TOP STORIES

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

 काठमाडौं ।२१० राष्ट्रमा सदस्यहरू रहेको,सामाजिक तथा मानवीय सेवा कार्यको लागि विश्वमै सबैभन्दा ठूलो संगठन लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नेपाल च्याप्टरको राष्ट्रिय महाअधिवेशन, सम्माननीय सभामुख डोलप्रसाद अर्याल ज्यूको प्रमुख अतिथ्यतामा भोलि जेठ १६ गते काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पुलिस क्लबको हलमा आयोजना हुँदैछ। उक्त महाधिवेशनमा फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनबाट निर्वाचित २० जना लायन्स सदस्य सांसदहरू (सम्माननीय सभामुख डिपी अर्याल समेत) लाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ।  लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नेपालमा झन्डै ४७ हजार सक्रिय सदस्यहरू रहेका छन् भने २ हजार ४ सय क्लबहरू तथा १५ वटा डिस्ट्रिक्ट रहेका छन्। नेपालमा यो संस्था स्थापना भएको ५५ वर्षको इतिहासमा पहिलोपटक यस वर्ष महिला अध्यक्ष(काउन्सिल चेयर पर्सन) निर्वाचित भई पोखराकी लायन मिलन थापाले समग्र नेपाल लायन्सको नेतृत्व गर्दै आउनु भएकोछ।  उहाँको कार्यकाल आगामी जुन ३० तारिखमा सकिने र जुलाई १ तारिखदेखि नयाँ लायन्स वर्षको सुरुवात हुने भएकोले नयाँ नेतृत्व चयनका लागि यही जेठ १४ गते निर्वाचन प्रक्रियाहरू सुरुवात हुने कार्यक्रम रहेको छ लायन्स मल्टिपलको विधान अनुसार काउन्सिल परिषद्को अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहसचिवको लागि निर्वाचन हुनेछ भने अन्य केही पदहरू मनोनित हुनेछन्।     यस सामाजिक संस्थाले नेपालमा स्वास्थ्य, शिक्षा, वातावरण लगायत विविध क्षेत्रमा नेपालका दुर्गम क्षेत्रसम्म पुगेर मानवीय सेवा पुर्‍याउने गरेको छ भने यसका सयौं स्थायी परियोजनाहरू समेत नेपालमा सञ्चालनमा रहेका छन्। अचानक आइपर्ने भूकम्प बाढी पहिरो जस्ता दैवी प्रकोपमा समेत नेपालका हजारौँ लायन्स सदस्यहरुले तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउँदै आएका छन्। अन्धोपन निवारण तथा दादुरा रुबेलाको खोप अभियानका लागि समेत लायन्स अन्तर्राष्ट्रियले नेपाल सरकारसँग सहकार्य गरेको छ भने थुप्रै आँखा अस्पताल,मुटु  रोगको उपचार केन्द्र, विद्यालय भवनहरू निर्माण कार्यमा पनि लायन्स अन्तरराष्ट्रियले नेपाललाई योगदान दिने गरेको छ। यसका अलावा नेपालमा रहेका लायन्स क्लबका सदस्यहरू आफैले पनि स्थानीय रूपमाआर्थिक स्रोत जुटाएर नेपालमा सामाजिक तथा मानवीय सेवाका निमित्त साना तथा ठूला परियोजना तथा कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन्। सन् १९१७ मा अमेरिकाको सिकागोमा पादुर्भाव भएको यस लायन्स अन्तर्राष्ट्रियको  संगठन नेपालमा भने सन १९७१ मा स्वर्गीय पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको नेतृत्वमा लायन्स क्लब विराटनगर मार्फत सुरुवात भएको थियो। लायन्स अन्तर्राष्ट्रियको महाधिवेशन यही जुलाई ३ देखि ७ तारिखसम्म हङकङमा आयोजना हुँदैछ भने आगामी डिसेम्बर १६ देखि १९ सम्म विभिन्न १४ देशका झन्डै ३ हजार जना सहभागी हुने क्षेत्रीय स्तरको सम्मेलन (ISAME Forum) नेपालको काठमाडौँमा आयोजना गर्न लागिएको छ। 

Read more

सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौँ, जेठ — विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औँ पटक सफल आरोहण गरी आफ्नै इतिहास पल्टाएर नयाँ विश्व कीर्तिमान रच्न सफल...

Read more

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी

काठमाडौं, जेठ १४ । नेपाल महिला चेम्बरको आयोजनामा “उद्यमशीलता :चुनौती, सुधार र युवा प्रेरणा” विषयक विशेष अन्तरक्रिया कार्यक्रम विहिवार नेपाल...

Read more

किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न

काठमाडौं । किष्ट शिक्षण अस्पताल अन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रद्वारा बुधबार “अंगदाता सम्मान कार्यक्रम” भव्य रूपमा सम्पन्न गरिएको छ। मानव...

Read more

निजी अस्पतालमा स्वास्थय बीमा बन्द , हजाराै विरामी प्रभावित

जेठ १५, काठमाडाैं । स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालले दिँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गरेपछि लाखौँ बिरामी प्रभावित भएका...

Read more

आज पनि काठमाडौं सहित विभिन्न भागमा वर्षाको सम्भावना

 जेठ १५, काठमाडाैं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

Read more

आज १९औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस...

Read more

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर

काठमाडाैं । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराउने...

Read more

वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग

काठमाडौँ, १४ जेठ, वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित, मर्यादित र उत्पादनमूलक बनाउन सरकारले तत्काल ठोस 'वैदेशिक रोजगार नीति' निर्माण गरी सार्वजनिक...

Read more

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 

काठमाडौं, नेपाल – Tele Talk Pvt. Ltd., Ramesh Corp अन्तर्गतको कम्पनीले सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा ल्याएको घोषणा गरेको छ। उक्त सर्भिस सेन्टरमार्फत POCO ब्रान्डका स्मार्टफोन तथा सम्बन्धित डिभाइसहरूको आधिकारिक बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ।  सानेपाको सहज पहुँचयुक्त स्थानमा स्थापना गरिएको यस अत्याधुनिक सर्भिस सेन्टरले ग्राहकहरूलाई द्रुत, भरपर्दो र ग्राहक-मैत्री सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। सेन्टरमा दक्ष प्राविधिक टोली, आधुनिक डाइग्नोस्टिक सुविधा तथा गुणस्तरीय स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ, जसले ग्राहकलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्नेछ।  नेपालमा स्मार्टफोन तथा प्रविधि उपकरणहरूको प्रयोग तीव्र रूपमा बढिरहेको सन्दर्भमा गुणस्तरीय बिक्रीपछिको सेवाको आवश्यकता पनि बढ्दो क्रममा रहेको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै Tele Talk Pvt. Ltd. ले POCO प्रयोगकर्ताहरूका लागि सहज र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।  ग्राहकहरूले यहाँ डिभाइस जाँच, सफ्टवेयर सपोर्ट, वारेन्टी सेवा, मर्मत, नियमित मर्मतसम्भार तथा प्राविधिक परामर्शजस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन्।  सर्भिस सेन्टर विवरण:  ∙स्थान: रमेश कम्प्लेक्स, सानेपा, काठमाडौं   ∙कार्यालय समय: आइतबारदेखि शुक्रबारसम्म, बिहान १० बजेदेखि साँझ ६ बजेसम्म   ∙सम्पर्क नम्बर:   o+977-9802051093   o+977-9705083807   यस अवसरमा Tele Talk Pvt. Ltd. का Executive Director Sanjay Agrawal ले ग्राहकलाई छिटो, पारदर्शी तथा विश्वसनीय सेवा प्रदान गर्नु कम्पनीको प्रमुख उद्देश्य रहेको बताउनुभयो। साथै, नेपालमा POCO ब्रान्डको सेवा पहुँच विस्तार गर्दै ग्राहक सन्तुष्टि अझ सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।  सानेपास्थित यस नयाँ सर्भिस सेन्टरको सञ्चालनसँगै POCO प्रयोगकर्ताहरूले अब अझ सहज र व्यावसायिक बिक्रीपछिको सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। 

Read more
Page 19 of 561 1 18 19 20 561

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.