Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राजावादी, स्वतन्त्र, सत्ता गठबन्धन सबैको प्रहारको केन्द्र एमालेः महासचिव पोखरेल

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक २४, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
राजावादी, स्वतन्त्र, सत्ता गठबन्धन सबैको प्रहारको केन्द्र एमालेः महासचिव पोखरेल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको रक्षा गर्ने एकमात्र पार्टी एमाले भएको हुँदा यसलाई कमजोर बनाउने योजना अन्तर्गत प्रतिपक्षमा रहेको समयमा पनि चौतर्फी आक्रमण भइरहेको वताउनुभएको छ । 
महासचिव पोखरेलले देशभक्त शक्तिलाई कमजोर बनाउने षडयन्त्र अन्तर्गत नेकपा (एमाले) र नेपाली सेनालाई कमजोर बनाउने प्रयास भइरहेको स्पष्ट गर्दै त्यो प्रयासलाई असफल पार्ने र दुबै शक्तिलाई कमजोर हुन नदिने दृढता व्यक्त गर्नुभयो । 
नेकपा(एमाले) ललितपुर जिल्ला कमिटीद्वारा ललितपुरमा आयोजित जिल्ला भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले राजावादी, स्वतन्त्र, सत्ता गठबन्धन सबैको प्रहारको केन्द्र एमाले भइरहेको बताउनुभयो ।


महासचिव पोखरेलले भन्नुभयो– यो प्रहार देशभक्त शक्तिलाई कमजोर बनाई देशलाई कठपुतली बनाउन सकिन्छ कि भन्ने प्रयास अन्तर्गत हो । त्यो हामी हुन दिँदैनौं । 
प्रतिपक्षमा रहँदा यसरी आक्रमणको सामना गर्नुपरिरहेको एमालेले सत्तामा रहेको भए के हुन्थ्यो ? बुझ्नुपर्ने बताउँदै देशभक्त शक्तिलाई कमजोर बनाउने षडयन्त्रको परिणाम अहिले मुलुकले सङ्कट भोग्नु परिरहेको विचार उहाँले व्यक्त गर्नुभयो । 
विगतमा नेपाल र नेपालीका मौलिक सँस्कृतिमाथि अनास्था फैलाउने, सामाजिक तथा जातीय एकतालाई खल्बल्याउने, देशको  राष्ट्रिय झण्डा र नाम नै फेर्नुपर्ने जस्ता नेपाल राष्ट्रलाई कमजोर बनाउने विचारहरू प्रकट भएका र त्यसको बाहक माओवादी केन्द्र रहेको स्मरण गर्दै महासचिव पोखरेलले त्यसबेला ती गलत प्रवृत्तिमाथि नेकपा (एमाले)ले विजय हासिल गर्न सफल भएको र अहिले पनि राष्ट्र कमजोर बनाउने प्रयास भइरहे पनि त्यस्ता प्रयास असफल पारिने बताउनुभयो । 
नेकपा(एमाले) नेतृत्वको सरकारका पालामा भएका आर्थिक विकास, सामाजिक सुरक्षा, भौतिक पूर्वाधार विकास लगायत कामको चर्चा गर्दै महासचिव पोखरेलले जब जब एमालेले सरकारको नेतृत्व गर्छ तब तब जनतामा आशा, भरोसा जगाउनुका साथै खुशी ल्याउने काम भएको छ भन्नुभयो । 
उहाँले नेकपा (एमाले) सत्तामा रहेको समयमा होस् वा प्रतिपक्षमा रहँदा, देश र जनताप्रति जिम्मेवार भूमिका निर्वाह गर्दै आएको र गरिरहने स्पष्ट गर्दै आगामी कार्ययोजना पनि त्यही जिम्मेवारी बहन गर्ने दिशामा रहेको बताउनुभयो । 
महासचिव पोखरेलले देशको विकास र जनताको आर्थिक जीवनस्तर सुधार गर्ने चिन्ता र चिन्तन स्वरुप मध्यपहाडि(पुष्पलाल) लोकमार्ग यात्रा विशेष अभियान सञ्चालन गर्न लागिएको जानकारी गराउँदै झुलाघाट(बैतडि)देखि चिवाभञ्ज्याङ(पाँचथर)सम्मको यात्रालाई समृद्धिका लागि सङ्कल्प यात्रा नाम दिइएको र यस अभियानका क्रममा विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा जनतासँग सम्वाद गरिने स्पष्ट गर्नुभयो ।
देश निर्माणका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको र त्यसमा सबै लाग्नुपर्ने बताउँदै महासचिव पोखरेलले नेकपा (एमाले) पहिलो शक्ति र ठूलो कार्यकर्तापङ्ती भएको पार्टी भए पनि यसका नेताकार्यकर्ता आवश्यक मात्रामा परिचालन नभएका कारण जनतालाई गलत तत्वले प्रयोग गर्ने अवसर पाएको भनाइ राख्नुभयो । 
उहाँले नेकपा एकीकृत समाजवादी परित्याग गरी एमालेमै फर्कनुभएका ललितपुरका दुईदर्जनभन्दा बढी नेताकार्यकर्तालाई स्वागत गर्दै यसबाट पार्टीलाई बलियो राष्ट्रिय शक्ति निर्माणको यात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज शेरबहादुर तामाङ, बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, सचिव नवराज सिलवाल र उपसचिव प्रेम महर्जनले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । 
ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिट्व्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

You might also like

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

Related

Previous Post

आयोजक अल्टिच्यूत फाइनलमा

Next Post

नेपाल विद्युत प्राधिकरणमा ठुलो संख्यामा कर्मचारी माग ( सूचनासहित )

Sambridinews

Sambridinews

Related Posts

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने
FEATURED

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

by Sambridinews
शनिबार, माघ १८, २०८२
आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित
TOP STORIES

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित

by Sambridinews
शनिबार, माघ १८, २०८२
सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा
FEATURED

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

by Sambridinews
शुक्रबार, माघ १७, २०८२
बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल
TOP STORIES

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल

by Sambridinews
शुक्रबार, माघ १७, २०८२
फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
TOP STORIES

फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

by Sambridinews
शुक्रबार, माघ १७, २०८२
Next Post
नेपाल विद्युत प्राधिकरणमा ठुलो संख्यामा कर्मचारी माग ( सूचनासहित )

नेपाल विद्युत प्राधिकरणमा ठुलो संख्यामा कर्मचारी माग ( सूचनासहित )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा

सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम सन्चालनमा

बुधबार, कार्तिक २०, २०८२
भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली सिमामा लुटिए

सिन्धुलीमा बैंकबाट तीनकराेड लुटपाट

बुधबार, माघ १, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने
FEATURED

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

शनिबार, माघ १८, २०८२
विश्वविद्यालय खेलकुद यसै महिना
Uncategorized

विश्वविद्यालय खेलकुद यसै महिना

शनिबार, माघ १८, २०८२
आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित
TOP STORIES

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित

शनिबार, माघ १८, २०८२
सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा
FEATURED

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ शुभारम्भ, ७ विश्वप्रसिद्ध ईभी ब्रान्ड एकै स्थानमा

शुक्रबार, माघ १७, २०८२
बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल
TOP STORIES

बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ:अध्यक्ष ढकाल

शुक्रबार, माघ १७, २०८२
फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
TOP STORIES

फागुन २१ लाई ‘जनगणना’ मान्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

शुक्रबार, माघ १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In