
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ठूलो कटौती गर्दै उपभोक्तालाई राहत दिएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएसँगै निगमको...
Read moreकाठमाडौँ,नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा वार्षिक रुपमा प्रदान गरिने निजी क्षेत्रको बैंक तर्फको गोल्ड अवार्ड प्राप्त गरेको छ। यसका साथै बिपिए पुरस्कारको इतिहासमै पहिलो पटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अर्वार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवैतर्फ सर्टिफिकेट अफ मेरिट पनि बैंकले पाएको छ। यस वर्ष पहिलो पटक प्रदान गरिएका यी दुई विधा तथा तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) गरी एकैपटक तीनवटा अवार्डबाट नबिल बैंक सम्मानित भएको छ। मंगलबार काठमाडैांमा आयोजित एक समारोहबीच आइक्यानका अध्यक्ष सि.ए. निलबहादुर सारु मगरद्वारा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेललाई उक्त अवार्डहरु हस्तान्तरण गरे। आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा यो अवार्ड दिएको हो। अवार्ड छनोटमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दीगोपना जस्ता मापदण्ड राखिएको थियो । नबिल बैंकलाई यी सबैमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरिएको आइक्यानले जनाएको छ । नबिल बैंकले सन् २०२३ र २०२४ को वार्षिक प्रतिवेदका लागि पनि यो पुरस्कार पाएको थियो। बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसियाली स्तारमा आयोजना गरिने साफा बिपिए अवार्डका लागि समेत मनोनित हुने आयोजक संस्थाले जनाएको छ। नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
Read moreकाठमाडौं। नेपाल टेलिकमले मुगु जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल राराताल नजिक रहेको मुर्माटपमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार उक्त...
Read moreकाठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का प्रतिनिधिहरुले सवारी साधनहरुमा प्रयोग भईरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रुपमा...
Read moreकाठमाडौँ, असार १६ । कृषि संकटबाट कृषि सार्वभौमिकतातर्फ नेपाललाई रूपान्तरण गर्न प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI), किसानको खेत र बजारबीच प्रत्यक्ष...
Read moreइटहरी, असाढ १५, २०८३— LG Electronics Singapore Pte. Ltd. (LG) ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला LG Essential Series सार्वजनिक गरेको छ। इटहरीस्थित रामदा होटलमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो। “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत सार्वजनिक गरिएको Essential Series ले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने LG को विश्वास रहेको छ। नयाँ श्रृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर समावेश छन्। नेपाली घरपरिवारका लागि विशेष रूपमा विकसित उत्पादनहरू LG Essential Series Double-Door Refrigerator Frost-Free Technology सहितको यस रेफ्रिजेरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउँछ। Smart Mode सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमताले नेपाली परिवारहरूको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्छ। LG Essential Series Fully Automatic Top-Load Washing Machine नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस वासिङ मेसिनमा ProShield Motor, BMC Cover तथा IPX4 प्रमाणित Water-Resistant Control Panel जस्ता सुविधाहरू समावेश छन्। साथै Low-Pressure Fill Technology ले कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्छ। ...
Read moreकाठमाडौं, असार १३ गते । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ऐतिहासिक ५०औं वर्ष प्रवेशको शुभ अवसरमा आयोजित 'स्वर्ण उत्सव उद्घाटन...
Read moreकाठमाडौँ – विश्वव्यापी मौसम प्रणाली 'एल निनो' (El Niño) को प्रभावका कारण यस वर्ष नेपालमा तापक्रममा उच्च वृद्धि हुने र लामो समयसम्म तातो हावा चल्ने जल तथा मौसम विज्ञानको प्रक्षेपण छ। यस चरम मौसमी परिस्थितिलाई मध्यनजर गर्दै, नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले उच्च तापक्रममा पनि उत्कृष्ट शीतलन प्रदान गर्नसक्ने उच्च कार्यक्षमताका एयर कुलरहरूको विस्तृत सिरिज बजारमा उपलब्ध गराइरहेको छ। निरन्तरको उच्च गर्मी र सम्भावित भोल्टेज उतारचढावको प्राविधिक चुनौतीलाई समाधान गर्न सिजीका एयर कुलरहरू विशेष रूपमा डिजाइन गरिएका छन्। खुल्ला/अर्ध-खुल्ला ठाउँहरूमा इन्स्ट्यान्ट कुलिङका लागि यी कुलरहरू एक भरपर्दो र प्रभावकारी प्राविधिक समाधान हुन्। विभिन्न आवश्यकताका लागि सिजी एयर कुलरको विस्तृत रेन्ज: सिजीले ग्राहकको स्पेस र हावाको प्रवाहको प्राविधिक आवश्यकताअनुसार विभिन्न मोडेलहरू बजारमा उपलब्ध गराएको छ: ∙डेजर्ट कुलर (Desert Coolers): उच्च पानी भण्डारण क्षमता र शक्तिशाली मोटर जडित, जसले ठूला र खुल्ला ठाउँहरूमा लामो दूरीसम्म बलियो हावाको प्रेसर फ्याँक्न सक्छ। ∙टावर कुलर (Tower Coolers): स्लिम र एयरोडाइनामिक (Aerodynamic) डिजाइन भएको, जसले कम स्पेस ओगटेर कोठाको उचाइसम्म समान रूपमा हावाको वितरण (Uniform Air Distribution) गर्दछ। ∙पर्सनल कुलर (Personal Coolers): साना कोठा वा व्यक्तिगत कार्यक्षेत्रका लागि उच्च ऊर्जा दक्षता (High Energy Efficiency) सहितको कम्प्याक्ट कुलिङ सोलुसन। ∙विन्डो कुलर (Window Coolers): बाहिरी फ्रेस हावालाई भित्र तान्न र क्रस-भेन्टिलेसन (Cross-ventilation) लाई अधिकतम बनाउन झ्यालमा फिट गर्न मिल्ने उत्कृष्ट डिजाइन। सिजी एयर कुलरका प्राविधिक विशेषताहरू (Technical Specifications): ∙एड्भान्स हनीकम्ब कुलिङ प्याड (Advanced Honeycomb Cooling Pads): यसमा पानी सोस्ने र लामो समयसम्म टिकाइराख्ने उच्च क्षमता (High Water Retention) हुन्छ, जसले तातो हावालाई छिटो र प्रभावकारी रूपमा चिसो हावामा परिणत गर्छ। ∙आइस च्याम्बर प्रविधि (Ice Chamber Technology): तत्काल तापक्रम घटाउन (Rapid Temperature Drop) र अतिरिक्त चिसोपन प्रदान गर्न विशेष आइस च्याम्बरको व्यवस्था गरिएको छ। ∙उच्च ऊर्जा दक्षता र इन्भर्टर कम्प्याटिबिलिटी (Energy Efficient & Inverter Compatible): यसले एसीको तुलनामा निकै कम विद्युत् खपत गर्छ। साथै, यसको मोटर कम भोल्टेज र पावर कट भएको अवस्थामा इन्भर्टरमा पनि निर्बाध रूपले सञ्चालन हुन सक्ने गरी डिजाइन गरिएको छ। ∙अटोमेटिक लुभर्स (Automatic Louvers): हावालाई कोठाको चारै दिशामा अटोमेटिक रूपमा प्रवाह गराउने प्रणाली। "Experience Life with CG" को मूल नारालाई आत्मसात गर्दै, सिजी ब्रान्डले एल निनोको यो चुनौतीपूर्ण मौसममा पनि ग्राहकहरूलाई उच्च प्रविधि र उत्कृष्ट कार्यक्षमतासहितको भरपर्दो उपकरण उपलब्ध गराइराख्ने प्रतिबद्धता जनाएको छ। सिजीका यी उच्च कार्यक्षमताका एयर कुलरहरू देशभर रहेका २१ वटा अत्याधुनिक 'सिजी डिजिटल' (CG Digital) शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइटहरू www.cgdigital.com.np, www.cginspiringlife.com तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ।
Read moreकाठमाडौं, असार १२ । नेपालको कृषि क्षेत्रको रूपान्तरण, महिला किसानको सशक्तीकरण तथा कृषि सार्वभौमिकतालाई केन्द्रमा राखेर फर्टिलाइजर्स टु फार्मर्स इन्स्टिच्युट...
Read moreकाठमाडौं, अषाढ १० । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.