Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, May 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राजावादीको प्रदर्शनले झस्किएका गणतन्त्रवादी

Sambridinews by Sambridinews
बुधबार, चैत्र ५, २०८१
in राजनीति, विविध
0
राजावादीको प्रदर्शनले झस्किएका गणतन्त्रवादी
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

लोकमा चल्तीको एउटा उखान छ ‘चोरको खुट्टा काट् भन्दा खुट्टा उचाल्ने’ पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देश र त्यसपछिका घटनाक्रमले नेपाली राजनीतिक वृत्तमा कम्पन ल्याइदिएको छ ।

हुन त पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसका अवसरमा यसपटक मात्र शुभकामना दिएका हैनन । प्रजातन्त्र दिवसको सेरोफेरोमा ज्ञानेन्द्रको साताव्यापी पोखरा भ्रमण गरी काठमाडौं फर्किदा राजावादीले एयरपोर्टदेखि निर्मल निवाससम्म गरेको स्वागत ¥याली र त्यसमा हिन्दु अतिवादी नेता तथा दोस्रो कार्यकालका लागि भारतको उत्तराखण्डका मुख्यमन्त्री आदित्यनाथको पोष्टर सहित प्रदर्शन गरेपछि लोकतन्त्रपछि निरन्तर सत्तामा रहेका राजनीतिक दलका नेता झस्किएका छन् ।

You might also like

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

फागुन २५ गते राजावादीले शक्ति प्रदर्शनपछि शीर्षस्थ दलका नेताहरुले त्यसको निन्दा गर्दै सार्वजनिक मञ्चबाट प्रतिकृया दिइरहेका छन् । सत्ताघटक गठबन्धन र समाजवादी मोर्चा रणनीति बनाउन दैनिकजसो बैठक गरिरहेको छ।

माओवादी केन्द्रले गणतन्त्र विरुद्धका गतिविधि बढ्न थालेको भन्दै मधेस केन्द्रीत कार्यक्रम बन्दगरी काठमाडौं फर्किएको छ । उसले एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध चार दलले प्रतिगमनविरुद्ध चैतको १५ गते विरोधसभा गर्ने निर्णय गरेको छ ।

२०६२/६३ सालको राजनीतिक परिवर्तन र त्यसपछि सत्तामा रहेका दलले आम जनताको विश्वस क्रमश गुमाउदै गएका छन् । वर्षाैसम्म संविदान नबन्दा जनताका सपना मरिसकेका थिए । संविधान जारीपछि पनि नेपाली राजनीति संक्रमणकालीन अवस्थाबाट मुक्त हुन सकेको छैन । सरकार सधै अस्थिरताको भुमरीमै रुमल्लिरहेको छ । नेताहरु सत्ताका निम्ति हदैसम्मको गैरराजनीतिक संस्कारमा व्यस्त छन् ।

सत्ता र भत्ता केन्द्रीत नेताका कारण देश झनझन अस्थिरताको दलदलमा फस्दै गएको छ । दलीयकरण र भागवण्डाले सार्वजनिक संस्था जरजर बनिरहेका छन् । भ्रष्टाचार कमिसन र बिचौलियाले देश आक्रान्त पारेको छ । महंगी र बिचौलियको पासोमा जनता जेलिएका छन् ।

जन्मदेखी मृत्यु संस्कारसम्म आमजनता बिचौलिको जन्जिरले बाँधिएका छन् । भ्रष्टाचार फौजदारी कसुर सांस्कृतिक बिचलन लगायत अन्य अनैतिक कार्यमा दोषी दलका नेता कार्यकर्तामाथि अभियोग नचलाउने तर सरकारको विरोध गर्नेमाथि कारबाहीको डन्डा चलाउने कुसंस्कार बढिरहेको छ । राजनीति सबैभन्दा छिटो धनी बन्ने पेशाका रुपमा विकास हुदै गएको छ ।

कुखुराको चल्ला बेच्ने उही, दाना बेच्चे उही, कृषकले कुखुरा बजारमा पठाउने बेला होल्ड गरि कुखुराको भाउ घटाइदिने पनि उहि । नेपालका कृषकहरुको हबिगत हो यो । सिजनमा दस रुपैयाँ किलो पकेटक्षेत्रका गोलभेडा र काउली बिक्दैन, चालिस रुपैयाँ किलोको भारतीय गोल्भेडाले बजार छोड्दैन ।

बिचौलियाको इसारामा बजार चल्न थालेपछि कोही किन व्यावसायमा आउछ ? स्वावालम्बी नवप्रवेशी स्वरोजगारी कसरी व्यावसायमा टिक्छन ?
जनताले पटकपटक खबरदारी गर्दा पनि नेताहरु सत्ता स्वार्थ भन्दा माथि उठ्नसकेका छैनन । जनताको मौलिक हक अधिकार कार्यान्वयन गर्ने विभिन्न कानुन निर्माणमा जुट्नुको सट्टा आफ्नै लागि खुख सुविधा सम्बन्धी विधेयक बनाउन नेताहरुको तल्लिन छन्

पूर्वपदाधिकारीको सुविधाका लागि विधेयक तर्जुमा गर्न गृहमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको र मन्त्रिपरिषद्ले सहमति दिएपछि पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्याधीश, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई आजीवन सुविधा दिने गरी विधेयकको मस्यौदा बनाउन गृह मन्त्रालय जुटिरहेको खबर सार्वजनिक भएका छन् ।

लोकतन्त्र स्थापना पछि विगतमा बनेका सरकारले पनि पूर्वविशिष्ट पदाधिकारीका लागि आजीवन तलब सुविधा दिन कानुन ल्याउने प्रयास नगरेका हैनन । विगतमा त्यस्तो सुविधा दिन ल्याइएको अध्यादेश विरुद्ध रिट परेपछि सर्वोच्च अदालतले कार्यान्वयन नगर्न सरकारलाई रोकेको थियो ।

जनताप्रति गरिएको चरम वेवास्ता र अपमानका कारण आज नेताहरु सार्वजनिक रुपमा आलोचनाको पात्र बनिरहेका छन् । सार्वजनिक संस्थामा गरिएको दलीयकरण र राजनीतिक हस्तक्षेपले संस्थाप्रपति जनताको विश्वास घटेको छ । भ्रष्टाचार संस्थागत भएको छ । लोकतन्त्र नफक्रिदै मुर्झाउने अवस्थामा पुगेको छ । यही कमजोर अवस्थाको फाइदा उठाउदै पश्चगामी तत्वले मौकामा चौका हान्ने असफल प्रयास गरेका छन ।

जनताले पटक पटकको संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रमा जनता चरम निराशा र अपमानित हुने अवस्था सृजना हुनु व्यवस्थामाथिकै उपहास हो । सत्ता केन्द्रीत राजनीति भन्दा माथि उठेर नेताहरुले जनताको दैनिक जीविका र सरोकारका विषयलाई प्राथमिकता दिदैनन भने पश्चगामी तत्वले अझै धेरै खेल्ने मौका पाउने छन । जसका कारण देश झन झन अस्थिरताको भुमरीमा फस्दै जाने निश्चत छ ।

नेताका लागि सधैै राज्यको ढुकुटी खुल्ला हुने तर जनताका लागि बेथिति र अभाव मात्रै झेल्नुपर्दा आफ्लै रोजेचुनेका नेताको नियतमाथि शंका उठ्नु स्वभाविक हो ।
समाजवादी आदर्श बोकेका नेतामा सर्वसत्तावाद र अहंकार बढ्नु पक्कै राम्रो हैन। गणतन्त्रवादी नेताहरुले यसलाई बेलैमा सच्याए सबैको हितकर हुन्छ ।

हिजो लोकतन्त्रको लडाईमा जतिजति राजा र उनका भारदारहरुमा अहंकार बढ्दै गयो त्यतिनै छिटो लोकतन्त्र स्थापना भयो । तानाशाह बन्ने होडमा कोही लाग्छ भने त्यसको अन्त्यको प्रस्थानविन्दु पक्कै हुन्छ । सर्वसत्तावादको पछिल्लो उदाहरणका रुपमा बांगलादेश र श्रीलंकाको पछिल्लो राजनीतिक घटनाक्रमलाई हेरे पुग्छ ।

राजनीतिक संरक्षणमा भ्रष्टाचार र दण्डहीनता कायम रहुनु नेताहरुको राजनीतिक भविष्य मात्र नभएर प्राप्त राजनीतिक उपलब्धीमाथि समेत खतरा पर्नसक्छ । सयौं नेपाली जनताको रगत र पसिना बगाएर ल्याएको गणतन्त्रलाई नेताहरुले खेलाँची गर्न मिल्दैन ।

नेताहरुमा वढ्दै गएको सत्तामुखी राजनीतिक र सार्वसत्तावादी प्रवृत्ति नसच्याउने हो भने त्यो उनिहरुकै लागि खतरा हो । लोकतन्त्रीक गणतन्त्रको सुरक्षा गर्न सार्वभौम नेपाली जनता सक्षम छन् । जनताको भोटबाट नीतिनिर्माण गर्ने ठाउमा पुगेका नेताहरुले समय छदै व्यस्थामा देखिएका कमिकमजोरी सच्याएर सबल लोकतन्त्रको पक्षमा एकजुट हुनु नै आजको आवश्क्ता हो ।

Related

Previous Post

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

Next Post

दमकमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुदा पाँच जना घाइते

Sambridinews

Sambridinews

Related Posts

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

by Sambridinews
शुक्रबार, फाल्गुन २२, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

by Sambridinews
शुक्रबार, फाल्गुन ८, २०८२
Next Post
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

दमकमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुदा पाँच जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्याे

आइतवार, चैत्र ४, २०८०
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ यात्रा संस्मरण..

स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ यात्रा संस्मरण..

आइतवार, जेष्ठ २७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
FEATURED

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

सोमवार, बैशाख २१, २०८३
आर्थिक लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
FEATURED

आर्थिक लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

आइतवार, बैशाख २०, २०८३
भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर
TOP STORIES

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

आइतवार, बैशाख २०, २०८३
“डिजिटल एन्ड आईटीइनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम २०२६” अन्तर्गत इटहरीमा अभिमुखीकरण सम्पन्न 
TOP STORIES

“डिजिटल एन्ड आईटीइनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम २०२६” अन्तर्गत इटहरीमा अभिमुखीकरण सम्पन्न 

आइतवार, बैशाख २०, २०८३
उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा
FEATURED

उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा

आइतवार, बैशाख २०, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

आइतवार, बैशाख २०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In