Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दशैंमा काठमाडाैंका लागि १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा

Sambridinews by Sambridinews
सोमवार, अशोज १५, २०८०
in FEATURED, TOP STORIES
0
दशैंमा काठमाडाैंका लागि १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । दसैं नजिकिँदै गर्दा सरकार र व्यवसायीले डेढ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा भित्र्याउने तयारी थालेका छन् । सरकार र व्यवसायीले गरी उपत्यकामा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा ल्याउन लागेका हुन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने बताएको छ । यसका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको कम्पनीका बिक्री वितरण विभागले जनाएकाे छ ।

खाद्य कम्पनी, पशु सेवा विभाग र व्यवसायीसहित भएको बैठकमा निजीतर्फबाट ५० हजार खसीबोका, खाद्यले २ हजार खसीबोका र १ हजार च्यांग्रा ल्याउने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जनाए । सोहीअनुसार गाउँगाउँमा खसीबोका खरिद प्रक्रिया सुरु गरिने उनको भनाइ छ । ‘सरकारी खसीबोका यही असोज २१ बाट बिक्री थाल्छौं । प्रतिकिलोमा १० रुपैयाँ छुट दिन्छौं,’ उनले भने ।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

यसपालि स्वदेशमै उत्पादित खसीबोका र च्यांग्रा खरिदबिक्री गर्ने लक्ष्य रहेको उनले बताए । जिल्ला जिल्लामा उत्पादन बढेकाले स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिन आग्रहसमेत गरिएको उनको भनाइ छ । बैठकमा पशु सेवा विभागले नेपालमा खसीबोकाको संख्या ३६ लाख रहेको तथ्यांक प्रस्तुत गरेको थियो । वार्षिक उत्पादन २० प्रतिशतले बढ्छ । अर्थात् साढे ७ लाख उत्पादन हुन्छ । नेपालमा वार्षिक खसीबोकाको माग ५ लाख रहेको जनाइएको छ ।

‘मागभन्दा उत्पादन बढी नै रहेकाले विदेशी आयात गर्नुपर्ने बाध्यता छैन,’ उनले भने, ‘स्वदेशी खरिद हुँदा किसानलाई पनि राम्रो हुन्छ ।’ गत वर्षको दसैंमा व्यवसायीले जिल्लाबाट ४० हजार खसीबोका ल्याएर बिक्री गरेको मन्त्रालयको तथ्यांक छ । यसपालि ५० हजार ल्याउने ठाकुरले जनाए । निजी क्षेत्रको तुलनामा सरकारी खसीबोका र च्यांग्राको संख्या भने धेरै कम छ । यता, सरकारी अधिकारी भने मुख्य उद्देश्य मूल्य हस्तक्षेप रहेको दाबी गर्छन् ।

खाद्य व्यवस्था व्यापार कम्पनीले यसपालि लक्ष्य थोरै बढाएको छ । खसीबोका खरिद बजेट पनि ६ करोड ४३ लाखबाट बढाएर ८ करोड ३३ लाख ४० हजार पुर्‍याएको छ । गत वर्ष खाद्यले २३ सय खसीबोका/च्यांग्रा खरिद गर्ने लक्ष्य राखेको थियो । यसपालि ३ हजार लक्ष्य राखेको थापाको भनाइ छ ।

‘संख्याका हिसाबले थोरै भए पनि हाम्रो मुख्य उद्देश्य बजार मूल्य हस्तक्षेप नै हो,’ थापाले भने, ‘सरकारले बेच्न थाल्दा मनोमानी मूल्य हट्छ ।’ विगतमा जसरी यसपालि पनि हेटौंडा, दाङ, धादिङ, मकवानपुरलगायत जिल्लाबाट खसीबोका किन्ने योजना रहेको खाद्यले जनाएको छ । खसीबोका किन्न खाद्यको जिल्ला प्राथमिक खरिद समिति हुन्छ । समितिमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसानसहित सदस्य रहन्छन् । समितिले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा खरिद हुन्छ । प्रशासनिक र ढुवानी खर्च जोडेर खाद्यले मूल्य निर्धारण गर्ने गरेको उनको दाबी छ ।

गत वर्ष सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ७० रुपैयाँ तोकेको थियो । चौपाया खरिदबिक्री सेवा संघले तराईको खसी प्रतिकिलो ७ सय १० देखि ७ सय ५० रुपैयाँ तोकेको थियो । लोकल खसी प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको थियो ।

खाद्यले च्यांग्राको मूल्य प्रतिकिलो १२ सय ६० रुपैयाँ तोकेको थियो । त्यसमा प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्तालाई प्रतिकिलो १२ सय ५० रुपैयाँमा बेचेको थियो । व्यवसायीले सुरुमा च्यांग्राको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ तोकेका थिए । खाद्यको च्यांग्रा सकिएपछि भने मूल्य बढाएका थिए ।

काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काले भने यसपालि हिउँदे दसैं भएकाले मूल्य खासै नबढ्ने दाबी गरे । ‘यसपालि स्वदेशमै पर्याप्त उत्पादन छ । हिउँदे दसैं भएका कारण ढुवानीमा समस्या हुन्न,’ उनले भने, ‘गत वर्षको तुलनामा महँगो पर्दैन ।’ यसपालिको दसैंमा करिब ९५ प्रतिशत स्वदेशी खसीबोका बिक्री हुने उनको भनाइ छ ।

Related

Previous Post

एक ट्यांकर तेलमा ढुवानीकर्ता र पम्पलाई अढाइ लाख फाइदा

Next Post

काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद

काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आयोगका पदाधिकारी सहितको टोलीद्वारा संघीय संसदका सम्माननीय सभामुख घिमिरेसँग भेटघाट तथा छलफल

आयोगका पदाधिकारी सहितको टोलीद्वारा संघीय संसदका सम्माननीय सभामुख घिमिरेसँग भेटघाट तथा छलफल

सोमवार, अशोज २२, २०८०
बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

आइतवार, साउन १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In