
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौं — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योगका रूपमा स्थापित गर्न, नीतिगत...
Read moreभाद्र २७, काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाईमा अटो एक्स्पोमा हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनी डोङफेङ (DONGFENG) का...
Read moreकाठमाडौं। नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेड (एनएमसी-कोअप) बीच एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत...
Read moreकाठमाडौँ — गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘गरिमा सुवर्ण योजना’का इकाईहरूको नियमित खरिद-बिक्री तथा...
Read moreकाठमाडौं । माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न...
Read moreकाठमाडौँ - नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाली महिलाको निम्ति विशेष मानिने श्रावणको महिनाको अवसरमा श्रावण २३ र २४ गते सञ्चालन गरिएको हो । शनिबार र आइतबार बिदाको दिन आयोजित कार्यक्रमले इसेवा प्रयोगकर्ताहरू, सामाजिक सञ्जालमार्फत उपस्थित सहभागीहरूसहित विभिन्न क्षेत्र तथा पृष्ठभूमीका महिलाहरूलाई नजिक ल्यायो । यस कार्यक्रमले सहभागीहरूलाई श्रावण महिना र तीजको सांस्कृतिक उत्साह साथी-सङ्गीसँग एकै ठाउँमा मनाउने र अनुभव गर्ने अवसर दिएको कम्पनीले उल्लेख गरेको छ । श्रावण महिना र तीजको परम्पराबाट प्रेरित भई आयोजना गरिएको यस कार्यक्रममा सहभागीहरूका लागि ब्युटिसियनमार्फत मेहेन्दी लगाउने, पोलारोइड फोटो बुथमा स्मरणीय क्षणका फोटोहरू खिच्दै ठाउँको ठाउँ धुलाउने, र विभिन्न खेलहरू खेल्दै आकर्षक पुरस्कार जित्ने जस्ता उत्साहजनक क्रियाकलाप तथा अनुभवहरू उपलब्ध रहेको थियो । यसले सबै उमेर समुहका सहभागीहरूका लागि एक जीवन्त र रमाइलो उत्सवको अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘श्रावण र शृङ्गार’ कार्यक्रम इसेवाको महिनाभरी चल्ने ‘#सिइजदग्रिनफ्ल्याग’(#Sheisthegreenflag) अभियान अन्तर्गत सञ्चालन गरिएको थियो । यस अभियानले ती महिलाहरूको सम्मान गर्दछ जसले आफुमात्र नभई अरूलाई पनि आत्मविश्वास बढाउन, लक्ष्यमा प्रोत्साहित भई अघि बढ्न, र अरूको जीवनमा सकारात्मक प्रभाव पार्न प्रेरणा दिन्छन् । महिलाहरूलाई हरेक दिन कदर र सम्मान गर्ने कम्पनीको प्रतिबद्धतालाई सुदृढ बनाउँदै यस कार्यक्रमले सांस्कृतिक परम्परा र सामुदायिक सहभागितालाई एकै ठाउँमा ल्याउँदै श्रावण र तीजको एक अवीस्मरणीय अनुभव सिर्जना गरेको छ ।
Read moreकाठमाडौं । भाद्र २३, हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी DONGFENG द्वारा उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा यही भदौ २६ गते देखि आयोजना हुन लागेको नाईमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छकम्पनीले हाल दुईवटा बसको मोडल सार्वजनिक गर्न लागेको जानकारी उपलब्ध गराएको छ। डोङफेङ (Dongfeng Motor Corporation) चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। यो कम्पनीले विश्वस्तरीय प्रविधि प्रयोग गरी यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी (EV), विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ। पाँच दशकभन्दा लामो अनुभवका साथ डोङफेंगले गुणस्तर, विश्वसनीयता, सुरक्षा र नवीन प्रविधिका कारण विश्व बजारमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ।डोङफेंगका सवारी साधन एशिया, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण अमेरिका लगायत विश्वका धेरै देशमा सञ्चालनमा छन्। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी मूल्य तथा उत्कृष्ट बिक्रीपछिको सेवाका कारण राम्रो प्रतिष्ठा कमाएको छ। हाल यसको उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ। नेपालमा पनि डोङफेंग ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै बिक्रीका साथै लोकप्रिय रहँदै आएका छन्। हिमालय अर्गनाइजेशन अन्तर्गत रहेका कम्पनीहरूले विगत देखि नै भारतको FORCE MOTORS तथा चीनको SAIC ग्रुप अन्तर्गत रहेको MAXUS कम्पनीका सवारी साधनहरूको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा कार्य गर्दै आएकोमा हाल नेपाल सरकारले ठूला प्रकारका विद्युतीय बसहरूलाई प्राथमिकतामा राख्ने नीति बनाउन थालेको तथा नेपालका ग्राहकहरूले पनि ठुला प्रकारका विद्युतीय बसहरूको माग गर्न थालेको अवस्थालाई ध्यानमा राखेर यो ब्रान्डका बसहरू नेपाल भित्र्याएको जनाएको छ। उक्त अटो एक्स्पोमा ७.२ मिटरका २६ देखि ३० सिट क्षमताका बसहरू सार्वजनिक गर्न लागिएको छ भने निकट भविष्यमा नै यसै कम्पनीका ३८ र ५२ सिट क्षमता भएका ९ र १२ मिटरका बसहरू पनि नेपाल ल्याउन लागेको कम्पनीले जानकारी गराएको छ। यसको मूल्य तथा अन्य विवरणहरू भने कम्पनीले सोही अटो एक्सपोमा नै जानकारी गराउने भनेको छ तर कम्पनीले अहिले नै घोषणा के गरेको छ भने त्यहाँ सार्वजनिक गर्न लागिएका उक्त बसहरु हाल नेपालमा उपलब्ध अन्य कम्पनीका बसहरूको भन्दा निकै कम मूल्यमा ग्राहकहरू समक्ष सार्वजनिक गरिने जानकारी दिएको छ। जसका कारण सबैमा कौतुहलता बढेको छ भने एक्सोमा बुकिङ गर्ने ग्राहकहरूलाई विशेष छुटको योजना समेत प्रस्तुत गर्न लागिएको जानकारी दिएको छ। बिग्रिपछिको सेवा तथा स्पेयर पार्ट्सका लागि हिमालय अर्गनाइजेसन अन्तर्गतका विभिन्न कम्पनीहरूले नेपालभरि विभिन्न सहरहरूमा रहेका आफ्ना शाखा तथा डिलरहरू मार्फत उपलब्ध गराइने जानकारी समेत दिएको छ।
Read moreकाठमाडौं, साउन २३ । प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लले कम्पनी विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै थप सशक्त रूपमा...
Read moreकाठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नीतिगत सुधारको माग गर्दै तत्कालका लागि विदेशमा नेपाली श्रमिक पठाउने प्रक्रिया ठप्प पार्ने...
Read moreकाठमाडौँ । नेपालका लागि याडिया (YADEA) को आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले नयाँ पुस्ताका GS70, GT70 र GT80...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.