जीवन शैली

त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

काठमाडौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज नर्सिङ क्याम्पसले  आइतबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।  नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सात समूहबीच प्रतियोगिता भएको थियो ।  विशेष अतिथि साहित्यकार सम्पादक रमेश दाहालले उद्घाटन गरेको उक्त प्रतियोगिता समारोहको  सभापतित्व क्याम्पस प्रमुख मुना राना थापाले गरेकी थिइन् ।  प्रतियोगिता समारोहका प्रमुख अतिथि इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा समाजसेवी कृष्ण कँडेल थिए भने  निर्णायकहरूमा प्रा.डा. जीवेन्द्रदेव गिरी, संगीतकार तथा गायक कृष्ण गुरुङ, साहित्यकार पार्वती भट्ट थिए ।  प्रतियोगी सात समूहले प्रस्तुत गरेका तीज गीतहरू विशुद्ध नेपाली तीज गीतको भाकामा गाइएका थिए भने  वर्तमान अवस्थामा नर्सहरूको कथाव्यथा पीडालगायतका गीतका शब्दहरूले उपस्थितहरू सबैको मन  छोएको थियो ।  उनीहरूका गीतहरूमा नर्सिङ पेशा नभई सामाजिक सेवा भएको कारण नर्सहरूको कार्यलाई  सम्मानपूर्वक हेरिनुपर्ने र उनीहरूको लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्ने कुराहरूलाई व्यक्त  गरिएको थियो । साथै तीजको दर खाँदा खानेकुराहरूमा ध्यान दिई आफ्नो स्वास्थ्यलाई ध्यान दिऔँ भन्ने  सन्देशसहितका भावहरू गीतमा प्रस्तुत गरिएको थियो ।  प्रमुख अतिथिको मन्तव्यमा कृष्ण कँडेलले प्रस्तुत गीतहरू साँच्चै नै मार्मिक भएको र वर्तमान अवस्थामा  पार्टी प्यालेसहरूमा ह्वीस्की बियरका साथमा डिस्को गीत तथा तीज गीतको नाममा छाडा प्रवृत्तिको गीतमा  रमाउँदै तीज मनाउने महिलाहरूलाई समेत सन्देश दिएको बताएका थिए ।  तीज गीत प्रतियोगितामा प्रस्तुत गरिएका गीतहरुले आफूलाई ३० वर्षअघि फर्काएको अनुभव व्यक्त गरेका  थिए भने प्रस्तुत प्रतियोगीहरूलाई इन्द्रेणी कार्यक्रममा सहभागी गराएर गीतका व्यथाहरू र सन्देशलाई  सम्बन्धित निकायसम्म पुर्याउने कुरा व्यक्त गरेका थिए । ...

Read more

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको जीत

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को शनिबार ( ७ भदौ , २०८२ ) सम्पन्न अधिवेशनबाट फुर गेल्जे शेर्पा अध्यक्षमा विजयी...

Read more

मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

रमेश कुमार बोहोरा नेपालमा मिडियामा मदिराको विज्ञापन बन्द गर्ने सरकारी निर्णयले लामो समयदेखि बहस निम्त्याउँदै आएको छ । एकातिर यो...

Read more

नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल’ हुने

काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५...

Read more

हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परिक्षणको कार्य तीब्र, मन्त्री यादव स्वयम् पानी परिक्षण स्थलमा

वीरगंज (पर्सा), ८ भदौँ : गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परिक्षण तथा...

Read more

कानुनी राज्यमाथि चुनौती : ब्लु डायमण्डले सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता

काठमाडौं – ब्लु डायमन्ड सोसाइटीले साधारण सभा, बोर्ड बैठकका निर्णय, लेखापरीक्षण प्रतिवेदन, कर्मचारी तथा सल्लाहकार नियुक्तिसम्बन्धी विवरणसमेतका सूचना दिन अस्वीकार...

Read more

वार्ताका माध्यमबाट समस्याको समाधान गरी अनशनरत व्यक्तिको जीवन रक्षा गर

साउन ३०, कञ्चनपुर जिल्लाको महेन्द्रनगर, मदनचोकमा आरक्ष पीडितलाई क्षतिपूर्तिको व्यवस्था, ढक्का र तारापुरसमेतका जनताको बसोबासको व्यवस्था, आरक्ष पीडितलाई द्वन्द्वपीडित घोषणा,...

Read more

ब्लु डायमण्डमाथि मानवबेचबिखनको समेत आरोप, प्रशासनले अनुगमन गर्ने

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले ब्लु डायमन्ड सोसाइटी (बीडीएस) को अनुगमन गर्ने निर्णय गरेको छ। नेपाल सरकार र दातृ...

Read more

दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड

काठमाडौं । नेपाल भारत विकास मञ्च‌द्वारा राजधानीमा आयोजित ‘दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचारगोष्ठीमा सहभागी वक्ताहरूले आतंकवादलाई...

Read more

नेककी प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)की प्राध्यापक सावित्री त्रिपाठीले इम्पेरियल कलेज लण्डनको ग्लोवल कनेक्ट फण्ड अन्तरगतको एक परियोजनामा छनौट हुन...

Read more
Page 10 of 49 1 9 10 11 49

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.