Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, December 26, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनआरएनए आईसीसीको ११ अेाें महाधिवेशनकालागि अध्यक्ष पदमा रविना थापाको उम्मेदवारी घोषणा

Sambridinews by Sambridinews
शुक्रबार, अशोज १२, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
एनआरएनए आईसीसीको ११ अेाें महाधिवेशनकालागि अध्यक्ष पदमा रविना थापाको उम्मेदवारी घोषणा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


गैर आवासीय नेपाली संघ (एनआरएनए आईसीसी ) को आसन्न ११ अेाें महाधिवेशनकालागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ। 

You might also like

एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य यही पुस्ताको पालामा हुनु पर्छ : नैनसिंह महर

नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना

इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान सार्वजनिक ग‍र्यो

विहिवार राजधानी काठमाण्डौंमा पत्रकार सम्मेलन गरि थापाले उक्त घोषणा  गर्नुभएको हो। रविना थापा हाल एनआरएनए आईसीसीको अधयक्ष हुनुहुन्छ । १० अेाें महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तिनै जना उम्मेदवारले अध्यक्षको रुपमा काम गर्ने सहमति भएको थियो। 

पत्रकार  सम्मेलनमा बो्ैल्दै रविनाले  `एनआरएनए ग्लोबल फण्ड´को महत्वाकांक्षी कार्यक्रम घोषणा गर्नुभएको छ। `म नेतृत्वमा पुगे लगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गरिनेछ´ – थापाले भन्नुभयो – ` जुन नेपाल र नेपालीको समृद्धि कोलागि सारथी मात्र होइन , संकट पर्दाको संजीवनी समेत हुनेछ।´ एनआरएनएको प्रत्येक सदस्यले गर्व महसुस गर्ने यो कोष गैर आवासीय नेपाली संघको सवैभन्दा ठूलो कोष हुने उहाँले बताउनुभयो । 

एनआरएनएको इतिहासमा पहिलो पटक अध्यक्ष महिलाको रुपमा छोटो अवधि काम गरेको आधारमा निर्वाचित भएर  १ कार्यकाल काम गर्न चाहेको उहाँको भनाई छ । 

`मैले ६ महिना कार्यकारी अध्यक्षको रुपमा काम गर्दा उल्लेखनीय काम गरेको छुँ´ – थापाले भन्नुभयो – `१ कार्यकाल पूर्ण अवधि काम गर्न पाएमा संघलाई  जिवन्त र गतिशील ढंगले अघि बढाउने र विदेशमा वस्ने प्रत्येक नेपालीले अपनत्व महसुस हुने वातावरण वनाईनेछ। ´

आफ्नो कार्यकालमा केही महत्त्वपूर्ण उपलब्धि भएको ,गैर आवासीय नेपाली नागरिकतालागि संसद र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको , नवौं राष्ट्रिय खेलकुदमा पहिलोपटक  एनआरएनएको टिम सहभागी भई पदक समेत जितेको, संघको काठमाण्डौं स्थित कार्यालयको पूर्वाधार विकास, (लिफ्ट देखि घेरापर्खालसम्म) , अपाङ्ग मैत्री वनाएको, पोखरामा स्मार्ट शौचालय निर्माण शुरु गरिएको (चाँडै हस्तान्तरण हुने), बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस ( Mobile Blood Bus ) शुरु गरिएको ( ३ प्रदेशमा चाँडै हस्तान्तरण हुने तयारीमा ) विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४ सै घण्टा खुला रहने  हटलाइन सेवा शुरु गरिएको, संघको विधान पहिलोपटक सर्वसम्मतले पास गराएको, पदाधिकारी मै युवा र महिलाको प्रतिनिधित्व विधानमा सुनिश्चित भएको जस्ता कार्यविवरण सुनाउँदै थापाले सवै भन्दैजाँदा ठूलो फेहरिस्त हुने वताउनुभयो।

गैर आवासीय नेपाली संघको अवको नेतृत्व समझदारी , सहकार्य र एकताको पक्षपाती हुनुपर्ने आवश्यकतामा जोड दिंदै थापाले यो संयोजनकारी भूमिकामा आफू नै उपयुक्त र सक्षम रहेको दावी गर्नुभयो। 

निर्वाचनलाई भड्किलो वनाउन नहुनेमा जोड दिंदै आफू महाधिवेशन प्रतिनिधिले मात्र होइन, एनआरएनएका प्रत्येक पंजिकृत सदस्यले मतदान गर्न पाउनुपर्ने पक्षमा रहेको कुरा दोहोर्याउनुभयो। 

` यो विदेशमा रहेका नेपालीहरुको हक हित र समस्या मा सहयोग गर्ने तथा नेपाल र नेपालीको समृद्धिमा काम गर्ने विशुद्ध सामाजिक संस्था हो ´ – अध्यक्ष रविनाले भन्नुभयो – `यो न त कुनै राजनीतिक भातृ संगठन हो  न त कुनै व्यापारिक या व्यवसायिक संस्था नै हो । ´ 

विदेशमा वस्ने नेपालीहरु सवैको अवस्था एउटै नभएको उल्लेख गर्दै  खाडीमा काम गर्ने  श्रमिक दाजुभाईहरुदेखि विद्यार्थी र सामाजिक तथा आर्थिक हैसियत वनाएका सवैको भावनाको प्रतिनिधित्व हुने नेतृत्वमा उहाँले  जोड दिनुभयो। 

साथै विधान विपरित प्यानल वनाएर निर्वाचनमा जाँदा संघमा मनमुटाव वढेको उल्लेख गर्दै उहाँले ११ अेाै महाधिवेशनमा प्यानल पूर्ण रुपमा निषेध गरिनुपर्नेमा जोड दिनुभयो। 

चरम गुटबन्दी , राजनीतिक चलखेल, विवाद  र व्यापारिकरणले  संघको गरिमा घटेको र गलत सन्देश गएको उल्लेख गर्दै थापाले राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठी सक्षम, सबल , गतिशील र संयोजनकारी  नेतृत्व चयन गर्न एनआरएनएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्नुभयो।

सो अवसमा २५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै रविना थापाले संघको संरचनागत सुधार देखि नेपाल र नेपालीको समृद्धिकालागि नेपाल सरकारसँग सहकार्यका विषय उल्लेख गर्नुभएको छ। स्वास्थ्य , शिक्षा , पूर्वाधार , पर्यटन , संचार , कृषि उर्जा लगायतका विभिन्न क्षेत्रमा उहाँको योजना र अवधारणा घोषणापत्रमा समेटिएकोछ।

पत्रकार सम्मेलनमा रविनाले विदेशमा रहेका नेपालीहरुलाई बंसजकै नागरिकताको निरन्तरता देखि श्रम स्वीकृति लिएर गएका श्रमिक G to G वाट जाने नेपाली  र Student Visa  मा गएका विद्यार्थीहरुलाई केही समस्या परेमा नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने र यसमा एनआरएनएले निरन्तर समन्वय गरिरहनुपर्ने वताउनुभयो।

विगतमा झैं आफूलाई महाधिवेशन प्रतिनिधिले निर्वाचित गराउने विश्वास रविना थापाले व्यक्त गर्नुभयो।उम्मेदवारी घोषणा कार्यक्रममा अमेरिकाकालागि अवैतनिक बाणिज्य दुत तथा बरिष्ठ लोकगायक  प्रेमराजा महत ,  चर्चित अभिनेत्री करिश्मा मानन्धर , नेपाली कांग्रेस बागमती प्रदेशका कानुन विभाग प्रमुख सानू श्रेष्ठ , तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाकी अवैतनिक सल्लाहकार मृदुला कोइराला  लगायत ले रविना थापालाई जितको शुभकामना दिंदै आफ्नो साथ रहेको वताउनुभयो। 

  एनआरएनए आईसीसीका सचिव र ११ अेाें महाधिवेशनकालागि उप महासचिव पदका उम्मेदवार प्रमोद सिग्देलले जुमवाट शुभकामना दिनुभयो। 

रविना थापाकी आमा रेवती केसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा  एनआरएनए अष्ट्रेलियाका उपमहासचिव गणेश केसी, एनआरएनए आईसीसीका संस्थापक सदस्य तथा युरोप जनसम्पर्क समितिका अध्यक्ष दिल गुरुङ, अष्ट्रेलियाका पूर्व महासचिव डा. ज्ञानेन्द्र रेग्मी , कास्की समाजका  प्रवक्ता सन्तोष तिमिल्सेना , म्याग्दी समाज मोनाका पूर्व अध्यक्ष चक्र बहादुर थापा, जापानवाट ददिवल खड्का, शिव पौडेल , पारसमणी पोख्रेल लगायत १सय ५० जना भन्दा वढीले रविना थापालाई समर्थन गर्दै निर्वाचित गराउन सवै प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो।

Related

Previous Post

मधेश प्रदेश अधिवेशनः नारा र लोगो सार्वजनिक

Next Post

भर्खरै रिहा भएका भुटानी राजनीतिकबन्दी मधुकर मगरलाई सम्मान

Sambridinews

Sambridinews

Related Posts

एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य यही पुस्ताको पालामा हुनु पर्छ : नैनसिंह महर
TOP STORIES

एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य यही पुस्ताको पालामा हुनु पर्छ : नैनसिंह महर

by Sambridinews
बिहिबार, पुस १०, २०८२
नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना
TOP STORIES

नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना

by Sambridinews
बिहिबार, पुस १०, २०८२
इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान सार्वजनिक ग‍र्यो
FEATURED

इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान सार्वजनिक ग‍र्यो

by Sambridinews
बिहिबार, पुस १०, २०८२
नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा
TOP STORIES

नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा

by Sambridinews
बिहिबार, पुस १०, २०८२
एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल
FEATURED

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल

by Sambridinews
बिहिबार, पुस १०, २०८२
Next Post
भर्खरै रिहा भएका भुटानी राजनीतिकबन्दी मधुकर मगरलाई सम्मान

भर्खरै रिहा भएका भुटानी राजनीतिकबन्दी मधुकर मगरलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

योजना र कार्यक्रमका आधारमा बजेट– सदस्य–सचिव

योजना र कार्यक्रमका आधारमा बजेट– सदस्य–सचिव

मङ्लबार, चैत्र २०, २०८०
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा

संसद बैठक आधा घण्टाको लागि स्थगित

बुधबार, चैत्र १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य यही पुस्ताको पालामा हुनु पर्छ : नैनसिंह महर
TOP STORIES

एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य यही पुस्ताको पालामा हुनु पर्छ : नैनसिंह महर

बिहिबार, पुस १०, २०८२
नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना
TOP STORIES

नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना

बिहिबार, पुस १०, २०८२
इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान सार्वजनिक ग‍र्यो
FEATURED

इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान सार्वजनिक ग‍र्यो

बिहिबार, पुस १०, २०८२
नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा
TOP STORIES

नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा

बिहिबार, पुस १०, २०८२
एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल
FEATURED

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल

बिहिबार, पुस १०, २०८२
पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित
TOP STORIES

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

बुधबार, पुस ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In