Sambridinews

Sambridinews

टाटा कार्निभलको चौथो संस्करण 

टाटा कार्निभलको चौथो संस्करण 

कुनै पनि पुरानो गाडी दिएर नंया पन्च इभि र नंया टियागो इभिसंग साट्न सकिने  नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले यहि बिहिबारदेखि टाटा  कार्निभलको चौथो संस्करण सुरु गर्न लागेको छ।  ४ भदौदेखि ७ भदौसम्म चल्ने यस क्याम्पमा पुराना  गाडीसँग हालै नेपालमा लन्च गरिएको नयाँ पन्च इभि र नयाँ टियागो इभिसंग साट्न सकिने कम्पनीले  जनाएको छ । पुरानो गाडीलाई डाउनपेमेन्टको रुपमा राखेर टाटा मोटर्सको नयाँ गाडीहरू लैजान सकिने  कम्पनीले जनाएको छ ।  योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क  डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडान  जस्ता विशेष सहुलियतहरू प्रदान गरेको छ।  ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पन्च इभी’ र नंया टियागो इभि  विशेष  अफरसहित सार्वजनिक गरिएको थियो। नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण  गरिएको छ भने नंया टियागो इभिको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ।    अत्याधुनिक ‘एक्टि.इभि’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री  विकल्पमा उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३००  देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन्। यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स,  BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५C DC फास्ट चार्जिङ, भ्वाइस  एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र  ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ।  दैनिक आवतजावतलाई सहज बनाउन ल्याइएको नयाँ टियागो ईभीमा नयाँ लुक्स, आकर्षक रङ, ३६०  डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट र ६ वटा एयरब्याग जस्ता सुरक्षा ...

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक लिला पिटर याहियासँग भेटवार्ता भएको छ ।...

एसियाड खेलाडीलाई प्रोत्साहन

एसियाड खेलाडीलाई प्रोत्साहन

काठमाडौं , भदौ २, जापानमा हुने २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न संस्थाले गिफ्ट...

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री 

काठमाडौंः शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी  सार्वजनिक गरेको छ । लामो समयसम्म चल्ने ब्याट्री, १२० हर्ज रिफ्रेस रेट भएको सहज  डिस्प्ले र दैनिक प्रयोगका लागि भरपर्दो मजबुतीलाई प्राथमिकता दिइएको यो सिरिज  प्रयोगकर्ताले पटक–पटक चार्ज गर्नुपर्ने झन्झट कम गर्ने उद्देश्यले ल्याइएको हो ।  रेडमी १७ सिरिजको मुख्य विशेषता ७,५०० एमएएचको ठूलो ब्याट्री हो, जुन आफ्नो  सेग्मेन्टकै ठूलो क्षमतामध्ये एक हो। यसले भिडियो स्ट्रिमिङ, गेमिङ वा व्यस्त दिनभर  फोन प्रयोग गर्दा पनि लामो समयसम्म साथ दिने कम्पनीको दाबी छ । ब्याट्री सकिन  लाग्दा ४५ वाट टर्बो चार्जिङले छिटो चार्ज गर्न सहयोग गर्छ, जसले चार्जिङमा लाग्ने समय  कम गर्छ ।  यस सिरिजमा २२.५ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ । यसमार्फत फोनलाई  पावर बैंकका रूपमा प्रयोग गरी इयरबड्स, स्मार्टवाच वा आवश्यक परेको अवस्थामा  अर्को फोनसमेत चार्ज गर्न सकिन्छ । नेटवर्क र प्रयोगको अवस्थाअनुसार ब्याट्रीको  वास्तविक प्रयोग अवधि फरक पर्न सक्छ भने रेडमी १७ ५जीले रेडमी १७ को तुलनामा  अझ लामो समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।  दुवै स्मार्टफोनमा ६.९ इन्चको एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको छ । यसले  स्क्रोलिङ, गेमिङ र भिडियो हेर्दा सहज र स्मूथ अनुभव प्रदान गर्छ । रेडमी १७ मा  मिडियाटेक हेलियो जी९१–अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ भने रेडमी १७ ५जीमा छिटो  ५जी कनेक्टिभिटीका लागि स्न्यापड्रागन ४ जेन ५ मोबाइल प्लेटफर्म दिइएको छ । दुवै  फोनमा शाओमी हाइपरओएस ३ रहेको छ र मेमोरी एक्सटेन्सनमार्फत १२ जीबीसम्म  ¥याम सपोर्ट गर्छन्, जसले एकैपटक धेरै काम गर्दा पनि सहज र छरितो अनुभव दिन्छ । ...

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

काठमाडौँ — नेपालको अग्रणी एवं बहुचर्चित व्यावसायिक अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण आगामी भाद्र ९ देखि...

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सोमबार महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको...

‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 

‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर किंग्सले नेपालकै अग्रणी मोटरसाईकल कम्पनी बजाज पल्सरसँग मुख्य प्रायोजकको लागि...

सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण

पत्रकार किशाेर श्रेष्ठलाइ हाजिरी जमानीमा रिहा गर्न सर्वाेच्चकाे आदेश

भदाै १, काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई हिरासतमुक्त गर्न र निजको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणहरू फिर्ता दिन आदेश...

नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार

नेपाल टेलिकम वीरगञ्जको भवन भत्काएकोप्रति कम्पनीको ध्यानाकर्षण

भाद्र १, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले दिएको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै सडक डिभिजन कार्यालय हेटौंडाले नेपाल टेलिकमको...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको बदलिँदो आवश्यकता सम्बोधन गर्न शिक्षा प्रणालीलाई पनि...

Page 37 of 779 1 … 36 37 38 … 779

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.