काठमाडाैं । प्रतिनिधिसभाको अर्को बैठक ६ दिनका लागि स्थगित भएकाे छ। सभाकाे आगामी बैठक ०८० साल साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेछ।
उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सहमति नजुटेपछि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो।
यसबीचमा माओवादी केन्द्रीय समिति बैठक भएकाले ६ दिन लामो सदन स्थगित भएको जनाइएकाे छ ।