काठमाडौं । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३ डफ्कामा रहेको एकीकृत नमुना बस्ती बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र खाँडा देवि गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको हो ।
बस्तीमा ४२ वटा घर, सामुदायीक भवन, खेल मैदान लगायतका संरचना रहेका छन् ।
बस्ती २०७७ साल माघ २४ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रि लगायतले विपन्न माझि परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
स्थानीय माझी समुदायको २६ रोपनी जमिनमा बागमती प्रदेश सरकारको १ करोड ५० लाख रुपैँया र गाउँपालिकाको ७५ लाख रुपैँया गरी २ करोड २५ लाख रुपैँयाको लागतमा बस्ती निर्माणको काम सम्पन्न भएको थियाे ।