समाचार

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

विश्वव्यापी Home Entertainment तथा Home Electronics ब्रान्ड TCL ले एयर कन्डिसनर व्यवसायमा महत्वपूर्ण विश्वव्यापी उपलब्धि हासिल गरेको छ। Frost & Sullivan द्वारा जारी Market Position Statement अनुसार, सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिकसम्म TCL एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघेको छ।  उक्त Market Position Statement सन् २०२६ जुनमा जारी गरिएको हो,विश्व एयर कन्डिसनर बजारसम्बन्धी व्यापक अनुसन्धानका आधारमा Frost & Sullivan ले TCL को उक्त विश्वव्यापी बिक्री उपलब्धिलाई प्रमाणित गरेको हो। यस उपलब्धिले विश्व AC बजारमा TCL को बढ्दो उपस्थिति, उपभोक्ता स्वीकार्यता तथा ब्रान्डप्रतिको विश्वासलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।  चीनको AC निर्यातमा TCL दोस्रो स्थानमा  TCL ले एयर कन्डिसनर निर्याततर्फ पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ। ChinaIOL को तथ्यांकअनुसार सन् २०२४ मा TCL ले चीनमा १.९१७ करोड युनिट घरेलु एयर कन्डिसनर उत्पादन गरेको थियो, जसले कम्पनीलाई उत्पादनका आधारमा उद्योगका शीर्ष तीन कम्पनीभित्र राखेको छ। सोही अवधिमा TCL को AC निर्यात मात्रा १.३८१ करोड युनिट पुगेको थियो। यससँगै TCL चीनबाट हुने एयर कन्डिसनर निर्यातमा दोस्रो स्थानमा रहेको ChinaIOL को तथ्यांकमा उल्लेख छ।  त्यस्तै, चीनका शीर्ष तीन AC निर्यातकर्तामध्ये TCL ले सबैभन्दा उच्च निर्यात वृद्धिदर हासिल गरेको समेत उक्त तथ्यांकले देखाएको छ।  विश्व बजारमा TCL AC को बढ्दो उपस्थिति  विश्वका विभिन्न बजारमा TCL एयर कन्डिसनरको विस्तारसँगै कम्पनीले आफ्नो उत्पादन प्रविधि, ऊर्जा दक्षता, स्मार्ट कनेक्टिभिटी तथा प्रयोगकर्ता–केन्द्रित सुविधामा निरन्तर लगानी गर्दै आएको छ। TCL का अनुसार विश्वव्यापी बजारमा हासिल भएका यी उपलब्धिले कम्पनीको उत्पादन क्षमता मात्र नभई अनुसन्धान तथा विकास, प्रविधि, आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय बजार विस्तारमा भइरहेको निरन्तर प्रगतिलाई पनि प्रतिबिम्बित गर्छ।  नेपाली बजारमा पनि TCL को उपस्थिति थप मजबुत   विश्व बजारमा TCL AC ले हासिल गरेको उपलब्धिले नेपाली उपभोक्तामाझ पनि ब्रान्डप्रतिको विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपालमा TCL ले विभिन्न क्षमता तथा सुविधासहितका एयर कन्डिसनर उपलब्ध गराउँदै आएको छ, जसले घरायसी तथा व्यावसायिक प्रयोगकर्ताका फरक–फरक आवश्यकतालाई सम्बोधन गर्दै आएको छ। विश्वव्यापी स्तरमा स्थापित उत्पादन क्षमता, निरन्तर प्रविधिगत विकास र अन्तर्राष्ट्रिय बजारमा बढ्दो उपस्थितिका आधारमा TCL ले नेपाली बजारमा समेत आफ्नो एयर कन्डिसनर व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ।  नेपालमा पनि TCL उपभोक्तामाझ लोकप्रिय Home Entertainment तथा Home Electronics ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ। विशेषगरी TCL TV, Air Conditioner, Washing Machine, Refrigerator, Water Dispenser, Music System तथा VRF लगायतका उत्पादनहरू आधुनिक प्रविधि, आकर्षक डिजाइन, उपयोगी फिचर तथा प्रतिस्पर्धी मूल्यका कारण नेपाली उपभोक्ताको रोजाइमा पर्दै आएका छन्।  नेपालमा TCL का उत्पादनहरू CG Electronics मार्फत बिक्री तथा वितरण हुँदै आएका छन्। विभिन्न उत्पादन श्रेणीमा आफ्नो उपस्थितिलाई निरन्तर विस्तार गर्दै TCL ले नेपाली बजारमा स्मार्ट, नवीन र भरपर्दो Home Entertainment तथा Home Electronics ब्रान्डको रूपमा आफ्नो पहिचानलाई थप मजबुत बनाउँदै लगेको छ। 

Read more

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

बारा जिल्लाको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्या तथा देशका विभिन्न स्थानमा विभिन्न समयमा बालिका तथा...

Read more

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

ललितपुर — ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडिको सडकखण्ड सधैंजसो सवारीसाधन र पैदलयात्रीको चापले व्यस्त रहन्छ। तर, पछिल्लो...

Read more

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

काठमाडौं : किङ्स क्रिकेट एकाडेमी,रोयल  स्पोर्ट्स पार्क र  त्रिकल्प ईभेन्ट्स को आयोजनामा भैइरहेको किंग्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२मा  याङ्री बोईज,...

Read more

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

काठमाडौँ — “सोच्नुहोस्, नवप्रवर्तन गर्नुहोस्, र निर्माण गर्नुहोस्” भन्ने मुख्य नाराका साथ मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी) मा दुई दिवसीय...

Read more

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

दक्षिण कोरियामा जारी ११औँ विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र एक कांस्य पदक जितेका...

Read more

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

काठमाडौं, भदौ ६ । भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो शोका प्रमुख आकर्षणमध्ये जी१  ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट पर्नेछन् ।  तर समाचारको शीर्षक ती हुन् । खास कथा तिनको पछाडि उभिएको छ ।  नेपालमा अहिलेसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेका छन् । निजी आयातकर्ता र नेपाल विद्युत्  प्राधिकरणको संयुक्त प्रयासमा करिब दुई हजार चार्जिङ स्टेसनको सञ्जाल तयार भइसकेको छ । देशमा भित्रिने  विद्युतीय सवारीमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछन्; बाँकी मुख्यतः भारतबाट ।  यो परिवर्तन बिस्तारै भएको होइन । एकै दशकभित्र भएको हो र पूर्वाधारले सहजै धान्न सक्नेभन्दा छिटो भएको हो । यो  अन्तर नाडा नेतृत्वले सार्वजनिक रूपमै स्वीकार गरिसकेको छ ।  स्वर्ण जयन्ती संस्करण नेपालको पहिलो त्यस्तो प्रदर्शनी हो, जसले सवारीसाधन र त्यो अन्तर दुवैलाई एउटै फ्लोरमा राख्दैछ  ।  सवारीतर्फ, विद्युतीय तथा हाइब्रिड लाइनअप विभिन्न मूल्य र आकारमा फैलिएको छ नेपालको विद्युतीय संक्रमणमा  सबैभन्दा बढी देखिएका ब्राण्डमध्ये एक बीवाईडी; स्टेलान्टिसको लगानी रहेको लीपमोटर; विश्वका थुप्रै ब्राण्डको स्वामित्व  राख्ने समूहअन्तर्गतको जिली; र सहरी प्रयोगका माइक्रो इभी सहित एमजी तथा वुलिङ । दुईपाङ्ग्रेतर्फ, कनेक्टेड  विद्युतीय मोटरसाइकल रिभोल्ट र नेपालमै डिजाइन तथा एसेम्बल हुने यात्री सँगै रहनेछन् ।  पूर्वाधारतर्फ जसले माथिका सबै कुरा व्यवहारमा सम्भव छ कि छैन भन्ने निर्धारण गर्छ प्रदर्शनीका आधिकारिक चार्जिङ  पार्टनर जीआई चार्जर सहित एक्सिकम, जेभपोइन्ट र एयरचार्ज ले एसी तथा डीसी चार्जिङ प्रणाली प्रदर्शन गर्नेछन् ।  “नेपालमा विद्युतीय सवारी चार्जिङ पूर्वाधारभन्दा छिटो भित्रियो । यो कुरा नलुकाउनु नै राम्रो । प्रदर्शनीले गर्न सक्ने काम  भनेको गाडी, चार्जर र यी दुवैलाई वित्त उपलब्ध गराउनेहरूलाई एउटै ठाउँमा राखेर इमानदार छलफल गराउनु हो ।” —  Surendra Kumar Upreti, President, NADA  यी सबैको फेदमा रहेको कर प्रणाली भर्खरै बदलिएको छ । नेपालमा विद्युतीय सवारीको आयात कर मोटरको किलोवाट ...

Read more

चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने

काठमाडौं, भदौ ६ । चर्चित भारतीय चलचित्र गायिका तथा मञ्च प्रस्तोता शेफाली अल्भारेस आगामी असोज १७ गते शनिबार काठमाडौंमा लाइभ...

Read more

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

काठमाडौं — देशभर यस वर्ष धान रोपाइँ करिब ९८ प्रतिशत सम्पन्न भएको छ। कृषि विभागका अनुसार कूल १३ लाख ४१...

Read more

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह

काठमाडौं, भदौ ६ । नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ...

Read more
Page 2 of 374 1 2 3 374

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.