काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा पहिरोले पुर्दा एकै परिवारका तीन जनाको निधन भएको छ । चन्द्रागिरि २, मसिने जाने सडक नजिकै रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुर्दा ३ जनाको निधन भएको चन्द्रागिरि २ का वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।
अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यानकेन्द्र पुरिएको र बिहान सम्म खोजी कार्य भइरहेको वडा अध्यक्ष तामाङले बताए ।
वडा अध्यक्ष तामाङका अनुसार पहिरोले पुरेर निधन हुनेमा ५२ वर्षका राजु श्रेष्ठ र उनको श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि श्रेष्ठ रहेका छन् ।
खोजी कार्य अझै जारी रहेको तामाङले जानकारी दिए । गएराति साढे १ बजेको समयमा पहिरोले एक तले ध्यान केन्द्र पुरिएको थियो ।