सञ्चारगृहले पत्रकारहरुको पारिश्रमिक अनिवार्य उपलब्ध गराउनुपर्छ : मन्त्री श्रेष्ठ
५ माघ, हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सञ्चारगृहले पत्रकारहरुको पारिश्रमिक अनिवार्य उपलब्ध...
५ माघ, हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सञ्चारगृहले पत्रकारहरुको पारिश्रमिक अनिवार्य उपलब्ध...
माघ ५, काठमाडाैं । सरकारले कुनै पनि राजनीतिक दल विभाजन गर्न ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद आवश्यक हुने व्यवस्था...
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय...
माघ, ५ काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार राति साढे...
माघ ५, काठमाडौँ । बर्षायाम सुरुभएसंगै हजारौ यात्रुको टाउको दुखाईको विषय बदैआएको सिद्धबाबा सुरु सुरुङमार्ग सुरु भएको छ । राष्ट्रिय...
माघ ५, काठमाडाैं । ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको...
आर्थिक समृद्धिको यात्रामा सरकारले जलविद्युत्लाई पहिलो प्राथमिकतामा राखेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान०को...
काठमाडौं, माघ ४ स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्वपूर्ण स्थानहरू, तिनको दूरी, अवस्थिति लगायत अन्य अत्यावश्यक जानकारीसहित ई-पालिका एपमा उपलब्ध हुनेछन् । निन्जा इन्फोसिसले निर्माण गरेको ईपालिका एपमा गल्ली म्पाप्सले निर्माण गरेको वेब नक्सा सेवा थप गरिएको हो यसका लागि निन्जा इन्फोसिसका कार्यकारी निर्देशक रमेश क्षेत्री र गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत एवं सहसंस्थापक राज विक्रम महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् पालिका एपमा गल्ली म्याप्स समावेश भएसँगै अब पालिकाबासीहरूले उल्लेख्य भौतिक संरचना, कृषि क्षेत्रहरूसमेत सो स्थानका अन्य विवरण सजिलै थाहा पाउने व्यवस्था गरिएको छ । ‘पालिकाभित्र भएका सार्वजनिक क्षेत्र, भौतिक संरचना र पर्यटकीय क्षेत्रहरूलाई गल्ली म्यापमार्फत हामीले पहिचान दिन खोजेका हौं, पालिकाभित्र कहाँ छ के छ, कुन बाटो हुँदै त्यहाँ पुग्ने भन्ने खालका जानकारी डिजिटल ईपालिका एपबाट थाहा पाउन सकिन्छ,’ ईपालिकाका क्षेत्रीले भने, ‘यो हरेक पालिकाले उपयोग गर्नुपर्ने एप हो र यसबाट पालिकाहरूले आफ्नो क्षेत्रलाई पहिचान दिन र चिनाउन सक्छन् ।’ नेपाली कम्पनीले नेपाली भाषामै स्पष्ट बुझिनेगरी बनाएको सो एप्लिकेसनलाई सम्बन्धित पालिकाको सहयोगीको भूमिका निर्वाह गर्नेगरी तयार पारिएको उनले बताए । सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले पनि यो एप सजिलै र नि:शुल्क प्रयोग गर्ने गरी उपलब्ध रहेको निन्जा इन्फोसिसले जानकारी दिएको छ । त्यस्तै, गल्ली म्याप्सका सीईओ महर्जनले नेपालमा डिजिटल प्लाटफर्ममा इन्नोभेटिभ सोच र आत्मनिर्भरता बढाउने दुई स्टार्टअप कम्पनीबीचको साझेदारीमा खुशी व्यक्त्त गरे । ‘नागरिकका रूपमा धेरैलाई आफ्नो पालिकाले दिने सेवा र त्यसका प्रक्रियाबारे जानकारी हुँदैन, त्यस्तो सेवा डिजिटल रूपमै प्रदान गर्न मिल्ने प्लाटफर्म अत्यावश्यक रहेको सोचेर हामीले साझेदारी गरेका हौं,’ उनले भने, ‘गुगल म्यापमा सहजै उपलब्ध नहुने हाम्रा सांस्कृतिक सम्पदा, स्थानीय निकायका कार्यालय, सार्वजनिक संरचनासमेत गल्ली-गल्लीको जानकारी दिएर प्रयोगकर्तालाई सजिलो बनाउन सकियोस् भनेर गल्ली म्याप शुरु गरिएको थियो । दुई कम्पनीको उदेश्य सार्वजनिक सेवाको स्थानीयकरणमा मिल्न गएकोले सहकार्य सम्भव भयो ।’ नेपालमा स्टार्टअपहरूबीच कमै मात्र सहकार्य हुने गरेकोमा गल्ली म्याप्स र डिजिटल ई-पालिकाको साझेदारी उदहारणीय भएको कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जिवि अधिकारीको बुझाइ छ । साझेदारीबारे जानकारी दिन आयोजित कार्यक्रममा उपस्थित अधिकारीले स्टार्टअपहरूबीचको सहकार्यले प्लाटफर्म र रिसोर्स सेयरिङ सम्भव हुने र त्यसले लागत कटौतीमा सघाउने बताए । ‘नेपालमा स्टार्टअपको संस्कृति, यस्ता कम्पनीको गतिविधि र आइडिया शेयरिङ गर्न यस्ता सहकार्य महत्वपूर्ण हुन्छन्,’ उनले भने, ‘रिसोर्सहरूको दोहोरोपन रोक्न शेयरिङ गर्ने माहोल बनाउँदा हाम्रो स्टार्टअप ईकोसिस्टम अझै स्वस्थ र परिष्कृत हुँदै जान्छ भन्ने क्यान महासंघको बुझाइ छ ।’ डिजिटल ई-पालिका नेपालमा २०७४ सालदेखि डिजिटल ई-पालिका मोबाइल एप्लिकेसन शुरू भएको थियो सरकारको डिजिटल नेपाल अभियानलाई अझै सबल बनाउने उद्देश्यले निर्मित सो एपले सबै पालिकाहरूलाई पुर्ण रूपमा डिजिटल सेवा प्रवाह गर्न सघाउने आफ्नो विश्वास रहेको पनि क्षेत्रीको धारणा छ । ‘डिजिटल पालिका अभियान' मार्फत आफूहरूले डिजिटल नागरिक बडापत्रसँगै दर्ता चलानी प्रणाली, कार्य व्यवस्थापन प्रणाली, गुनासो व्यवस्थापन प्रणालीबाट प्रवाह हुने सेवाहरू पनि डिजिटल रूपमै कार्यसम्पादन हुनसक्ने व्यवस्था मिलाएको उनले बताए । गल्ली म्याप्स यो नेपालको स्थानीय मोबाइल म्याप एप हो । गुगल वा एप्पल म्यापहरूमा नदेखिने साँघुरा गल्लीदेखि कतिपय वडाहरूका सम्पूर्ण घर नम्बर यसमा म्यापिङ गरिएको छ । विशेषगरी अनलाइन डेलिभरी तथा राइड शेयरिङ सेवामा यो एप बढी प्रभावकारी हुने गल्ली म्याप्सका महर्जन बताउँछन् विदेशी कम्पनीले बनाएको म्यापमाथिको निर्भरता हटाउनुका साथै नेपाली कम्पनीहरूले विदेशी म्याप एप प्रयोग गरेबापत विदेशिने ठूलो रकम जोगाउने उदेश्यले यो एप विकास गरिएको उनको भनाइ छ । सन् २०२० मा शुरु भएको यो स्टार्टअपले २०२२ मा आईसीटी अवार्ड जितेको थियो । गल्ली म्याप्समा नेपालभरीकै नक्सा समावेश भएको छ । तथापी, हाल काठमाडौं र ललितपुर महानगरपालिकासँगै कीतिपूर, चाँगुनारायण, कागेश्वरी र बनेपा नगरपालिकाको भने हाउस नम्बरसमेत उपलब्ध छ एपबाट प्रयोगकर्ताले आफ्नो घर नम्बर पिन गरेर अरूलाई लोकेसन लिंक शेयर गर्न सक्छन् । रिङ्ग रोडभित्रका धेरै ठाउँहरू ३६० डिग्रीमा पनि हेर्न सकिन्छ।
४ माघ, काठमाडौं । सरकारले यसअघि नै भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताका लागि फेरि मौका दिएको...
काठमाडौं, माघ ४, भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बइ म्याराथनमा दौड्ने भएका छन् । जनवरी २१ तारिखमा हुने म्याराथन (४२.१९५...
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.