अनुगमन यसवर्ष पनि त्यस्तै गरियो । कति ठाउमा बजार अनुगमन गर्न सरकारी टोली आउने खबर थाहा पाएर व्यापारी पसल बन्द गरेर हिडे । कतै, कर्मचारीले बजार अनुगमनको फोटो खिचेर भत्ता बुझे ।
कतै बजार अनुगमन नगर्न व्यापारीसंग सम्झौता गरियो भन्ने खबर पनि सुनियो । यहीविचमा प्राकृतिक विपत्ति आइलाग्यो । न महंगी घट्यो, न खाद्यान्नमा मनपरी मुल्य तोक्नेमाथि कारबाही भयो ।

सुशासन, कालोबजारी तथा मुल्यवृद्धि नियन्त्रण गर्ने निकायको गैरजिम्मेवारीपनले सर्वसाधारण जनता आज जन्म संस्कारदेखि मृत्यु संस्कार्रसम्म बिचौलिया र कमिशनखोरको पन्जामा परेका छन् ।
जनताले पटकपटकको संघर्ष र राजनीतिक परिवर्तनपछि स्थापना भएको लोकतान्त्रिक गणतन्त्रणमा पनि सबैभन्दा धेरै जनताकै हक अधिकार मिचिएको छ । स्पष्ट कानुनको अभावमा जनता कतै दोहोरो कर तिर्न बाध्यन छन् भने कतै, संविधानले ग्यारेन्टि गरेको अधिकारबाट नै बञ्चित छन् ।

पछिल्लो राजनीतिक परिवर्तन र नयाँ संविधान जारी भएपछि जनताको नाम भजाएर विभिन्न राजनीतिक दल र नेताहरु आए । दलको हैसियत अनुसार नेता तथा कार्याकर्ताहरुले आफ्नो स्वार्थपूर्तीमा पार्टीलाई प्रयोग गरे । राजनीतिक अस्थिरतालाई अवसरका रुपमा लिएका नेता कार्यकर्ता तथा कर्मचारीहरुले सम्रग देशको स्रोतसाधनमाथि कब्जा जमाउदै दोहन गरिरहेका छन् ।


जनतामा समर्पित भनिएको व्यवस्थामा समेत वास्तविक श्रमिक मजदुर किसानहरुको जिवनस्तरमा कुनै परिवर्तन आएको छैन । उनिहरुको दैनिकी घाँसदाउर मेलापात र बालबच्चाको दुई छाक टार्नमा नै सिमित छ । सुगम भनिएका जिल्लामा समेत दलित जनजाती मधेशी अल्पसंख्यक समुदायका धैरै बालबालिका विद्यालय भन्दा बाहिरै छन् ।
आर्थिक अवस्थाले कमजोर हुदाँ कतिले पढाईलाइ विचैमा छोडिदिएका छन् । दुर्गम तथा विकट पहाडी स्थानमा बसोबास गर्ने जनताको अवस्था बारेमा सरकार अझैपनि बेखबर छ ।
राजनीतिक रंगमा समाज विभाजित छ । राजनीतिक आस्थाका कारण परिवार भित्रै मानिस खण्डित र विभाजित भएका छन् । राजनीतिक संरक्षणमा दण्डहिनता कायम छ । रोजगारी तथा विकास निर्माण राजनीतिक रंगका आधारमा वर्गीकृत छ ।

कर्मचारीतन्त्र भत्ता र कमिसनको चक्करले जनताको नजरमा विचौलियाको रुपमा परिचित हुदैगएको छ । कालोधन्दा मार्फत आँखै अगाडी मालामाल भएका व्यक्ति र तिनको रावफले सर्वसाधारणमा ग्लानि महुशुस हुनु स्वभाविक हो ।
राज्यका निकायमाथि जनताको विश्वास घटेको छ । राज्यका अंगबाट निष्पक्ष व्यवहार खोज्नु आकाशको फल जस्तै हुनथालेको महसुस हुन्छ । कमजोर सरकारको फाइदा उठाउदै दलाल भ्रष्ट कमिशनखोरहरुले देशमा उधुम मच्चाइरहदा एउटा सच्चा नागरिकलाई कसरी शान्ति मिल्छ ?
यस्तो चरम निराशाबीच देशका तमाम विकृति विसंगती विरुद्ध कसैले बोल्दा एउटा विरामीले चहर्याइरहेको घाउमा थोरै भएपनि औषधी पाएजस्तो जनताले महसुस गरेका छन ।
सामाजिक न्याय र भुइमान्छेको अधिकारका सवालमा समाज नै निरिह बन्दै गएको बेला जनताको पक्षमा बोल्ने मानिस भेटिदा आम सर्वसाधारणले केहीहदसम्म सितलताको महसुस गरेका छन् ।

केहिसमय अगि सहकारीको चर्को ऋणको भारले थिचिएका जनताको पक्षमा मेडिकल व्यवसायी दुर्गा प्रसाई बोल्दा एकहदसम्म उनि पनि हाइहाइ भएका थिए । सामाजिक उत्तरदायित्व र जनताको सेवामा गठन भएको संस्था व्याज, स्याज र प्याजको तापले जनतालाई नै पोलिरहेको थियो ।
जनताले सहकारीमा राखेको रकम तिनका साहुले हिनामिना गर्दा धेरै सर्वसाधारणको वर्षोदेखिको बचत नोक्सान भएको छ । हिनामिना गरिएको जनताको पैसा फिर्ता गराउनेतर्फ सरकारको ध्यान अझै गएको छैन ।

त्यस्तै वाँकेमा हत्या गरिएकी निर्मला कुर्मीको न्यायका लागि रुवी खानसहितको टोली संघर्षरत छ । उनी र उनको टोलीसंग सरकारले पटकपटक गरेको सहमती कार्यान्वयन नगर्दा उनि महिनौदेखि सडकमै छिन् ।
जनताको न्याय र सुसंस्कृत समाजका लागि सरकारका निकाय गम्भीर नबन्दा समग्र देश नै असफलतातर्फ धकेलिदै गएको छ । जनता चरम निराशाले जेलिदै गएका छन् भने पढेलेखका व्यक्तिको विदेश पलाएन तिब्र छ । रोजगारीका लागि जनता अरब भूमिमा सस्तोमा श्रम बेच्न बाध्य छन् ।

जनताको मुद्दामा जो बोल्छ उही सामाजको वास्तविक हिरो बन्ने अवस्था यही दलाल कमिशनखोर पुँजीवादी शासन व्यवस्थाले सिर्जना गरेको हो । जनताको न्यायका पक्षमा पटकपटक सत्तामा पुगेका दलहरुले सिन्को समेत नभाच्दा जनताले आफ्नै वर्गको हिरो खोजेका हुन ।

जनतामो पक्षमा बोल्दै हिड्ने आशिकाहरुको ईर्ष्याले केही समुह प्रतिशोध साध्न खोजेको देखिन्छ । फलस्वरुप उनि र उनिजस्तामा व्यक्तिमाथि अराजकताको आरोप लागाइएको छ ।
स्वतन्त्र एंव् एकल व्यक्तिले उठाएका जनताका वास्तविक विषयलाई पनि सरकारले आफ्नो कमजोरी सच्याउने अवसरका रुपमा लिनुपर्छ । सरकारले उनिहरुको विद्रोहलाई प्रतिशोधका रुपमा नभएर सकारात्मक रुपमा लिइ जनताको पक्षमा तत्काल आफ्ना स्रोत साधन परिचालन गर्नुपर्छ ।

Related

Previous Post

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदै

Next Post

आज देशका केही स्थानमा हल्का पानी पर्ने सम्भावना

Sambridinews

Sambridinews

Related Posts

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

by Sambridinews
शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा
FEATURED

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

by Sambridinews
शनिबार, भदौ ६, २०८३
वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह
FEATURED

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह

by Sambridinews
शनिबार, भदौ ६, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
Next Post
देशका धेरै स्थानबाट मनसुन बाहिरीयो : पश्चिमी वायुकाे प्रभावले बुधबारसम्म वर्षाकाे सम्भावना

आज देशका केही स्थानमा हल्का पानी पर्ने सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

बुधबार, साउन १५, २०८२
देशको पश्चिम क्षेत्रमा भारी बर्षा : सतर्कता अपनाउन आग्रह

आजकाे माैसम : मधेस र बागमती प्रदेशमा सामान्य बदली

शुक्रबार, अशोज १४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

शनिबार, भदौ ६, २०८३
चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने
TOP STORIES

चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने

शनिबार, भदौ ६, २०८३
नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा
FEATURED

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

शनिबार, भदौ ६, २०८३
वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह
FEATURED

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह

शनिबार, भदौ ६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In