Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आयो पत्रकारको दसैं भत्ता ?

Sambridinews by Sambridinews
शुक्रबार, अशोज १४, २०७९
in TOP STORIES, विचार
0
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

–खगेन्द्र फुयाँल

नेपालीहरुको महान पर्व बडादसैं सुरु भइसकेको छ । बडादसैंको अवसरमा देशका हरेक क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारले तलब, भत्ता लगायत अन्य सुविधा पाइसके । बाँकी रहेकाहरुको पनि फूलपाती भन्दा अघि गइसक्छ । तर, श्रमजीवी पत्रकारको सवालमा तितो यर्थाथ कायम छ । के तपाइले दसैं भत्ता पाउनुभयो? भनि पत्रकारलाई सोधे धेरैको जवाफ नआउन सक्छ ।

You might also like

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

देश दुनियाका खबर जनतासामु पुर्याउन दिनरात क्रियाशील पत्रकारका विषयले सञ्चारमाध्यममा विरलै स्थान पाउने गर्दछन् । अन्याय र अत्याचारमा परेका जनसमुदायका विषयवस्तु उजागर गरी न्यायको पक्षमा सरकारलाई खबरदारी गर्ने पत्रकार स्वयम श्रम शोषणमा परेका खबर भने विरलै आउने गर्दछन ।
नेपाली सञ्चारक्षेत्र जसरी समाजमा रहेका विकृती विसंगतीका विषय उठान गर्न सफल छ, श्रमजीवी पत्रकार तथा कर्मचारीको श्रम सवालमा भने अत्यन्तै आलोचित छ ।
दसैंको मुखमा (बुधबार) इमेज च्यानलमा श्रमजीवी पत्रकार तथा कर्मचारीहरुले नियमित पारिश्रमीकको माग गर्दै दिएको धर्नाले नेपाली सञ्चार उद्धमी श्रमजीवी पत्रकार तथा कर्मचारीको पारिश्रमिकका विषयमा संवेदनशीन छैनन भन्ने स्पष्ट गर्दछ । त्यस सञ्चारगृहमा कार्यरत पत्रकारका अनुसार पत्रकारको केही महिनादेखिको तलब उनिहरुले पाइराखेका छैनन ।

नेपाल पत्रकार महासंघले नागरिक दैनिकमा असोस १२ गते पत्रकारको नियमित सेवा सुविधा दिन माग गर्दै धर्ना कार्यक्रम तय गरेको थियो । तर व्यवस्थापन पक्षले दुईदिन भित्र पत्रकारको बाँकी रहेको सेवा सुविधा उपलब्ध गराउने सर्तमा आन्दोलन स्थगन गरेको छ ।
श्रमजीवी पत्रकारको श्रम सम्बन्धी समस्या पुराना स्थापित भनिएका मिडियामा धेरै देखिन्छ । ठुला भनिएका सञ्चारमाध्यमले श्रमजीवी पत्रकार तथा कामदारलाइ काममा लगाएर नियमित सेवा सुविधा दिएका छैनन । उनिहरुले विभिन्न वहानामा पत्रकारलाई सेवाबाट बञ्चित गर्न खोजेका छन् । व्यवस्थापनले मननपरेको पत्रकारलाई हटाउन बर्षौदेखि क्रियाशील कार्याक्षेत्रबाट उसलाई पायक नपर्ने ठाउमा कार्यक्षेत्र तोकेर दुखदिने गरेका छन ।

पछिल्लो समय कोभिडको महामारी शुरु भएपछि पत्रकारको श्रम सवाल धेरै नै पेचिलो बनेको छ । कर्मचारी कटौती गर्ने वहानामा पत्रकारलाई वेतलबी बिदामा राख्ने, नियमित सेवा सुविधा नदिने, बर्षौदेखि काम गरिरहेको पत्रकारलाई सरुवा गरी व्यवस्थापकले पत्रकारलाई दुखदिदै आएका छन् ।
यति मात्र हैन, जिल्ला संवाददाताहरुका समाचार प्रकाशन प्रशारण नगर्ने, सेवाबाट निकालेको जानकारी नदिने, महिनौसम्म तलब नदिने जस्ता कार्य ठुला भनिएका सञ्चारमाध्यका सञ्चालकहरुले गर्दै आएका छन् ।

कोभिड १९ सुरु भएयता श्रम समस्या हलगर्न पहल गरिदिन भन्दै नेपाल पत्रकार महासंघमा थुप्रै निवेदन परेका थिए । महासंघको अभिलेख अनुसार वि.स.२०७६ सालमा ५१७ जना पत्रकारको श्रम समस्या सम्बन्धी विनेदन पेरको थिए ।
यस्तै, २०७७ सालमा ९८ जना र २०७८ सालमा १८६ जना पत्रकारको श्रम सम्बन्धी समस्या समाधान गर्न निवेदन परेको थियो । महासंघमा निवेदन नपरेका तर मौखिक रुपमा आफ्नो समस्या राख्ने पत्रकारको संख्या पनि धेरै छ । श्रम सम्बन्धी निवेदनहरु पत्रकारलाई रोजगारीबाट विना आधार बिमुख गराउने, सेवा सुविधाबाट बञ्चित गरेको र कामबाट बञ्चित गरेको विषयका छन् ।

पीडित पत्रकारको अवस्था हेर्दा देशैभरी धेरै पत्रकारहरु श्रम शोषणमा छन् भन्न सकिन्छ । धेरै पत्रकारले सरकारले तोकेको न्यूनतम पारिश्रमीक पाएका छैनन् । न्यूनतम पारिश्रमिक पाएका पत्रकारले पनि सामाजिक सुरक्षाकोष, चाडपर्व भत्ता लगायत अन्य सुविधा पाएका छैनन् । कतिपय अवस्थामा पत्रकारले प्रयोग गर्ने क्यामरा, ल्यापटल लगायतका सञ्चार सामाग्री पत्रकार स्वयमले किन्नुपर्ने अवस्था छ ।

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीका अनुसार महासंघले पत्रकारको पेशागत तथा भौतिक सुरक्षाको सवालमा सून्य सहनशीलताको नीति अवलम्बन गरेको छ ।
कुनैपनि पत्रकारले आफु अन्यायमा परेको निवेदन महासंघमा प्राप्त हुनेवित्तिकै निवेदन उपर कारबाही गरिरहेको बताउनुभयो । पत्रकारको श्रम सवालमा हामीले सम्बन्धीत सञ्चारगृहसंग जानकारी लिने, समस्या हल गर्न समयसिमा दिने र त्यति गर्दा पनि नमाने धर्ना तथा बिरोधका कार्यक्रम गर्दै आएको महासचिव पुरीले बताउनुभयो । उहाँले हाल १०० जना भन्दा बढि श्रमजीवी पत्रकारको श्रम सम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेको बताउनुभयो ।

कोभिड १९को महामारीबाट सञ्चारक्षेत्रमा परेको प्रभावलाई मध्यनजर गरी सरकारले दिएको सुविधा लिने तिनै ठुला भनिएका सञ्चारगृहमा पत्रकारको श्रम समस्या नितन्तर कायम छ । राज्यबाट करोडौं सहुलियतपूर्ण ऋण लिने तर पत्रकारलाई नियमित सेवा सुविधान नदिने जस्ता घृणित कार्य उनिहरुबाट भइरहेको छ ।
जनता टेलिभिजन, नागरिक दैनिक, इमेज च्यानल, नाइस टेलिभिजन, राजधानी दैनिक, कान्तिपुर मिडिया ग्रुप लगायतका संस्थामा पत्रकारको श्रम समस्या समाधान गर्न महासंघले पटकपट आग्रह गरेको छ । धेरै पत्रकारले नियमित सेवा सुविधा पाएका छैनन । पीडित पत्रकारका अनुसार व्यवस्थापन पक्षलाई नियमित सेवा सुविधान उपलब्ध गर्न दवाद दिदा पनि श्रम समस्या हल भएको छैन । महासंघ र व्यवस्थापन पक्षबीच श्रम समस्या हल गर्ने विषयमा भएको सहमती पूर्ण कार्यान्वयन भएको छैन ।

दसैंको मुखमा पत्रकारले दसैं पेस्की त के नियमित सेवा सुविधा पनि नपाउनु वास्तमै नेपाली सञ्चारक्षेत्रको लुकेको अध्यारो पाटो हो । पछिल्लो समय सञ्चारमाध्यमा लगानी गर्नेहरुको आकर्षण बढ्दो छ । सञ्चार संस्थाको आडमा व्यवस्थापन पक्षले सरकारबाट विभिन्न सेवा सुविधाहरु लिइरहेका छन् । राज्यबाट सुविधा लिने तिनै व्यवस्थापक पत्रकारको श्रम सवालमा भने गैरजिम्मेवार देखिन्छन् ।

Related

Previous Post

दशैंको टीका राष्ट्रपतिले मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने

Next Post

निर्वाचन आयोगको ‘प्रेस अफिस’ को संरचनाप्रति महासंघको आपत्ति

Sambridinews

Sambridinews

Related Posts

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
Next Post
कालिका दैनिक अनलाइनका सम्पादक माथि कुटपिट

निर्वाचन आयोगको 'प्रेस अफिस' को संरचनाप्रति महासंघको आपत्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ह्वावेद्धारा जाजरकोट र रुकुमका भूकम्प पिडितलाई सहायता

ह्वावेद्धारा जाजरकोट र रुकुमका भूकम्प पिडितलाई सहायता

आइतवार, मंसिर १७, २०८०
४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडौं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया

४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडौं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया

बुधबार, पुस ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In