नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर उत्साहजनक उपस्थिति देखाइरहेकाे छ। मतगणनाको सुरुवातदेखि नै पछि परेका पार्टीका राष्ट्रिय सभापति रवि लामिछानेले अहिले अग्रता लिएका छन्।
पछिल्लो गणनाले रविको पक्षमा ४ हजार ७ मत छ । सुरुबाटै अग्रता कायम गरेका कृष्णभक्त पोखरेलको ३ हजार ८ सय ७९ मत छ । भने गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठको पक्षमा ३ हजार ८ सय ७९ मत छ।
यस्तै, चितवन १ मा १८ हजार ८ सय २५ मत गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालको ६ हजार ३ सय ६७ मत छ । एमालेका सुरेन्द्र पाण्डेको ५ हजार ३ सय ९९ मत सहित दोस्रो स्थानमा हुदाँ गठबन्धन बाट कांग्रेसका उम्मेद्धवार डा. विश्वनाथ पौडेल ५ हजार २ सय ९५ सहित तेस्रो स्थानमा छन्।