
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
पोखरा, श्रावण २० दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्वपूर्ण कदमस्वरूप, पोखरा महानगरपालिकाले आज आफ्नो प्रथम नगर ऊर्जा योजना (Municipal Energy Plan - MEP) औपचारिक रूपमा सार्वजनिक गरेको छ। पाँच वर्षे अवधिको यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ, जसले नेपालको राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्यमा योगदान पुर्याउनेछ। पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्यले महानगरपालिकामा आयोजित एक कार्यक्रमबीच उक्त योजना सार्वजनिक गर्नुभयो कार्यक्रममा वैकल्पिक उर्जा प्रवर्दन केन्द्र, काठमाण्डौंका उपकार्यकारी निर्देशक डा. नारायण प्रसाद अधिकारी, जिआईजेड नेपालका वरिष्ठ ऊर्जा विशेषज्ञ डा. नारायण प्रसाद चौलागाई, महानगरका पदाधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। ऊर्जा विकास उपसमितिद्वारा तयार गरिएको उक्त योजना GIZ नेपालको REEEPGREEN कार्यक्रमको प्राविधिक सहयोगमा नौ चरणमा आधारित समग्र प्रक्रियाबाट तयार गरिएको हो । योजना तयारीको क्रममा विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरिएको थियो। यो योजना २०८१ फागुनमा पोखरा महानगरपालिकाबाट औपचारिक रूपमा अनुमोदन गरिएको छ कुल रु. १ अर्ब ३३ करोड ३० लाख ८२ हजार (रु १,३३३,०८२,०००) को अनुमानित लागत रहेको यस योजनाले "समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा" को दीर्घकालीन परिकल्पना गरेको छ । योजनाले प्राथमिकताका रूपमा उर्जाका निम्न क्षेत्रहरूलाई पहिचान गरेको छ: ∙घरायसी स्तरमा स्वच्छ, प्रभावकारी तथा नवीकरणीय ऊर्जा उत्पादन तथा उपयोगमा वृद्धी ∙परम्परागत तथा आयातित इन्धनको सट्टा स्थानीय स्रोतमा आधारित नवीकरणीय ऊर्जा प्रवर्द्धन ∙व्यापारिक तथा औद्योगिक क्षेत्रमा ऊर्जा दक्षताको अभिवृद्धि गर्दै हरितगृह ग्यास उत्सर्जनमा न्यूनीकरण ∙नीतिगत पहल र शैक्षिक अभियानमार्फत जनचेतना अभिवृद्धि कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मेयर आचार्यले सबै सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै योजनाको प्रभावकारी कार्यान्वयन गर्नेमा महानगरपालिकाको प्रतिबद्धता पुनः दोहोर्याउनु भयो। उहाँले पोखरालाई हरियाली र ऊर्जा–मैत्री शहर बनाउने यात्रामा यो योजनाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। साथै, तीनवटै सरकार (स्थानीय, प्रदेश र संघीय) बीच प्रभावकारी समन्वय कायम गर्न सके यस्ता महत्वाकांक्षी योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न सकिने धारणा पनि उहाँले व्यक्त गर्नुभयो। REEEP-GREEN परियोजनाबारे: REEEP-GREEN कार्यक्रम युरोपेली संघ (EU) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को संयुक्त वित्तीय सहयोगमा सञ्चालित कार्यक्रम हो। यो कार्यक्रम GIZ तथा यसका साझेदार संस्था ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय (MoEWRI) र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) सँगको सहकार्यमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमले स्थानीय सरकारहरूसँग सहकार्य गर्दै समावेशी, दिगो र लैंगिक उत्तरदायी ऊर्जा योजना तथा क्षमता विकासमा निरन्तर सहयोग पुर्याउँदै आएको छ।
Read moreकाठमाडौँ / एनआईसी एशिया बैंकका ग्राहकहरूले नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.– फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरूमा विशेष छुट पाउने...
Read moreकाठमाडौं । नाडा अटो शो २०२५ आगामी भदौ तीन गतेदेखि सुरु हुने भएको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले...
Read moreकाठमाडौं, सिंगापुर, ३ अगस्ट २०२५ प्रिज्मा एड्भर्टाइजिङले ब्रान्डलरेट स्पेशल लिमिटेड एडिसन बेस्टब्रान्ड्स अवार्ड २०२५ जितेको छ ।प्रिज्माले ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ...
Read more. रमेश कुमार बोहोरा आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं...
Read moreकाठमाडाैं । विश्वको सबैभन्दा लोकप्रिय दुई-पांग्रे तथा तीन-पांग्रे सवारी साधन निर्माता कम्पनी बजाज अटो लिमिटेडले नेपालमा आफ्नो अत्याधुनिक विद्युतीय स्कुटर चेतक...
Read moreकाठमाडौं। नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने आफ्ना ग्राहकहरुका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ...
Read moreकाठमाडौं । अब सेयर बजारमा कारोबार गर्नका लागि ब्रोकर कम्पनी मार्फत खाता खोल्दा ग्राहकको राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको...
Read moreकाठमाडाैं । राइड सेयरिङ सेवा प्रदायक इनड्राइभले ‘प्लाटिनियम ड्राइभर गिभअवे’ अभियान अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने चालकहरूलाई सम्मान गर्दै विशेष पुरस्कार...
Read moreकाठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाले लाभांश घोषणा गरेको छ । फन्डले गत आर्थिक वर्षको मुनाफाबाट...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.