Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, February 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज गणतन्त्र दिवस

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ १५, २०८१
in FEATURED, TOP STORIES
0
आज गणतन्त्र दिवस
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

जेठ १५, काठमाडाैं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

You might also like

समृद्धिलाई डिएभी फुटसल उपाधि

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय सरकारले गरेको छ ।

वि.सं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।

वि.सं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । वि.सं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए । अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनः स्थापना गर्न बाध्य हुँदै बैठकसमेत आह्वान गरे ।

वि.सं २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो ।

यसैको जगमा वि.सं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो ।

पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । वि.सं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।

संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

Related

Previous Post

समाजवादी प्रेस संगठनले गर्यो पत्रकार महासंघमा तालाबन्दी

Next Post

एन आई सी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा 

Sambridinews

Sambridinews

Related Posts

समृद्धिलाई डिएभी फुटसल उपाधि
TOP STORIES

समृद्धिलाई डिएभी फुटसल उपाधि

by Sambridinews
आइतवार, माघ १९, २०८२
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
TOP STORIES

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

by Sambridinews
आइतवार, माघ १९, २०८२
एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

by Sambridinews
आइतवार, माघ १९, २०८२
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

आजबाट कार्यालय समय १ घण्टा बढ्यो

by Sambridinews
आइतवार, माघ १९, २०८२
आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

by Sambridinews
आइतवार, माघ १९, २०८२
Next Post
एन आई सी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा 

एन आई सी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बझाङमा भएकाे जिप दुर्घटनमा ७ जनाकाे मृत्यु

बझाङमा भएकाे जिप दुर्घटनमा ७ जनाकाे मृत्यु

बुधबार, कार्तिक २, २०७९
सिर्जना, गजेन्द्र, पूर्णलक्ष्मी र मुकेशलाई स्वर्ण

सिर्जना, गजेन्द्र, पूर्णलक्ष्मी र मुकेशलाई स्वर्ण

शनिबार, पुस १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

आइतवार, माघ १९, २०८२
समृद्धिलाई डिएभी फुटसल उपाधि
TOP STORIES

समृद्धिलाई डिएभी फुटसल उपाधि

आइतवार, माघ १९, २०८२
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
TOP STORIES

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

आइतवार, माघ १९, २०८२
एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

आइतवार, माघ १९, २०८२
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

आजबाट कार्यालय समय १ घण्टा बढ्यो

आइतवार, माघ १९, २०८२
आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

आइतवार, माघ १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In