Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन हुदै

Sambridinews by Sambridinews
मङ्लबार, अशोज ९, २०८०
in FEATURED, TOP STORIES
0
दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन हुदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘दशैं, तिहार र छठ पर्वका लागि २१ असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको छ,’ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले भने, ‘सहुलियतपूर्ण पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने छन् ।’

You might also like

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

कोशी प्राइड लिगको अक्सन आज हुँदै

३ मंसिरसम्म सञ्चालन हुने सहुलियतपूर्ण पसलमा २२ प्रकारका उपभोग्य वस्तुमा छुट पाइने मन्त्रालयले जनाएको छ । सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान गरी तीन वटा निकायले ९८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउनेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपत्यका भित्र काठमाडौंको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायक गरी ४ स्थानमा सहुलियत पसल सञ्चालनमा आउनेछन् ।

उपत्यका बाहिर भने मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङमा सहुलियत पसल सञ्चालनमा आउनेछन् ।

यसैगरी रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डँडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सहुलियत पसल सञ्चालनमा आउने छन् ।

कम्पनीले थप जिल्ला र स्थानहरुमा पनि सहुलियत पसल आवश्याकताका आधारमा सञ्चालन गर्ने बताएको छ । यस्तै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलहरुको माध्यमबाट तोकिए बमोजिमको छुट दिई बिक्री वितरण गरिने मन्त्रालयले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र काठमाडौं उपत्यकामा रहेका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थलबाट सहुलियत सेवा दिने छ ।

दुग्ध विकास संस्थान डीडीसीले भने लैनचौर, न्यूरोड र खुमलटार, विराटनगर, जनकपुर, हेटौंडा, कोहलपुर, नेपालगञ्ज, अत्तरिया,धनगढी, बुटवल गरी जम्मा ११ स्थानबाट सहुलियत सेवा उपलब्ध गराउने छ ।

मन्त्रालयकाअनुसार सहुलियत पसलमा कम्तीमा ७ रुपैयाँदेखि बढीमा ५० रुपैयाँसम्म छुट पाइने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट र दुग्ध विकास संस्थानले दिने छुट फरक–फरक छन् ।

किसिमको चामल (मोटा÷मसिनो÷लङग्रेन), दालहरु, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सन् फ्लावर तेल, भट्मासको तेल र चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट पाइने छ ।

कर्णालीको सिमी र गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकिलो १० रुपैयाँ सहुलियत पाइने छ । कम्पनीले आयात गर्ने जिउँदो खसी र बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ ।

यस्तै नुनमा प्रतिकिलो २ रुपैयाँ, खाने तेलमा प्रतिलिटर ७ रुपैयाँ र चिउरामा प्रतिकिलो ७ रुपैयाँ नै छुट पाइने छ ।

साल्ट ट्रेडिङले अहिले ९७ रुपैयाँ किलोमा चिनी बिक्री गरिरहेको र यसलाई निरन्तरता दिन प्रयास गर्ने मन्त्रालयले जनाएको छ ।

दुग्ध विकास संस्थानले बिक्रि गर्ने घिउमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा प्रति २०० ग्राममा २० रुपैयाँ र पनिर ५०० ग्रामको खरिदमा ५० रुपैयाँसम्म छुट पाइने मन्त्रालयले जनाएको छ ।

Related

Previous Post

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा संयुक्त वक्तव्य

Next Post

नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू ग¥यो वन स्किल रिटेक

Sambridinews

Sambridinews

Related Posts

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?
TOP STORIES

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

by Sambridinews
शनिबार, माघ ४, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

by Sambridinews
शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

by Sambridinews
शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
Next Post
नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू ग¥यो वन स्किल रिटेक

नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू ग¥यो वन स्किल रिटेक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना

शनिबारदेखि मनसुन पन:सक्रिय : देशभरीको नदिनालामा पानीको बहाव बढ्ने

शुक्रबार, साउन २६, २०८०
सानिमा बैंक, नेपाल पे कार्डमा प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध

सानिमा बैंक, नेपाल पे कार्डमा प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध

सोमवार, पुस २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?
TOP STORIES

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

शनिबार, माघ ४, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In