Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, June 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अहिले विदेशी मुद्राको सञ्चिति काफी छः अर्थमन्त्री

Sambridinews by Sambridinews
शनिबार, भदौ १६, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
अहिले विदेशी मुद्राको सञ्चिति काफी छः अर्थमन्त्री
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार आर्थिक गतिविधि चलायमान बनाउन बाधक बनेका समस्या समाधान गर्नतर्फ लागिरहेको बताउनुभएको छ । 

शनिवार काठमाडौंमा भएको नेपाल आर्थिक पत्रकार समाजको २५ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको आर्थिक अवस्थालाई सुधार गर्न सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले अहिले नेपालमा पर्यटकको चाप बढीरहेको र विदेशी मुद्राको सञ्चिति पनि पर्याप्त रहेको बताउनु भयो । उहाँले आर्थिक अवस्थालाई चलायमान बनाउन बाधक कुराको समाधान गर्न सरकार लागिरहेको बताउनु भयो । गत वर्षको तुलनामा राजश्व पनि वृद्धि भइरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘राज्य संयन्त्रसहित जस जसले जुन जुन ठाउँबाट सहयोग गर्नुपर्ने हो त्यहाँबाट सहयोग अपेक्षा गर्नुभएको छ । स्वभाविक हो, सहजीकरण हुन्छ । अहिले पर्यटकको फ्लो बढीरहेको छ । हाम्रो विदेशी मुद्राको सञ्चिति काफी छ । अरु आर्थिक गतिविधि अघि बढाउनको लागि जुनखाले लिमिटेशन वा समस्याहरु छन्, ती समस्यालाई समाधान गर्नेतर्फ हामी लागिरहेका छौँ । आगामी दिनमा अर्थतन्त्र पोजिटिभ स्थितिमा जान्छ । राजश्व पनि पोहोर सालको तुलनामा प्रगतिमा छौँ । आउने दिनमा झनै प्रगति हुने विश्वास छ ।’

You might also like

तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायाे

सेन्सेइ मा विश्वकप हेरौला अफर सार्वजनिक –२४+२४ महिना वारेन्टी, FREE AC र आकर्षक क्यासब्याक 

एनआईसी एशिया बैंक र EFIX Nepalबीच सम्झौता: शून्य प्रतिशत ब्याजदरमै Honor स्मार्टफोन किन्न पाइने

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले लिने सुझावलाई बेवास्ता गर्दा र कार्यान्वयन नगर्दा देशको अर्थतन्त्र अहिलेको अवस्थामा आएको बताउनु भयो । उहाँले अर्थतन्त्रबारे नकारात्मक टिप्पणी मात्रै गरेर पनि लगानी कर्ताहरुको मनोबल खस्किएको बताउनु भयो । उहाँले सरकारी निकायबीच समन्वयको कमी हुँदा पनि अर्थतन्त्रमा धेरै असर परिरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘निजी क्षेत्रले लिने सुझावलाई कता कता आफ्नो फाइदाका लागि मात्र माग्ने गरेको छ भन्ने भाष्यबाट दिएको सुझावलाई कार्यान्वयन गर्न नखोज्दा र नगर्दा अहिलेको अवस्था आएको जस्तो मलाई लाग्छ । कोरोनाका कारण, श्रीलंका हुन्छ देश भन्ने चाहिने भन्दा बढी त्रास देखाउँदा यो अहिलेको अवस्था आएको हो भन्ने निजी क्षेत्रको बुझाइ छ । निजी क्षेत्रको सुझावलाई कुनै एक व्यक्तिको सोचाइ हो भन्नेकुराबाट बाहिर आउनुपर्छ । राजश्व नउठ्ने, कमी आउने कुरा पनि निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन नहुँदा हो की जस्तो लाग्छ । सरकारी निकायबीच समन्वयको कमी हुँदा पनि समस्या आएको छ । राज्यका सरोकारवाला निकायहरुले राज्यको जिम्मेवारीलाई बुझेर अघि बढ्न सकिएन भने सबै राज्को नतिजा असफल हुन्छ ।’

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्र अहिले खस्किएकै अवस्थामा रहेको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रलाई सही ट्रयाकमा लैजान नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण लगायतका रेगुलेटरले गरेका निर्णयहरुलाई सरकारले सच्याउनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हाम्रो मुलुकको अर्थतन्त्र अहिले जुन किसिमले निश्चित रुपमा खस्किएकै अवस्थामा छ । यसलाई सही ट्रयाकमा लैजान सबै मिल्नुपर्छ । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरणले आवश्यक पहल लिन नसक्दा अर्थतन्त्र चलायमान बन्न सकेको छैन । यो क्षेत्रबाट राम्रोसँग नियालेर विज्ञको कुरा सुनेर अघि बढेर जाने हो भने अर्थतन्त्र चलायमान हुन्छ । रेगुलेटरले गरेका कतिपय डिसिजनको कुरा सच्याउन आग्रह गर्छु । कर्जा प्रवाह दर नै घटाउनुपर्छ । त्यो घटन सकेको छैन । बेस रेटमा लिने प्रिमियम (कर्जा)मा पक्षपाती भएको छ ।’ 

उहाँले आम जनता र लगानी कर्तामा आत्मविश्वासको कमी हुँदै गएको बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रको आत्मबल बढाउने गरी काम गर्नुपर्ने बताउनु भयो ।

Download Video

अर्थमन्त्री.zip :To download file click here

Related

Previous Post

माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बलमा पछिल्लो पटक पनि प्रधानमन्त्री भएँः दाहाल

Next Post

एमाले महासचिव पोखरेल सहितको टोली चीन प्रस्थान

Sambridinews

Sambridinews

Related Posts

सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायाे

by Sambridinews
शुक्रबार, जेष्ठ २२, २०८३
सेन्सेइ मा विश्वकप हेरौला अफर सार्वजनिक –२४+२४ महिना वारेन्टी, FREE AC र आकर्षक क्यासब्याक 
TOP STORIES

सेन्सेइ मा विश्वकप हेरौला अफर सार्वजनिक –२४+२४ महिना वारेन्टी, FREE AC र आकर्षक क्यासब्याक 

by Sambridinews
शुक्रबार, जेष्ठ २२, २०८३
एनआईसी एशिया बैंक र EFIX Nepalबीच सम्झौता: शून्य प्रतिशत ब्याजदरमै Honor स्मार्टफोन किन्न पाइने
TOP STORIES

एनआईसी एशिया बैंक र EFIX Nepalबीच सम्झौता: शून्य प्रतिशत ब्याजदरमै Honor स्मार्टफोन किन्न पाइने

by Sambridinews
शुक्रबार, जेष्ठ २२, २०८३
१० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य: ‘ऊर्जा दशक’ घोषणा गर्न इप्पानको माग
FEATURED

१० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य: ‘ऊर्जा दशक’ घोषणा गर्न इप्पानको माग

by Sambridinews
शुक्रबार, जेष्ठ २२, २०८३
मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
Next Post
एमाले महासचिव पोखरेल सहितको टोली चीन प्रस्थान

एमाले महासचिव पोखरेल सहितको टोली चीन प्रस्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

आजबाट कार्यालय समय १ घण्टा बढ्यो

आइतवार, माघ १९, २०८२
इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते ; दुईको अवस्था गम्भीर

इजरायलमा रहेक थप १९ जना नेपालीको उद्धार

मङ्लबार, अशोज ३०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायाे

शुक्रबार, जेष्ठ २२, २०८३
सेन्सेइ मा विश्वकप हेरौला अफर सार्वजनिक –२४+२४ महिना वारेन्टी, FREE AC र आकर्षक क्यासब्याक 
TOP STORIES

सेन्सेइ मा विश्वकप हेरौला अफर सार्वजनिक –२४+२४ महिना वारेन्टी, FREE AC र आकर्षक क्यासब्याक 

शुक्रबार, जेष्ठ २२, २०८३
एनआईसी एशिया बैंक र EFIX Nepalबीच सम्झौता: शून्य प्रतिशत ब्याजदरमै Honor स्मार्टफोन किन्न पाइने
TOP STORIES

एनआईसी एशिया बैंक र EFIX Nepalबीच सम्झौता: शून्य प्रतिशत ब्याजदरमै Honor स्मार्टफोन किन्न पाइने

शुक्रबार, जेष्ठ २२, २०८३
१० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य: ‘ऊर्जा दशक’ घोषणा गर्न इप्पानको माग
FEATURED

१० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य: ‘ऊर्जा दशक’ घोषणा गर्न इप्पानको माग

शुक्रबार, जेष्ठ २२, २०८३
मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

बुधबार, जेष्ठ २०, २०८३
इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै
TOP STORIES

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

बुधबार, जेष्ठ २०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In