शिक्षा

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

काठमाडौं, चैत ५ गते नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान) ले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यसबाट...

Read more

नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु

काठमाडौं, चैत ३ — ललितपुरको प्रयागपोखरीस्थित नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा “संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य: मानव–पर्यावरण अन्तरसम्बन्ध” विषयक सातौँ वार्षिक फिल्ड कोर्स सोमबारबाट सुरु भएको छ। उक्त कार्यक्रममा नेपालभरका विद्यार्थी, अनुसन्धानकर्ता तथा संरक्षण क्षेत्रमा कार्यरत पेशाकर्मीहरूको सहभागिता रहेको छ।  कार्यक्रमको उद्घाटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदप्रसाद ढकालले गरेका हुन्। उद्घाटन सत्रको अध्यक्षता नेपाल इन्जिनियरिङ कलेजको सेन्टर फर प्रोफेशनल स्टडिजका निर्देशक रोबर्ट डंगोलले गरेका थिए। कार्यक्रममा अमेरिकास्थित युनिभर्सिटी अफ वासिङ्टनका प्राध्यापक डा. र्यान्डल सी. काइज तथा प्राध्यापक म्याथ्यू नोभाक विशेष अतिथिका रूपमा सहभागी थिए। उद्घाटन समारोहमा परम्परागत पानसमा बत्ती बालेर पाँच दिने कोर्सको औपचारिक सुरुवात गरिएको थियोकार्यक्रमको संयोजन तथा सञ्चालन नेपाल इन्जिनियरिङ कलेजका एमएस्सी नेचुरल रिसोर्स म्यानेजमेन्ट कार्यक्रमका संयोजक डा. नारायणप्रसाद कोजुले गरेका थिए।  उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले प्राकृतिक स्रोतको दिगो उपयोग र संरक्षणमा युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा अध्ययन अनुसन्धान गर्न प्रोत्साहन दिँदै आएको उल्लेख गरे। वैज्ञानिक अनुसन्धानमार्फत युवा अनुसन्धानकर्ताहरूले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा उनले व्यक्त गरे।  विशेष अतिथि डा. र्यान्डल काइजले नेपाली विद्यार्थी तथा अनुसन्धानकर्तासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले संरक्षणसम्बन्धी अनुसन्धानमा नेपाली नयाँ पुस्ताले देखाएको उत्साह र प्रतिबद्धताको प्रशंसा गर्दै भविष्यमा अन्तर्राष्ट्रिय सहकार्य अझ मजबुत बनाउने आवश्यकता औंल्याए। त्यसैगरी प्रा. म्याथ्यू नोभाकले नेपाली विद्यार्थी तथा संस्थासँग दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्य विस्तार गर्ने आफ्नो रुचि रहेको बताए। नेपालमा उपस्थित भएर संरक्षण जीवविज्ञान र विश्व स्वास्थ्यका क्षेत्रमा उदाउँदै गरेका अनुसन्धानकर्तासँग नजिकबाट काम गर्न पाउँदा आफू उत्साहित रहेको उनले बताए।  कार्यक्रमका अध्यक्ष रोबर्ट डंगोलले नेपाल इन्जिनियरिङ कलेजले विगत सात वर्षदेखि वन्यजन्तु, प्राकृतिक स्रोत व्यवस्थापन तथा जैविक विविधता अध्ययनका विद्यार्थीहरूका लागि यस प्रकारको फिल्ड कोर्समार्फत व्यावहारिक अध्ययनको अवसर उपलब्ध गराउँदै आएको बताए। सहभागीहरूले यस अवसरलाई ज्ञान अभिवृद्धि गर्न उपयोग गर्दै दिगो विकास तथा जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउनुपर्ने उनले आग्रह गरे।  आयोजकका अनुसार नेपालका सात विभिन्न संस्थाबाट कुल २० जना सहभागीहरूले उक्त कोर्समा भाग लिइरहेका छन्। नेपाल इन्जिनियरिङ कलेज र युनिभर्सिटी अफ वासिङ्टनले संयुक्त रूपमा सेन्टर फर ग्लोबल फिल्ड स्टडी (CGFS) तथा वासिङ्टन नेशनल बायोमेडिकल रिसर्च सेन्टरमार्फत कार्यक्रम सञ्चालन गरेका हुन्।  चैत 2 देखि वैशाख 6 सम्म सञ्चालन हुने उक्त कोर्समा संरक्षण जीवविज्ञान, वन्यजन्तु अनुसन्धान विधि, विश्व स्वास्थ्यसम्बन्धी मुद्दा तथा मानव–पर्यावरण अन्तरसम्बन्धका विषयमा केन्द्रित कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएका छन्तालिममार्फत सहभागीहरूलाई व्यवहारिक फिल्ड अनुसन्धान अनुभव प्रदान गर्दै जैविक विविधता संरक्षण तथा वातावरण र मानव स्वास्थ्यबीचको सम्बन्धबारे गहिरो समझ विकसित गराउने लक्ष्य राखिएको छ। 

Read more

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

काठमाडौं - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न हुने व्यक्तिगत कारणका आधारमा कन्सल्टेन्सीमाथि ‘ठगी’ जस्ता अभियोग लगाई धरपकड...

Read more

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

काठमाडौं - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न हुने व्यक्तिगत कारणका आधारमा कन्सल्टेन्सीमाथि ‘ठगी’ जस्ता अभियोग लगाई धरपकड...

Read more

विद्यावाणी र एकलब्य फाइनलमा

काठमाडौं, फागुन ९, विद्यावाणी र एकलब्य अर्किड कप जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।काँडाघारीस्थित आयोजक अर्किड...

Read more

बेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय

काठमाडौं, फागुन ४, बेलायतमा उच्चशिक्षा अध्ययन गरी फर्केका युवाले काठमाडौंमा शैक्षिक परामर्श सेवा शुरू गरेका छन् । उच्च शिक्षा अध्ययन...

Read more

राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

काठमाडौँ / नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL) ले झापा र चितवनपछि लुम्बिनी...

Read more

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन

काठमाडौँ / प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मत बदर हुने जोखिम न्यूनिकरण र मतदातालाई सचेत बनाउने लक्ष्यसहित निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई...

Read more

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा

काठमाडौं, ५ फेब्रुअरी – ब्रिटिस काउन्सिल नेपालले ग्लोबल च्यानल पार्टनर क्याम्पेन २०२५ अन्तर्गत आइइएलटिएस प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएका साझेदार संस्थाहरूलाई...

Read more

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आठौँ दीक्षान्त समारोह शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। समारोहमा १४१ जना चार्टर्ड एकाउन्टेन्ट...

Read more
Page 1 of 20 1 2 20

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.