काठमाडाैं । टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार पुगेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको हो ।
भग्नावशेषहरुमा खोजी र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अत्यधिक चिसो मौसमका बाबुज हाल उद्धार तथा राहतको काम तीव्र पारिएको छ ।
टर्कीका सहरहरुमा भूकम्प पीडितहरु नै उद्धार कार्यमा सक्रिय रहेको बीबीसीले जनाएको छ । कतिपय पीडितहरुले उद्धार कार्य ढिलो भइरहेको गुनासो पनि गरेका छन् ।