Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अब कम्तिमा कति क्षेत्रफल जग्गा कित्ताकाट गर्न पाइन्छ?

Sambridinews by Sambridinews
बिहिबार, बैशाख ७, २०८०
in समाचार, स्थानीय तह
0
रोकिएको जग्गा कित्ताकाट खुला गर्ने सरकारकाे निर्णय
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । सरकारले गत वर्ष जेठमा जग्गाको प्रभावकारी व्यवस्थापन गर्ने भन्दै भू–उपयोग नियमावली जारी गर्दा कित्ताकाट रोकिएको थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गालाई कम्तिमा कृषि र गैरकृषि भनेर छुट्याउन निर्देशन दिएको थियो। तर चैतसम्म पनि ५९७ स्थानीय तहले छुट्याउनै सकेनन्।

वर्गीकरण नहुन्जेल कित्ताकाट गर्न पाइएन, लामो समयसम्म जग्गाको कारोबारमा मन्दी आयो। यसले अर्थतन्त्रमै असर पारेको भन्दै मंगलबार मन्त्रिपरिषद बैठकले देशभर कित्ताकाट खोल्ने निर्णय गर्‍यो। भू–उपयोग नियमावली संशोधन गरिएसँगै कित्ताकाटको बाटो खुलेको हो।

You might also like

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

मन्त्रालयका सचिव दामोदर रेग्मी कित्ताकाट सहज बनाउने उद्देश्यले नियमावली संशोधन गर्न लागिएको बताउँछन्। वर्गीकरणको समय थप गरिने तथा अशंबण्डा र मोहियानी हकदाबीमा आएको समस्या समाधान हुने गरी संशोधन गर्नेबारे छलफल भइरहेको उनले बताए।

योसँगै अब कम्तिमा कति क्षेत्रफलको जग्गा कित्ताकाट गर्न पाइन्छ भन्ने चासो बढेको छ।

यसअघि कम्तिमा चार आना एक दाम जग्गा मात्र कित्ताकाट गर्न पाइन्थ्यो। यो पनि वर्गीकरण भएको ठाउँमा मात्रै। वर्गीकरण नभएको ठाउँको कित्ताकाट पूर्ण रूपमा रोकिएको थियो।

सचिव रेग्मीका अनुसार अब भने वर्गीकरण भएका वा नभएका दुवै क्षेत्रमा समान क्षेत्रफलमा कित्ताकाट गर्न पाइने गरी नियमावली संशोधन गर्न लागिएको हो।

‘पहिले न्यूनतम चार आना एक दाम जग्गा मात्र कित्ताकाट गर्न पाइन्थ्यो। यसले गर्दा अशंबण्डा र मोहियानी हकदाबीमा समस्या भयो,’ उनले भने, ‘अब यसलाई सहज हुनेगरी संशोधन गर्छौं।’

मोहियानी हक र अशंबण्डामा न्यूनतम ८० वर्गमिटर अर्थात् साढे दुई आना जग्गा वर्गीकरण गर्न पाइने गरी संशोधन हुने भएको छ।

‘न्यूनतम जग्गा चार आना एक दाम भनेर नियम राख्दा मोहियानी हक र अशंबण्डामा समस्या परेको थियो,’ उनले भने, ‘वर्गीकरण नभएको क्षेत्रमा त्यति पनि कित्ताकाट गर्न पाउने थिएनन्। अब पाउँछन्। हामी छिट्टै संशोधित नियमावली राजपत्रमा प्रकाशन गर्छौं।’

यो नियम राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू हुने छ।

के त्यसो भए अब स्थानीय तहले जग्गा वर्गीकरण गर्न नपर्ने हो?

होइन।

सचिव रेग्मीका अनुसार स्थानीय तहले जग्गा भू–उपयोग नियमावलीमा उल्लेख भएअनुसार दसवटै विधामा जग्गा वर्गीकरण गर्नुपर्छ। जग्गा कृषि र गैरकृषि, र गैरकृषिमा पनि आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल, सिमसार, सार्वजनिक उपयोग र सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ।

यो काम सक्न पालिकाहरूलाई मुश्किल देखिएको छ। झन्डै एक वर्ष हुँदा पनि थोरै मात्रले वर्गीकरण सकेकाले जग्गा कारोबार ठप्प जस्तै भएको थियो।

त्यसैले अब वर्गीकरणका लागि समय थप गर्न लागिएको सचिव रेग्मीको भनाइ छ।

‘वैशाखमा स्थानीय तहको चुनाव सकियो। नयाँ प्रतिनिधि आए। जेठमा नियमावली आयो,’ उनले भने, ‘यो प्राविधिक काम भएकाले हामीले तोकेको अवधिमा उनीहरूले काम गर्न सकेनन्। त्यसैले अब समय थप गर्छौं।’ 

(थानकाेट टाइम्सबाट साभार । )

Related

Previous Post

उपनिर्वाचनका लागि प्रचार प्रसार गर्न आज राति १२ बजेदेखि निषेध

Next Post

जब मार्क्स फर्किए

Sambridinews

Sambridinews

Related Posts

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने
FEATURED

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
Next Post
जब मार्क्स फर्किए

जब मार्क्स फर्किए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर

विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर

बिहिबार, अशोज ४, २०८०
गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीलिमिटेड बीच प्रत्याभूतिकर्र्ता नियुक्ति सम्झौता

गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीलिमिटेड बीच प्रत्याभूतिकर्र्ता नियुक्ति सम्झौता

सोमवार, अशोज २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

बुधबार, भदौ ३१, २०८३
केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने
FEATURED

केही दिनभित्रै सामान्य बन्दै ग्यास आपूर्ति, लाइन बस्नु नपर्ने

बुधबार, भदौ ३१, २०८३
नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In