
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौं, चैत ७, नेपालको अग्रणी 'इन्टरप्राइज मेसेजिङ प्लेटफर्म' स्प्यारो एसएमएसले आज आफ्नो स्थापनाको १६औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। "सन्देश प्रवाहको १६ मिठो वर्ष" (16 Sweet Years of Delivering Messages) भन्ने नाराका साथ कम्पनीले एक स्टार्टअपदेखि राष्ट्रियस्तरको सञ्चार पूर्वाधार प्रदायकसम्मको आफ्नो यात्रा स्मरण गरेको छ। हाल स्प्यारो एसएमएसले ८,००० भन्दा बढी व्यवसायहरूलाई सेवा प्रदान गर्दै वार्षिक ३५ करोडभन्दा बढी सन्देशहरू प्रवाह गर्दै आएको छ। नेपालमा बल्क एसएमएस (Bulk SMS) सेवाको नेतृत्व सन् २०१० मा स्थापना भएको स्प्यारो एसएमएसले विगत १६ वर्षदेखि नेपालमा बल्क एसएमएस सेवालाई परिष्कृत र सुदृढ बनाउँदै आएको छ। एसईई (SEE) को नतिजा सहजै प्राप्त गर्ने व्यवस्थादेखि राष्ट्रिय विपद्का समयमा महत्त्वपूर्ण सूचना प्रवाह गर्नेसम्म, यो ब्राण्ड नेपाल दूरसञ्चार प्राधिकरण (NTA) बाट स्वीकृत र सबैभन्दा विश्वसनीय मेसेजिंग माध्यमको रूपमा स्थापित छ। चुनौतीबाट राष्ट्रिय सञ्चार पूर्वाधारसम्म सन् २०१० मा १८ घण्टासम्मको लोडसेडिङ र सीमित प्रविधिको पूर्वाधारका बीच एउटा सानो स्टार्टअपको रूपमा स्प्यारो एसएमएसको यात्रा सुरु भएको थियो। प्रतिकूल परिस्थितिलाई अवसरमा बदल्दै कम्पनीले लोडसेडिङको तालिका र SEE (SLC) को नतिजा तत्काल एसएमएसमार्फत उपलब्ध गराएर देशभर आफ्नो छुट्टै पहिचान बनायो। व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै स्प्यारो एसएमएसले वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणका लागि श्रम स्वीकृति जाँच, २०७२ को भूकम्पमा राहत सहजीकरण, र मानव बेचबिखन जोखिम रिपोर्टिङ जस्ता जनहितकारी परियोजनाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। आज १६ वर्ष पुग्दा, यो ब्राण्ड केवल एक म्यासेजिङ सेवा मात्र नभई समाज र व्यवसायलाई जोड्ने एक विश्वसनीय आधार बनेको छ। १६औँ वर्षको कोसेढुङ्गा: ह्वाट्सएप बिजनेस मेसेजिङ आफ्नो सेवालाई थप विस्तार गर्दै स्प्यारो एसएमएस अब आधिकारिक मेटा टेक प्रोभाइडर (Meta Tech Provider) को रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ। यसले नेपाली उद्यमहरूलाई स्थानीय सहयोगका साथ ह्वाट्सएप बिजनेस एपीआई प्रयोग गर्ने बाटो खोलेको छ, जसमा निम्न सुविधाहरू रहनेछन्: ●ब्लु टिक प्रमाणीकरण (Blue Tick Verification): ब्राण्डको आधिकारिकता र विश्वसनीयताका लागि। ...
Read moreकाठमाडौं। नेपालमा याडियाको आधिकारिक वितरकले “चैत्र मेगा एक्सचेन्ज कार्निभल” घोषणा गरेको छ । उक्त एक्सचेन्ज चैत्र ४ देखि ११ गतेसम्म...
Read moreकाठमाडौं, चैत ५, दसौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको...
Read moreकाठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ । यसका लागि...
Read moreकाठमाडौं, नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अघि थापाको राजीनामा आएको हो ।...
Read more४ चैत, काठमाडौं । सरकारले ठूला लगानी भित्र्याउन र निजी क्षेत्रलाई प्रोत्साहित गर्न विद्यमान कानुनी बन्देजहरू फुकाउने तयारी गरेको छ...
Read moreचैत्र ४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिनुभएको...
Read more-क्षितिज विक्रम खनाल रुपन्देहीको तिलोत्तमा नगरपालिका१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। स्वदेशमै उत्पादन गरिएका विभिन्न भेराइटीका बियरहरू यहाँ सिधै धाराबाट थापेर पिउन सकिने व्यवस्था गरिएको छ, जसले आगन्तुकहरूलाई फ्याक्ट्री टेस्टकै जस्तो ताजापन र स्वादको अनुभव गराएको छ।यो कोटिहवा चोकबाट करिव ४०० मिटर पश्चिम "टाईगर प्यालेस संगै" संचालनमा रहेको छ । यसले यहाँ आउने पाहुनाहरूका लागि बियर पिउने अनुभवलाई अझ फरक र स्मरणीय बनाएको छ। क्राफ्ट बियर संस्कृतिलाई केन्द्रमा राखेर तयार गरिएको यस स्थानमा पाहुनाहरूले काठबाट बनेका आकर्षक WOODEN भिल्लामा बसेर खुला वातावरण, मनमोहक मौसम र प्राकृतिक दृश्यको आनन्द लिँदै बियरको स्वाद लिन सक्छन्यहाँ आउने धेरै सेवाग्राहीहरूले यस्तो वातावरणमा बियर पिउनुको मज्जा नै अलग हुने प्रतिक्रिया दिने गरेका छन्। नेपालमा कुरिनटार क्षेत्रपछि यस प्रकारको क्राफ्ट बियर अनुभव उपलब्ध गराउने स्थलका रूपमा चिलियाको यो बियर गार्डेन पश्चिम नेपालकै पहिलो मानिन्छ। बियरसँगै अनुभवी सेफहरूबाट तयार गरिएका विभिन्न परिकारहरूले यहाँको स्वाद र आतिथ्यलाई अझ समृद्ध बनाउने गरेका छन्। यो परियोजना व्यवसायी मिनराज भुसालको अवधारणा र लगानीमा सञ्चालन भइरहेको हो। भुसालका अनुसार यस परियोजनाको मुख्य उद्देश्य क्षेत्रमै फरक किसिमको बियर संस्कृतिको विकास गर्नुका साथै स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्नु हो। हाल यस व्यवसायमार्फत करिब ५० जना स्थानीयले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। विदेश जाने सोच बनाएका धेरै युवाहरूका लागि स्वदेशमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा पनि यो परियोजना उदाहरण बनेको छ। सामान्य लगानी र सही व्यवस्थापन भए आफ्नै देशमा बसेर परिवारसँगै जीविकोपार्जन गर्न सकिन्छ भन्ने सन्देश पनि यसले दिएको छ। यस्ता उद्यमहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। भौगोलिक हिसाबले पनि रुपन्देहीमा रहेको यस बियर गार्डेनको स्थान विशेष महत्वको देखिएको छ। भारतबाट नेपालका पर्यटकिय स्थल पोखरा र लुम्बिनी क्षेत्रतर्फ यात्रा गर्ने पर्यटकहरूका लागि यो स्थान उत्कृष्ट विश्राम स्थलका रूपमा विकास हुंदै गइरहेको छ । व्यवसायीहरूका अनुसार नेपालमा यस्ता परियोजनाहरू अझ विस्तार गर्न सरकारले लगानीको सुरक्षा, संरक्षण तथा व्यवसायमैत्री नीतिको सुनिश्चितता गर्न आवश्यक छ। यदि राज्यले लगानीमैत्री वातावरण निर्माण गर्न सके यस्ता परियोजनाहरू देशभर विस्तार हुने र त्यसले रोजगारी तथा पर्यटन दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने छ। रुपन्देही क्षेत्रमा नयाँ अनुभव खोज्ने बियर पारखिहरुका लागि चिलियाको ...
Read moreकाठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३ सावर्जनिक गरेको छ । यो फोन दैनिक रूपमा सक्रिय रहने...
Read moreकाठमाडौं, चैत ३ — ललितपुरको प्रयागपोखरीस्थित नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा “संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य: मानव–पर्यावरण अन्तरसम्बन्ध” विषयक सातौँ वार्षिक फिल्ड कोर्स सोमबारबाट सुरु भएको छ। उक्त कार्यक्रममा नेपालभरका विद्यार्थी, अनुसन्धानकर्ता तथा संरक्षण क्षेत्रमा कार्यरत पेशाकर्मीहरूको सहभागिता रहेको छ। कार्यक्रमको उद्घाटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदप्रसाद ढकालले गरेका हुन्। उद्घाटन सत्रको अध्यक्षता नेपाल इन्जिनियरिङ कलेजको सेन्टर फर प्रोफेशनल स्टडिजका निर्देशक रोबर्ट डंगोलले गरेका थिए। कार्यक्रममा अमेरिकास्थित युनिभर्सिटी अफ वासिङ्टनका प्राध्यापक डा. र्यान्डल सी. काइज तथा प्राध्यापक म्याथ्यू नोभाक विशेष अतिथिका रूपमा सहभागी थिए। उद्घाटन समारोहमा परम्परागत पानसमा बत्ती बालेर पाँच दिने कोर्सको औपचारिक सुरुवात गरिएको थियोकार्यक्रमको संयोजन तथा सञ्चालन नेपाल इन्जिनियरिङ कलेजका एमएस्सी नेचुरल रिसोर्स म्यानेजमेन्ट कार्यक्रमका संयोजक डा. नारायणप्रसाद कोजुले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले प्राकृतिक स्रोतको दिगो उपयोग र संरक्षणमा युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा अध्ययन अनुसन्धान गर्न प्रोत्साहन दिँदै आएको उल्लेख गरे। वैज्ञानिक अनुसन्धानमार्फत युवा अनुसन्धानकर्ताहरूले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा उनले व्यक्त गरे। विशेष अतिथि डा. र्यान्डल काइजले नेपाली विद्यार्थी तथा अनुसन्धानकर्तासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले संरक्षणसम्बन्धी अनुसन्धानमा नेपाली नयाँ पुस्ताले देखाएको उत्साह र प्रतिबद्धताको प्रशंसा गर्दै भविष्यमा अन्तर्राष्ट्रिय सहकार्य अझ मजबुत बनाउने आवश्यकता औंल्याए। त्यसैगरी प्रा. म्याथ्यू नोभाकले नेपाली विद्यार्थी तथा संस्थासँग दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्य विस्तार गर्ने आफ्नो रुचि रहेको बताए। नेपालमा उपस्थित भएर संरक्षण जीवविज्ञान र विश्व स्वास्थ्यका क्षेत्रमा उदाउँदै गरेका अनुसन्धानकर्तासँग नजिकबाट काम गर्न पाउँदा आफू उत्साहित रहेको उनले बताए। कार्यक्रमका अध्यक्ष रोबर्ट डंगोलले नेपाल इन्जिनियरिङ कलेजले विगत सात वर्षदेखि वन्यजन्तु, प्राकृतिक स्रोत व्यवस्थापन तथा जैविक विविधता अध्ययनका विद्यार्थीहरूका लागि यस प्रकारको फिल्ड कोर्समार्फत व्यावहारिक अध्ययनको अवसर उपलब्ध गराउँदै आएको बताए। सहभागीहरूले यस अवसरलाई ज्ञान अभिवृद्धि गर्न उपयोग गर्दै दिगो विकास तथा जैविक विविधता संरक्षणमा योगदान पुर्याउनुपर्ने उनले आग्रह गरे। आयोजकका अनुसार नेपालका सात विभिन्न संस्थाबाट कुल २० जना सहभागीहरूले उक्त कोर्समा भाग लिइरहेका छन्। नेपाल इन्जिनियरिङ कलेज र युनिभर्सिटी अफ वासिङ्टनले संयुक्त रूपमा सेन्टर फर ग्लोबल फिल्ड स्टडी (CGFS) तथा वासिङ्टन नेशनल बायोमेडिकल रिसर्च सेन्टरमार्फत कार्यक्रम सञ्चालन गरेका हुन्। चैत 2 देखि वैशाख 6 सम्म सञ्चालन हुने उक्त कोर्समा संरक्षण जीवविज्ञान, वन्यजन्तु अनुसन्धान विधि, विश्व स्वास्थ्यसम्बन्धी मुद्दा तथा मानव–पर्यावरण अन्तरसम्बन्धका विषयमा केन्द्रित कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएका छन्तालिममार्फत सहभागीहरूलाई व्यवहारिक फिल्ड अनुसन्धान अनुभव प्रदान गर्दै जैविक विविधता संरक्षण तथा वातावरण र मानव स्वास्थ्यबीचको सम्बन्धबारे गहिरो समझ विकसित गराउने लक्ष्य राखिएको छ।
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.