Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बजाजकाे अत्याधुनिक विद्युतीय स्कुटर चेतक ३५०१ सार्वजनिक

Sambridinews by Sambridinews
सोमवार, साउन २०, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
बजाजकाे अत्याधुनिक विद्युतीय स्कुटर चेतक ३५०१ सार्वजनिक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । विश्वको सबैभन्दा लोकप्रिय दुई-पांग्रे तथा तीन-पांग्रे सवारी साधन निर्माता कम्पनी बजाज अटो लिमिटेडले नेपालमा आफ्नो अत्याधुनिक विद्युतीय स्कुटर चेतक ३५०१ सार्वजनिक गरेको छ।

भारतबाहिर पहिलोपटक नेपालमा लञ्च गरिने चेतकको यो नयाँ पुस्ता बजाजको विश्वव्यापी विद्युतीय मोबिलिटी अभियानमा एक महत्त्वपूर्ण कोसेढुङ्गा मानिएको छ। कम्पनीका अनुसार यो स्कुटरले स्वच्छ, दिगो र प्रविधि-मैत्री सवारी समाधानप्रति बजाज अटोको प्रतिबद्धतालाई झल्काउँछ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

चेतक ३५०१ मा ३.५ किलाेवाट/आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एकपटक फुल चार्जमा १५३ किलोमिटरको रेञ्ज प्रदान गर्छ। नेपालका शहरी तथा उपशहरी भौगोलिक बनावटलाई लक्षित गर्दै डिजाइन गरिएको यो मोडेलले स्मार्ट चार्जिङ प्रणालीमार्फत ८० प्रतिशत चार्ज जम्मा ३ घण्टामा सम्पन्न गर्न सक्ने क्षमता राख्छ।

पुरै मेटल बडीमा निर्माण गरिएको स्कुटरआइपी ६७ प्रमाणित वाटर रेसिस्टेन्ट पनि हो, जसले विभिन्न मौसममा समेत उत्कृष्ट प्रदर्शन गर्ने विश्वसनीयता दिन्छ। स्कुटरको फ्लोरबोर्डमा राखिएको नयाँ ब्याट्री डिजाइनले ३५ लिटरको विशाल अन्डर-सिट स्टोरेजको सुविधा दिन्छ, जुन विद्युतीय स्कुटर सेग्मेन्टमै सबैभन्दा ठूलो मानिन्छ।

स्मार्ट प्रविधि पनि चेतक ३५०१ को अर्को विशेषता हो। टेकप्याक एड-अनमार्फत चालकले स्मार्ट टीएफटी टचस्क्रिन कन्सोल, म्याप, म्युजिक कन्ट्रोल, कागजात भण्डारण तथा कल ह्यान्डलिङजस्ता सुविधा प्रयोग गर्न सक्छन्। साथै, रिमोट इम्मोबिलाइजेसन, गाइड-मी-होम लाइट, जियो-फेन्सिङ, एन्टि-थेफ्ट अलार्म र दुर्घटना पहिचान प्रणालीजस्ता अत्याधुनिक सुरक्षा फिचरहरू पनि उपलब्ध छन्।

लञ्च समारोहका अवसरमा बजाज अटो लिमिटेडका एशिया क्षेत्रीय उपाध्यक्ष मनीष थपारले भने, “नेपालमा चेतक ३५०१ को सुरुवातले भारतबाहिर पनि विद्युतीय दुई-पांग्रे सवारीको हाम्रो विकासलाई नयाँ आयाम दिएको छ। यो मोडेल क्लासिक चेतकको सुन्दरतासँगै स्मार्ट प्रविधिको संयोजन हो, जुन आजका प्रविधिमा रुचि राख्ने युवा चालकहरूको आवश्यकता अनुसार तयार पारिएको छ। हामी नेपालमा स्मार्ट र स्वच्छ मोबिलिटीको नयाँ अध्याय सुरु गर्न पाउँदा गर्वित छौं।”

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “बजाज अटोको विश्वसनीय ब्रान्डसँगको हाम्रो लामो साझेदारीमा चेतक ३५०१ को अन्तर्राष्ट्रिय लञ्च नेपालमा हुनु निकै गर्वको कुरा हो। यो स्कुटर स्मार्ट प्रविधि, गुणस्तर र वातावरणीय जिम्मेवारीको उत्कृष्ट मेल हो, जुन नेपाली प्रयोगकर्ताका लागि उपयुक्त छ। हामी विश्वस्त छौं कि यसले नेपालको शहरी यात्राको परिभाषा नै परिवर्तन गर्नेछ।”

चेतक ३५०१ अब काठमाडौंका आधिकारिक डिलरशिपहरूमा बुकिङका लागि उपलब्ध भइसकेको छ। स्कुटरको एक्स-शोरूम मूल्य रु. ३,२४,९०० तोकिएको छ भने डेलिभरी २०२५ बाट सुरु गरिने जानकारी दिइएको छ।

Related

Previous Post

तीनकुने हिंसात्मक आन्दोलनका नाइके दुर्गा प्रसाइलाई धरौटीमा छोड्न आदेश

Next Post

एसियन बक्सिङमा नेपालको पदक पक्का

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
एसियन बक्सिङमा नेपालको पदक पक्का

एसियन बक्सिङमा नेपालको पदक पक्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गृहमन्त्रीले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण

गृहमन्त्री लेखकलाइ बर्खास्तीकाे माग गर्दै सर्वाेच्चमा रिट

शुक्रबार, जेष्ठ १०, २०८२
दशैंमा काठमाडाैंका लागि १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा

खाद्यले किनेका खसीबोका र च्याङ्ग्रा आजदेखि बिक्री गर्दै

आइतवार, अशोज २०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In