Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात हुने

Sambridinews by Sambridinews
आइतवार, भदौ २४, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात हुने
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, भदौ २४ गते । नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ । मोतिहारी–अमलेखगन्‍ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ । आगामी अप्रिल अर्थात् चैत महिनासम्म पाइपलाइनबाट पेट्रोल र मटितेल ल्याउने गरी पूर्वाधार निर्माणको काम अगाडि बढाइएको नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले जनाएको छ ।

यस परियोजनाको पहिलो चरणको काम सम्पन्न भएर २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल आउन सुरु भएको थियो । अहिले भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । स्टोरेज ट्याङ्क नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन सकिएको छैन । नेपाल र भारत सरकारबिच भएको सम्झौता अनुसार दोस्रो चरणको निर्माणको काम इन्डियन आयल कर्पोरेसन (आइओसी) ले गरिरहेको छ ।

You might also like

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

निगमको अमलेखगन्ज डिपो कार्यालयका प्रमुख विनीतमणि उपाध्यायले दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिनुभयो । तोकिएको समयभित्र सक्ने गरी पूर्वाधार निर्माणको काम अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

दोस्रो चरणको काम अन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे ९रिफिलर० लगायत भौतिक संरचनाको निर्माण भइरहेको उहाँले जानकारी दिनुुभयो । पूर्वाधार निर्माण सम्पन्न भएपछि पेट्रोल र मटितेल पाइपलाइनबाट आयात गरिने उहाँले जानकारी दिनुभयो । पेट्रोल भण्डारण ट्याङ्क अपुग हुने भएकाले आइओसीले त्यसको पूर्वाधार निर्माण गरिरहेको जनाएको छ ।

डिपोमा पेट्रोल भण्डारणका लागि चार हजार एक सय किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क तथा डिपो सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताका दुई वटा पानी टयाङ्की तथा २५० किलोलिटर क्षमताका दुई वटा ‘ट्रान्समिक्स ट्याङ्क’ निर्माण भइरहेको निगमले जएको छ । एउटै पाइपलाइनबाट क्रमशः डिजेल, मटितेल र पेट्रोल एकपछि अर्को ल्याउँदा मिसिएको पेट्रोलियम पदार्थको छुट्टै भण्डारण गर्न ‘ट्रान्समिक्स ट्याङ्क’ निर्माण गरिएको निगमले जनाएको छ ।

दोस्रो चरणको परियोजनाका लागि निगम र आइओसीले संयुक्त रूपमा लगानी गर्ने गरी सम्झौता भएको थियो । जस अन्तर्गत दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एकरएक वटा ट्याङ्क निर्माणको लागत बेहोर्ने छन् । मिश्रित इन्धन राख्‍नका लागि दुई वटा ‘ट्रान्समिक्स ट्याङ्क’ र डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्याङ्क भारतीय पक्षबाट निर्माण हुने छ । आइओसीले करिब ७५ करोड भारतीय रुपियाँ खर्च गर्ने छ । दोस्रो चरणको परियोजनाको काम सम्पन्न दुई अर्ब १५ करोड भारतीय रुपियाँ लाग्ने निगमले अनुमान गरेको छ ।

परियोजना सम्पन्न भएपछि अमलेखगन्जसम्म पाइपलाइनमा पेट्रोल ल्याएर अन्य भूभागमा पठाउँदा ढुवानी खर्च आधा घट्ने निगमले जनाएको छ । पाइपलाइनबाट पेट्रोल आयात गर्दा वार्षिक करिब १५ करोड रुपियाँ बचत हुने निगमले अनुमान गरेको छ ।

पाइपलाइन नहुँदा डिजेल लिनका लागि भारतको बरौनीसम्म ट्याङ्कर पठाउनु पथ्र्यो । ट्याङ्करबाट ढुवानी गर्दा सीमा क्षेत्रमा हुने अवरोध, सडक जाम, बन्द, हडताललगायतले समस्या पार्दै आएको थियो ।

हाल पाइपलाइनबाट आयात भएको डिजेल अहिले लुम्बिनीको भैरहवा, बागमतीको थानकोट, गण्डकीको पोखरा, कोशीको विराटनगर र मधेश प्रदेशको जनकपुरमा आपूर्ति भइरहेको निगमले जनाएको छ । मुलुकभरको मागको करिब ७० प्रतिशत डिजेल अमलेखगन्ज डिपोले वितरण गरिरहेको जनाएको छ । अमलेखगन्जमा हाल १९ हजार किलोलिटर क्षमताको डिजेल र दुई हजार एक सय किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको छ ।

Related

Previous Post

हक्की संघको नेतृत्वमा शर्मा

Next Post

मोरक्को भूकम्पस् मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

Sambridinews

Sambridinews

Related Posts

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

by Sambridinews
आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

by Sambridinews
आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

by Sambridinews
आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

by Sambridinews
आइतवार, भदौ ७, २०८३
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

by Sambridinews
आइतवार, भदौ ७, २०८३
Next Post
मोरक्को भूकम्पस् मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

मोरक्को भूकम्पस् मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न

मङ्लबार, कार्तिक १२, २०८२
तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

शुक्रबार, बैशाख १८, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

आइतवार, भदौ ७, २०८३
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

आइतवार, भदौ ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In