Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बाच्छी र पाडी पाले पुरस्कार पाइने

Sambridinews by Sambridinews
बिहिबार, माघ १९, २०७९
in FEATURED, स्थानीय तह
0
बाच्छी र पाडी पाले पुरस्कार पाइने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । तपाईंको गोठको बाच्छी र पाडीले भनेजस्तो बजार पाएन भनेर चिन्तामा हुनुहुन्छ ? त्यसो हो भने अब चिन्ता नलिनुहोस् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले बाच्छी र पाडी पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप रु १० हजार  पुरस्कार दिने भएको छ । 

बाच्छी र पाडी हुर्काउने कृषक घट्दै गएपछि संरक्षणका लागि केन्द्रले आर्थिक वर्ष २०७७/७८ देखि यो उपाय अघि सारेको हो । नमुना परियोजनाका रुपमा अघि सारिएको यस कार्यक्रम प्रभावकारी बन्दै गएपछि यस आर्थिक वर्षमा पनि निरन्तरता दिइएको केन्द्रले जनाएको छ । 

You might also like

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

आव २०७७/७८ मा एक सय बाच्छा र पाडी संरक्षण गर्ने ८४ जना कृषकलाई पुरस्कारस्वरुप रु १० लाख प्रदान गरिएपछि यस वर्ष पनि चासो राख्दै केन्द्रमा आउने कृषकको चाप बढेको केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले बताए । 

‘मासुका लागि बिक्री नहुने भएपछि कृषकमा पाडी पाल्नु बोझ जस्तै ठान्ने चलन थियो’, वरिष्ठ पशु विकास अधिकृत श्रेष्ठले भने, ‘अहिले संरक्षण गर्नेलाई पुरस्कार दिन थालेपछि पाडी पाल्ने बढ्दै गएका छन् ।’

दूधका लागि किनिने बाच्छी र पाडीका लागि कृषकलाई अन्य जिल्ला जान नपरोस् भनेर आफूहरूले पुरस्कारको व्यवस्था गरेको डा श्रेष्ठको भनाइ छ । कृत्रिम गर्भाधानबाट जन्मिएका बाच्छी वा पाडी र न्यूनतम एकदेखि दुई वर्षसम्मको हुनुपर्ने प्रावधान राखिएको डा श्रेष्ठले बताए । नश्ल सुधार गरी दूध उत्पादन बढाउन यसो गरिएको उनले जानकारी दिए । 

‘कृत्रिम गर्भाधान गरिएको रेकर्ड, सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा कृषकलाई पुरस्कार दिने गरेका छौँ’, डा श्रेष्ठले भने, ‘पहिले १८/२० वटाभन्दा धेरै बाच्छी र पाडी उत्पादन हुन्थेनन् । गत वर्षदेखि कृषकको रुचि पाडामाभन्दा पनि पाडीमा देखिएको छ । त्यसले गर्दा यस वर्ष पनि पुरस्कारको व्यवस्था गरेका छौँ ।’

केन्द्रले चालु आव २०७९/८० मा एक सय ५० वटा बाच्छी र पाडी संरक्षण गर्ने कृषकलाई रु १० हजार पुरस्कारको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षदेखि पकेट क्षेत्र तोकेर बाच्छी र पाडी हुर्काउने कार्यक्रम तर्जुमा गरिनेसमेत प्रमुख डा श्रेष्ठले बताए । 

बाच्छी र पाडी पालेरै पुरस्कार पाइने भएपछि पछिल्लो समय कृषककोसमेत रुचि बढेको व्यास–१० दुम्सीस्थित दुम्सी दुग्ध उत्पादक सहकारी संस्था लिका पूर्वध्यक्ष तथा व्यवस्थापक दयाराम पौडेलले बताए । 

‘पहिले हुर्काउन कसैले पनि खासै वास्ता गर्थेनन्’, पौडेलले भने, ‘अहिले बाच्छी र पाडी हुर्काए रु १० हजार पुरस्कार पाइन्छ रे भन्दै कृषक छलफल गर्ने गरेका छन् ।’ 
    
दुग्ध उत्पादक कृषकलाई उक्त कार्यक्रम प्रभावकारी भएको सहकारीका पूर्वअध्यक्ष पौडेलले बताए । उत्पादनमा आधारित अनुदान दिन सके त्यसले दिगो प्रभाव पार्ने ठानेर नै यस्ता कार्यक्रम तर्जुमा गरिएको विज्ञ केन्द्रले जनाएको छ । 

पोखरा र काठमाडौँसम्म बजारीकरणका लागि पनि तनहुँको भू–वनोट उपयुक्त भएकाले आफूहरूले दूध उत्पादनमा जोड दिएको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिए । 

दूधमा तनहुँ आत्मनिर्भर भए पनि अन्य जिल्लाबापत गर्ने ध्येयले बाच्छी र पाडी उत्पादन कार्यक्रमलाई प्राथमिकतामा राखिएको केन्द्रले जनाएको छ । खाद्य तथा कृषि सङ्गठनले प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध आवश्यकपर्ने बताए पनि तनहुँमा भने प्रतिव्यक्ति प्रतिवर्ष एक सय १८ दशमलव ५ लिटर दूध उत्पादन हुँदै आएको छ । तनहुँमा आव २०७८र७९ मा ३८ हजार आठ सय ३८ मेट्रिकटन दूध उत्पादन भएको केन्द्रले जनाएको छ । 
रासस

Related

Previous Post

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग

Next Post

म्यान्मारमा निरन्तर संकटकाल

Sambridinews

Sambridinews

Related Posts

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने
FEATURED

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने

by Sambridinews
सोमवार, भदौ ८, २०८३
सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग
FEATURED

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

by Sambridinews
सोमवार, भदौ ८, २०८३
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
FEATURED

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

by Sambridinews
सोमवार, भदौ ८, २०८३
चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी
FEATURED

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

by Sambridinews
सोमवार, भदौ ८, २०८३
नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

by Sambridinews
आइतवार, भदौ ७, २०८३
Next Post
म्यान्मारमा निरन्तर संकटकाल

म्यान्मारमा निरन्तर संकटकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दोलखाको कालिञ्चोकमा हिमपात

दोलखाको कालिञ्चोकमा हिमपात

मङ्लबार, माघ २, २०८०
निरन्तर ओरालोतर्फ नेप्से

साताको पहिलो दिन आइतबार सेयर बजार २६६७ अंकमा झर्याे

आइतवार, मंसिर ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सोमवार, भदौ ८, २०८३
न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व
TOP STORIES

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

सोमवार, भदौ ८, २०८३
‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने
FEATURED

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने

सोमवार, भदौ ८, २०८३
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल
TOP STORIES

नेपालको अटोमोबाइल क्षेत्र: ५० वर्षको यात्रा र रूपान्तरण

सोमवार, भदौ ८, २०८३
सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग
FEATURED

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

सोमवार, भदौ ८, २०८३
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
FEATURED

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

सोमवार, भदौ ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In