Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बाल अनुकूल न्यायको सुनिश्चितता र बाल सुधार गृहको स्तरोन्नतिका लागि सिजपको सुझाव

Sambridinews by Sambridinews
सोमवार, चैत्र ३, २०८१
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार, स्थानीय तह
0
बाल अनुकूल न्यायको सुनिश्चितता र बाल सुधार गृहको स्तरोन्नतिका लागि सिजपको सुझाव
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा २०८१ चैत्र १ गते शुक्रबारदेखि भएको झडपमा ४९ जना घाइते भएको र सुधारगृहमा आगजनी भएको विषयमा विभिन्न सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण भएको समाचारप्रति  बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)को गम्भीर ध्यानाकर्षण भएको छ । गत वर्षमा पनि बालसुधार गृहमा झडप हुँदा एक बाल बन्दीको मृत्यु भएको थियो । बारम्बार यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सबैमा सिजप अपिल गर्दछ । यस घटनाले नेपालले बाल अनुकूल न्यायको लागि गरेको संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्थाको गम्भीर उल्लङ्घन भएको, बाल सुधार गृहको विषयमा अवधारणात्मक स्पष्टता नभएको, बाल सुधार गृहको न्यूनतम व्यवस्थापनमा समेत ध्यान पुग्न नसकेको देखिन्छ । तसर्थ, उक्त घटनाको यथाशक्य चाँडो वस्तुगत तथा निष्पक्ष छानविन गरी दोषीमाथि कडा भन्दा कडा कारवाहीका साथै आगामी दिनमा यस्ता घटनाहरू हुन नदिन बाल सुधार गृहको उचित व्यवस्थापनका लागि नेपाल सरकारका सम्बद्ध निकायसँग अपिल  गर्दछ ।

नेपालको संविधानको धारा ५१ को खण्ड (अ) (५) ले बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिक रूपमा ध्यान दिने नीतिलाई राज्यको मूल नीतिको रूपमा स्वीकार गरेको छ । यसैगरी संविधानको धारा ३९ को उपधारा (८) मा बाल अनुकूल न्यायको हक सुनिश्चित गरिएको छ । यसैगरी बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ४३ मा कानूनको विवादमा परेका बालबालिकाको सुधार र पुनः स्थापना नभएसम्मका लागि बाल सुधार गृहसम्बन्धी व्यवस्था उल्लेख छ । सोही दफाको उपदफा (४) मा अठार वर्ष उमेर पुगेका बालबालिकाको हकमा अन्य बालबालिकासँग अलग राखिनुपर्ने र दफा २७ मा देशान्तरको व्यवस्था उल्लेख भएको छ । यसैगरी बालबालिकासम्बन्धी नियमावली २०७८ को नियम १८ को उपनियम (३) मा बाल सुधार गृहमा बालमैत्री वातावरण हुनुपर्ने, नियम २९ र ३१ मा स्वास्थ्यसम्बन्धी सेवाको उपलब्धता, नियम ३६ मा बालसंरक्षण मापदण्डको तर्जुमा गर्नुपर्ने, नियम ४१ मा बाल सुधार गृहको सुरक्षासम्बन्धी व्यवस्था उल्लेख भएको छ । यी र यस्ता कानूनी तथा नीतिगत व्यवस्थाका बावजुद पनि बाँकेको जयन्दु बाल सुधार गृहमा भएको घटनाले बाल अनुकूल न्याय तथा बाल सुधार गृहको व्यवहारिक कार्यान्वयन तथा व्यवस्थापनमाथि प्रश्न चिन्ह खडा भएको छ । अर्कोतिर यस्ता घटनाहरूले समाजमा पार्ने नकारात्मक असर, सुधार गृहमा नै रहेका अन्य बालबालिकामाथि पर्न सक्ने नकारात्मक प्रभावलाई पनि कम आकलन गर्न सकिन्न ।
घटना सार्वजनिक भए लगत्तै नागरिक समाजको तर्फबाट घटनाको सत्यतथ्य छानबिनका लागि सिजप सक्रिय रूपमा क्रियाशील भएको छ । घटनाको सत्य तथ्य छानविन हुनु पर्ने र आवश्यक प्रक्रिया अगाडि बढाइ यस्ता घटना हुन नदिनका लागि  बाल संरक्षण मापदण्डको अनिवार्य तर्जुमा तथा कार्यान्वयनमा जोड दिनुपर्ने, बाल सुधार गृहको न्यूनतम मापदण्ड कार्यान्वयन भए/नभएको नियमन हुनुपर्ने तथा दिशान्तर प्रक्रियामा जोड दिनुपर्ने विषयमा यस अभियान सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछ । साथै बालबालिकाको हक, हित र अधिकारको सम्मान, संरक्षण तथा सम्वर्धनका लागि नेपाल प्रतिवद्ध छ भन्ने सन्देश विश्वसामु पुर्याउन समेत हामी सरकारको ध्यानाकर्षण गराउँदछौँ ।

You might also like

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

Related

Previous Post

स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनको आयोगले अनुगमन गर्ने

Next Post

वर्ल्ड रिसाइक्लिङ डे मनाउँदै खालिसिसि र कोका-कोला बेभरेजेज नेपालद्वारा WOW परियोजनाको सफलताको घोषणा

Sambridinews

Sambridinews

Related Posts

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
Next Post
वर्ल्ड रिसाइक्लिङ डे मनाउँदै खालिसिसि र कोका-कोला बेभरेजेज नेपालद्वारा WOW परियोजनाको सफलताको घोषणा

वर्ल्ड रिसाइक्लिङ डे मनाउँदै खालिसिसि र कोका-कोला बेभरेजेज नेपालद्वारा WOW परियोजनाको सफलताको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सैनिक हिरासतमा रहेका सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

असान्दर्भिक सूचनाकाे विश्वास नगर्न नेपाली सेनाकाे अपिल

बुधबार, फाल्गुन २०, २०८२
मध्यरातमा संसद विघटन :  फागुन २१ मा चुनाव

मध्यरातमा संसद विघटन : फागुन २१ मा चुनाव

शनिबार, भदौ २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In