
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
साउन १, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्डको ११औँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) साउन १ गतेदेखि खुला गरिएको छ। १६ वटा अवार्ड विधामा खुला गरिएको नोमिनेसनमा प्रदेशस्तरदेखि दक्षिण एसियाली देशहरूलाई समेट्ने केही अन्तर्राष्ट्रिय अवार्डहरू पनि समावेश गरिएका छन्। लिभिङ विथ आइसिटीको आयोजनामा सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डको नोमिनेसन हरेक वर्ष साउन १ गतेदेखि खुला गरिँदै आएको छ। पुसको पहिलो साता आयोजना हुने ग्रान्ड फिनाले कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट २ हजारभन्दा बढीको प्रत्यक्ष सहभागिता रहने गर्दछ। आइसिटी अवार्ड सम्भवतः नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रविधि अवार्डका रूपमा परिचित छ। प्रविधि क्षेत्रका स्टार्टअप, इन्नोभेसन तथा प्रडक्टसँगै सरकारी तथा निजी संस्थाहरूका डिजिटल रूपान्तरणका प्रयासहरूलाई यस अवार्डका विभिन्न विधाहरूले समेट्दै आएका छन्। यसैगरी, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमार्फत राष्ट्रलाई पुर्याएको योगदानका आधारमा व्यक्तित्वहरूलाई पनि यस अवार्डले सम्मान गर्दै आएको छ। विगत तीन वर्षदेखि दक्षिण एसियाली देशहरूलाई लक्षित गर्दै ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड’ सञ्चालन हुँदै आएको छ भने यसै वर्षदेखि ‘एआई इन्नोभेसन साउथ एसिया आइसिटी अवार्ड’ पनि सुरु गरिएको छ। अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित वर्ल्ड समिट अवार्ड र एपीक्टा अवार्डसँग पनि आइसिटी अवार्डको सहकार्य रहँदै आएको छ। अनलाइन नोमिनेसनसँगै करिब ६ महिनाको विशेष तयारीपछि आयोजना हुने ग्रान्ड फिनाले कार्यक्रमअघि सबै विधामा २५ भन्दा बढी छनोट चरण, टेलिभिजन शो, स्टार्टअप फेस्टलगायत दर्जनौँ प्रि–इभेन्टहरू आयोजना हुनेछन्। १६ वटै अवार्ड विधामा उत्कृष्ट छनोटका लागि राष्ट्रिय तथा ...
Read moreकाठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा आफ्नो डिजिटल इकोसिस्टममा एकैसाथ तीनवटा नयाँ प्रविधिमा आधारित...
Read moreकाठमाडौँ । नेपाल टेलिकमले देशका विकट हिमाली क्षेत्रहरूमा आधुनिक सञ्चार प्रविधिको पहुँच पुर्याउने कार्यलाई तीव्र गतिमा अघि बढाएको छ। यसै...
Read moreकाठमाडौँ । नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्ड प्रतिस्थापन प्रक्रियालाई थप सहज बनाएको छ। अब सेवाग्राहीले अनलाइनमार्फत आवश्यक विवरण भरेर...
Read moreकाठमाडौं, श्रावण, १, २०८३ नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) अन्तर्गत निजी क्षेत्रको श्रम तथा रोजगार सम्बन्धी नीति, सामाजिक संवाद र...
Read moreललितपुर । ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न...
Read moreकाठमाडौं, असार ३१। नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किंग्सले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य सदस्य...
Read moreमहासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष...
Read moreकाठमाडौँ, असार ३० गते । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले मङगबार आइची नागोया एसियाली खेलकुदको तयारीका लागि भारत प्रस्थान गर्ने राष्ट्रिय...
Read moreभालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा नयाँ सेवा केन्द्र सञ्चालन; व्यावसायिक इभी प्रयोगकर्ताहरू प्रत्यक्ष लाभान्वित हुने काठमाडौं, १३ जुलाई, नेपालका...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.