Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

Sambridinews by Sambridinews
बुधबार, असार ३१, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच नेपाल–इजरायलबीचको आर्थिक, व्यापारिक, लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा छलफल भएको छ । मंगलवार महासंघ सचिवालयमा भएको भेटवार्तामा दुवै पक्षले नेपाल–इजरायल आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन निजी क्षेत्रको सक्रिय सहभागिता, लगानी प्रवद्र्धन, नवप्रवर्तन, प्रविधि हस्तान्तरण तथा व्यापारिक सहकार्यलाई प्राथमिकता दिने विषयमा जोड दिएका छन् । साथै सन् १९९३ मा नेपाल उद्योग वाणिज्य महासंघ र फेडरेशन अफ इजरायली चेम्बर अफ कमर्शबीच भएको सम्झौता नविकरण गर्र्दै आर्थिक सहकार्य विस्तार गर्नु पर्नेमा दुवै पक्ष सहमत भएका छन् । अध्यक्ष श्रेष्ठले इजरायलले हासिल गरेको आर्थिक विकास नेपालका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै विशेषगरी कृषि आधुनिकीकरण, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्तन, स्वास्थ्य लवगायतका क्षेत्रमा इजरायली अनुभव नेपालका लागि अत्यन्त उपयोगी हुने बताउनु भयो । उहाँले इजरायलले नेपाली श्रमिक, विशेषगरी केयरगिभरका लागि उपलब्ध गराएको सम्मानजनक रोजगारीको अवसरको पनि सराहना गर्दै सरकार–सरकार (जीटुजी) श्रम सम्झौताले पारदर्शी र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गरेको बताउनु भयो । हाल संस्थागत रुपमा नेपाली श्रमिक इजरायल गएकोमा व्यक्तिगत रुपमा घरका लागि केयरगिभिङ तथा कृषि क्षेत्रमा श्रमिक लैजाने इजरायलको चाहनाले नेपाली युवाका लागि थप अवसर सिर्जना हुने बताउनु भयो । अध्यक्ष श्रेष्ठले नेपालमा राजनीतिक स्थायित्व कायम भएको, लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले नीतिगत सुधार तथा व्यवसायिक प्रक्रिया सरलीकरणमा काम गरिरहेको उल्लेख गर्दै विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गएको बताउनु भयो । नेपाल र इजरायलका निजी क्षेत्रबीच व्यापारिक प्रतिनिधिमण्डल आदानप्रदान, व्यवसाय–व्यवसाय (बीटुबी) बैठक, संयुक्त लगानी तथा संस्थागत साझेदारी विस्तार गर्न महासंघ तयार रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले नेपाली र इजरायली व्यवसायीबीच पुलको भूमिका निर्वाह गर्न महासंघ प्रतिबद्ध रहेको बताउनुभयो । भेटमा नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायल नेपाली श्रमिकलाई थप रोजगारीका अवसर उपलब्ध गराउन इच्छुक रहेको बताउनु भयो । हाल इजरायलले संस्थागत रुपमा नेपाली श्रमिक लैजाने गरेकोमा अब व्यक्तिगत रुपमा घरको लागि केयरगिभिङ तथा कृषि क्षेत्रमा श्रमिक लैजान चाहेको बताउनु भयो । साथै उहाँले इजरायल नेपाली महिलाका लागि सुरक्षित श्रम गन्तव्य भएको उल्लेख गर्दै भविष्यमा श्रम सहकार्यलाई अझ विस्तार गर्न सकिने धारणा राख्नुभयो । उहाँले इजरायल नेपालमा लगानी गर्न इच्छुक रहेको तर इजरायली व्यवसायीहरु लगानीको सुरक्षा, दाहोरो कर छ्ुट तथा मुनाफा सजिलै लैजान सक्ने कानूनी स्पष्टता खोजेको धारणा राख्नुभयो । राजदूत बासले नेपालसँग सिमेन्ट, जडीबुटी तथा औषधिजन्य उत्पादन (हर्बल तथा मेडिसिन), चिया व्यापार प्रवद्र्धन, कृषि तथा अन्य उत्पादनको मूल्य अभिवृद्धि, प्रविधि हस्तान्तरण तथा निजी क्षेत्रबीच सहकार्य विस्तार गर्न इजरायल तयार रहेको बताउनु भयो । उहाँले दुई देशका उद्योगी–व्यवसायीबीच प्रत्यक्ष सहकार्य बढ्दै गएमा व्यापार, लगानी र प्रविधि आदानप्रदानका नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।

Related

Previous Post

एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ

Next Post

केटाकेटी पाराले सरकार नचल्ने मनिस झाकाे अभिव्यक्ति

Sambridinews

Sambridinews

Related Posts

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

by Sambridinews
शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
Next Post
एमालेले संसद् अवरुद्ध गर्नु ‘छोरी कुटेर बुहारी तर्साउनु’ जस्तो : रास्वपा

केटाकेटी पाराले सरकार नचल्ने मनिस झाकाे अभिव्यक्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजको मौसम

आज पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहने

बुधबार, चैत्र १२, २०८१
इन्डो–नेपाल कराते अन्भीलाई दोहोरो स्वर्ण

इन्डो–नेपाल कराते अन्भीलाई दोहोरो स्वर्ण

शुक्रबार, भदौ २०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

शुक्रबार, भदौ १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In