Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छः मन्त्री चौधरी

Sambridinews by Sambridinews
शनिबार, बैशाख २९, २०८१
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छः मन्त्री चौधरी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलासँग सम्बन्धी अपूर्ण कानूनहरूलाई संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

महिला सुरक्षा दबाब समूहले आज काठमाडौँमा आयोजना गरेको “लैङ्गिक हिंसा न्यूनीकरणका लागि बनेका कानूनहरूमा भएका कमी कमजोरीहरू र समाधानबारे सरोकारवालाहरूसँग राष्ट्रिय संवाद” कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएका हुन् ।‘महिलासँग सम्बन्धित कानूनहरू अपूर्ण नै छन् । नागरिक ऐनमा पनि समस्या छ । त्यसैले कानूनमा भएका कमीकमजोरीलाई सच्याउँदै अगाडि बढ्न जरुरी छ’, मन्त्री चौधरीले भने ।

You might also like

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

महिलाका समस्या समाधानका लागि एकीकृत कानून बनाउन आवश्यक रहेको भन्दै मन्त्री चौधरीले महिला मन्त्रालय पनि एकीकृत रूपमा साझा ऐन बनाउने तयारीमा रहेको बताए । उनले भने, ‘सबै विभागहरूको एकीकृत गरेर ल्याउँछौँ । त्यसमा पनि महिला हिंसासँग सम्बन्धित कानूनहरूमा के–के बुँदाहरू थप गर्ने यहाँहरू जस्तो कानूनविद्व र अधिकारकर्मीहरूको राय, सल्लाह र सुझावमा हामीले कानून ल्याउनेछौ । ’

विशेषगरी आमाको नामबाट नागरिकता प्राप्त गर्ने कुरामा धेरै समस्या भएको भन्दै उनले यसलाई राज्यले पनि सहजीकरण गर्न आवश्यक रहेको बताए ।

सम्बन्ध विच्छेदको मुद्दामा पनि सम्पत्ति लिइसकेपछि फेरि फिर्ता गर्नुपर्ने विषय पनि संशोधन गर्नुपर्ने मन्त्री चौधरीको भनाइ थियो ।

श्रम ऐन पनि संशोधन गर्नुपर्ने भन्दै मन्त्री चौधरीले खासगरी गैरकानूनी ढंगबाट खाडी मुलुकमा गएका महिलाहरू पीडित हुने गरेको भन्दै यसलाई श्रम ऐनमार्फत सम्बोधन गर्नुपर्ने बताए । ‘यसो किन गर्नुपर्छ भने अहिले ट्रान्जिट भिसामा विशेषगरी खाडी मुलुकमा जाने हाम्रा दिदीबहिनीहरू फर्कँदाखेरि धेरै समस्या देखिने गरेको छ’, मन्त्री चौधरीले भने, ‘यौनहिंसामा पर्ने, गर्भवती भएर आउने, विभिन्न प्रकारका घरेलु हिंसामा पर्ने गरेको पाइएको छ । यस्तो समस्या देख्दा हामी भावुक पनि हुन्छौ तर यही समस्याका कारण महिलालाई विदेश जान भने बन्देज गर्नुहुँदैन । बरु त्यसलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने कुरा श्रम ऐनमा समावेश गरेर जानुपर्छ ।’

युवा पुरुष मात्रै बाहिर जान सक्ने अवस्था आयो भने झन् समस्या उत्पन्न हुने भन्दै उनले वर्किङ भिसाबाट मात्रै जान पाउने खालको व्यवस्था कसरी गर्न सकिन्छ ? कुन तरिकाबाट जाँदा उत्तम त्यसतर्फ सोच्नुपर्ने बताए । उनले भने, ‘धेरै संवेदनशील केशहरू छन् । धेरै कोसिस गर्दा पनि त्यसरी गैरकानूनी रूपमा पठाउने, लैजाने व्यक्तिहरू सबै पहिचान हुँदापनि ती व्यक्तिहरू पक्राउ गर्न सकिरहेको अवस्था छैन ।’

महिलाहरू आफ्नो पारिवारिक बाध्यताका कारण रोजीरोटीका लागि विदेश जाँदा समस्यामा पर्ने गरेको उनको भनाई थियो ।

‘महिलाहरू रोजीरोटीका लागि भारत, श्रीलङ्का हुँदै दुवै कतार जाने गरेको पाइन्छ । उताबाट फर्केर आउँदा यी समस्याहरू निम्तिने गरेको छ ।

त्यसमा पनि घरेलु हिंसा, यौन हिंसा गर्ने अनेक रूपमा प्रताडित गराउने गरिएको छ’, मन्त्री चौधरीले भने, ‘तर यसका लागि ठोस कानून नहुँदा ती पीडितहरूको समस्या समाधान हुन सकिरहेको छैन । श्रम ऐनमा पनि छैन अन्य ऐनमा पनि छैन ।’

बालविवाहको विषयमा अहिले पनि गाउँमा प्रत्येक महिना ५र६ वटा बालविवाहको केशहरू आइरहने अवस्था रहेको भन्दै उनले सानै उमेरमा प्रेम, विवाह हुने त्यसपछि विभिन्न कुरा नमिल्दा बालकहरू बालविवाहमा पनि पर्ने गरेको बताए ।

बाल सुधार गृहमा रहेका बालकहरूमध्ये अधिकांश त्यस प्रकारको केशका कारण सजाय काट्दै आएको उनले बताए ।

महिलासँग सम्बन्धित ऐन, कानूनमा भएका कमीकमजोरीलाई सच्याउने क्रममा मन्त्रालयले संशोधनको तयारी गरेको भन्दै मन्त्री चौधरीले त्यसका लागि सुझाव दिन समेत आग्रह गरे । ‘मन्त्रालयलाई पनि सुझाव दिन आग्रह गर्दै मन्त्री चौधरीले यस्ता विषयहरूमा विधेयक टेबुल हुँदा संशोधन प्रस्तावहरू आउन सकेमा अझ राम्रो हुन्छ’, उनले भने, ‘महिला हिंसा विरुद्धको नियमावली र चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण विरुद्धको नियमावली संशोधनका लागि अगाडि बढाएका छौँ ।’

उनले ज्येष्ठ नागरिकको नियमावली पनि आउने तयारीमा रहेको उनले बताए ।

Related

Previous Post

जलकन्या माविको ६२औं स्थापना दिवसका अवसरमा ‘तिर्थ-चन्द्र’ अक्षयकोष स्थापना

Next Post

संशोधनवादी दलाल नेपाली कम्युनिस्ट र कार्ल मार्क्स

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

by Sambridinews
बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

by Sambridinews
बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

by Sambridinews
बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
Next Post
संशोधनवादी दलाल नेपाली कम्युनिस्ट र कार्ल मार्क्स

संशोधनवादी दलाल नेपाली कम्युनिस्ट र कार्ल मार्क्स

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गायिका मेनुका पौडेललाइ गृहजिल्ला झापामा भव्य स्वागत

गायिका मेनुका पौडेललाइ गृहजिल्ला झापामा भव्य स्वागत

सोमवार, माघ २२, २०८०
‘नो नट अगेन’ अभियानलाइ कारबाही नगर्न सर्वाेच्चकाे आदेश

‘नो नट अगेन’ अभियानलाइ कारबाही नगर्न सर्वाेच्चकाे आदेश

बिहिबार, कार्तिक २४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In