काठमाडौं । धारिलो हतियार प्रहारबाट धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरको ज्यान गएको छ ।
बुधबार सामान्य विवादका कारण चक्कु प्रहार हुँदा घाइते भएका मगरको उपचारका क्रममा काठमाडौंमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बुधबार ११ बजेतिर ग्राहकको रुपमा होटलमा आएका विनोद र होटल सञ्चालकबी सामान्य भनाभन भएपछि घटना भएको हो । चक्कु प्रहार गरी घाइते बनेका मगरको उपचारका क्रममा ज्यान थियो ।
प्रहरीले घटनाको छानबिनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई पक्रेको छ ।