Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

फ्रान्सको इतिहासमा सबैभन्दा कान्छो उमेरका प्रधानमन्त्री नियुक्त

Sambridinews by Sambridinews
बुधबार, पुस २५, २०८०
in TOP STORIES
0
फ्रान्सको इतिहासमा सबैभन्दा कान्छो उमेरका प्रधानमन्त्री नियुक्त
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पुस २५, काठमाडाैं । ३४ वर्षीय गेब्रियल याटाल फ्रान्सको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार नयाँ सरकारको प्रमुखको रुपमा याटालको नाम घोषणा गरेका हुन् । याटाल आधुनिक फ्रान्सेली इतिहासमा सबैभन्दा कान्छो प्रधानमन्त्री हुनेछन् ।

यसअघि समाजवादी लरेन्ट फाबियस सन् १९८४ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए ।उनी एलिजाबेथ बोर्नको उत्तराधिकारी बन्ने भएका हुन् । बोर्नले आफ्नो कार्यकालको २० महिनापछि राजीनामा दिएकी थिइन् ।

You might also like

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

त्यो अवधिभर संसद्मा बहुमत नहुँदा उनले निकै संघर्ष गर्नुपर्‍यो । हाल शिक्षामन्त्री रहेका याटालले सरकारमा आकर्षक नियुक्ति गर्ने विश्वास गरिएको छ । उनले अब जुनमा हुने महत्वपूर्ण युरोपेली संसदीय चुनावमा फ्रान्सेली सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाउनेछन् । उनको उदय द्रुत गतिमा भएको छ । दश वर्षअघि उनी स्वास्थ्य मन्त्रालयमा प्रस्ट भूमिका नभएका एक सल्लाहकार र समाजवादी कार्यकर्ता मात्र थिए । 

उनी प्रधानमन्त्री कार्यालय सम्हाल्ने देशको पहिलो समलिंगी व्यक्ति पनि हुनेछन् । भाषण र बहसमा पोख्त उनको कलाले राष्ट्रपति इम्यानुअल म्याक्रोँको सजिलै ध्यानाकर्षण गरेको थियो । उनी २९ वर्षको उमेरमा सरकारका सबैभन्दा कम उमेरका मन्त्री बनेका थिए । त्यति वेला उनी कनिष्ठ शिक्षामन्त्री बनेका थिए । सन् २०२० देखि उनी सरकारका प्रवक्ता भए । राष्ट्रपति म्याक्रोँ पुनः निर्वाचित भएपछि उनी छोटो समयका लागि बजेटमन्त्री थिए र त्यसपछि गत जुलाईमा शिक्षामन्त्रीको जिम्मेवारी पाए । उनी म्याक्रोँ सरकारको सबैभन्दा प्रशंसनीय पात्र रहेका विभिन्न मत सर्वेक्षणले देखाएका छन् । 

यो परिवर्तन पेरिसमा हुन लागेको ओलम्पिक खेल र युरोपेली संघको संसद्को निर्वाचनअघि भएकाले महत्वका साथ हेरिएको छ । सो चुनावमा म्याक्रोँको मध्यमार्गी दलको उग्र दक्षिणपन्थी नेतृ मरिन ले पेनको दलसँग टक्कर हुँदै छ । म्याक्रोँले आफ्नो राष्ट्रपति पदको अन्तिम तीन वर्ष उनको टिमलाई सृदृढ गर्न खोजिरहेको सन्दर्भमा पछिल्लो परिवर्तन भएको विश्लेषण गरिँदै छ ।

याटाल  बोर्नको सरकारमा शिक्षा मन्त्रालय सम्हालिरहेका थिए, जसको कामले उनी अघिल्लो सरकारमा सबैभन्दा लोकप्रिय मन्त्री रहेका थिए । सोमबार बोर्नले राजीनामा दिएपछि याटालको नियुक्तिको अपेक्षा गरिएको थियो । जुनमा हुने युरोपेली निर्वाचन र त्यसपछि सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनमा उग्र दक्षिणपन्थीसँग म्याक्रोनको मध्यमार्गी शक्तिहरूको जित सुनिश्चित गर्नु याटालको सबैभन्दा महत्वपूर्ण काम हुनेछ । 

याटालको अधिक लडाकु शैली उहाँका पूर्ववर्ती बोर्नको विपरीत हुने सम्भावना छ । कम उमेरमा उच्च पद हासिल गरेपछि याटालको तुलना उनका राजनीतिक गुरु तथा वर्तमान राष्ट्रपति म्याक्रोँसँग तुलना हुन थालेको छ । राष्ट्रपति म्याक्रोँ 
३९ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा फ्रान्सको राष्ट्रपति बनेका थिए । 

फ्रान्सेली सञ्चारमाध्यमले सन् २०२७ मा म्याक्रोँको कार्यकालको सीमा नाघ्दा याटालले एलिसी प्यालेसमा उनको स्थान लिन सक्ने अनुमान गरेका छन् । सेप्टेम्बरमा फ्रान्सेली साप्ताहिक पोइन्टले एक समाचारको शीर्षक नै राखेको थियो, ‘ग्याब्रिएल एटल, नयाँ म्याक्रोँ ?’ आफ्नो सापेक्ष न्यून राजनीतिक अनुभवका बाबजुद याटालले दृढ र निर्णायक व्यक्तिका रूपमा ख्याति कमाइसकेका छन् ।

गत साता प्रकाशित ओडोक्सा सर्वेक्षणअनुसार याटाल सरकारमा सबैभन्दा लोकप्रिय व्यक्ति थिए । एकतिहाइभन्दा धेरै फ्रान्सेली नागरिकले प्रधानमन्त्रीका रूपमा उनको नियुक्तिलाई समर्थन गरेका छन् । 
 
Related

Previous Post

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले झुटो विवरणका दिएर नागरिकता दिलाएकाे आरोप

Next Post

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

Sambridinews

Sambridinews

Related Posts

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने
FEATURED

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
Next Post
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जाडो बढेसँगै मनाङको तापक्रम माइनस १६ डिग्री सेल्सियस पुग्याे

मङ्लबार, मंसिर २६, २०८०
‘मिडिया एक्सन नेपाल–प्रेस अवार्ड्स प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष  कार्कीलाई

‘मिडिया एक्सन नेपाल–प्रेस अवार्ड्स प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष कार्कीलाई

सोमवार, पुस २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

बुधबार, भदौ ३१, २०८३
केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने
FEATURED

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

बुधबार, भदौ ३१, २०८३
नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In