Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

धरानमा दिनभर निषेधाज्ञा, इटहरीमा दिनभर प्रदर्शन

Sambridinews by Sambridinews
आइतवार, भदौ १०, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
धरानमा दिनभर निषेधाज्ञा, इटहरीमा दिनभर प्रदर्शन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

इटहरी ।भदौ १०, धरानमा गोवध हत्या प्रकरणको विरोध गर्दै शनिबार निकालिएको सद्भाव ¥याली कोणसभा गर्दै सम्पन्न भएको छ । शनिबार बिहान करिब ९ बजेदेखि इटहरीमा भेला भएर हिन्दुवादीले प्रदर्शन गरेका थिए । खासगरी धरान १५ का राजन परियार र धरान ५ का विन्द्रा राईलाई गत साउन १० गते ३० किलो गोरुको मासुसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो ।

पक्राउ भएको १७ दिनपछि उनीहरूलाई प्रशासनले रिहाइ ग¥यो । रिहाइसँगै साउन ३० गते सांस्कृतिक अधिकार संरक्षण समिति र नेपाल आदिवासी जनजाति नगर महासंघ धरानले सामूहिकरूपमा गोरु काटेर भोज गरेको दाबी गरिएको भिडियो सामाजिक सञ्जालमा प्रसारित भएपछि अहिले धरानमा समुदायमै सामाजिक सहिष्णुता खलबलिँदै गएको छ ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

गोरु काटेर सामूहिक भोज गरिएको भनेर दाबी गरिएको भिडियो सामाजिक सञ्जालमा प्रसारित भएपछि हिन्दुवादीले सद्भाव ¥याली निकालेका हुन् । ¥यालीका कारण धनजनको क्षति हुने अनुमान गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार धरानमा निषेधाज्ञा गर्ने निर्णय भएको थियो ।

प्रशासनका अनुसार धरान प्रवेश गर्ने पश्चिमतर्फको बराहक्षेत्र नगरपालिका–१ मा पर्ने झन्डा चोकदेखि धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनीको वडा नम्बर–६ देखि बराहक्षेत्र–३ नडाहातर्फको क्षेत्र, इटहरी–२० तरहराको पानीपियादेखिको उत्तरतर्फको क्षेत्र, धरान–५ प्रवेश गर्ने मोरङको केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारतर्फबाट धरानतर्फको क्षेत्रमा निषेध गरिएको थियो । जसकारण धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरसहित पहाडी जिल्लाबाट आउने सवारीसाधन भेडेटारमै रोकिएका थिए ।

इटहरीतर्फबाट धरान हुँदै पहाडी जिल्ला जाने यात्रु पनि तरहरामै रोकिएका छन् । प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउन जिल्ला प्रहरी कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोसी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरसहित मधेस प्रदेश र बाग्मती प्रदेशबाट पनि प्रहरीको बाक्लो टोली परिचालन भएको थियो ।

शनिबार बिहानैदेखि धरान प्रवेश गर्ने विभिन्न नाकामा बाक्लो मात्रामा प्रहरी परिचालन प्रदर्शनमा उत्रिएका हिन्दुबादी धरान जानबाट वञ्चित भएका थिए । उनीहरूले इटहरी–२० स्थित पानीपिया क्षेत्रमा कोणसभा गर्दै ¥याली सकिएको जनाएका छन् । यद्यपि, यो आन्दोलन अब दैनिक जारी रहने बताइएको छ ।

कोणसभामा बोल्दै प्रथम जगतगुरु बालसन्त मोहनशरण देवनाचार्यले प्रशासनले निषेधाज्ञा गर्नुले सरकार डराएको दाबी गरे । ‘हाम्रो शान्तिपूर्ण ¥याली थियो, तर प्रशासनले निषेधाज्ञा गर्नुले सिंगो सरकार नै डराएको अनुभूत गरेका छौं,’ उनले भने, ‘हाम्रा दबाबमूलक कार्यक्रम निरन्तर रहिरहन्छ, यो सुरुवात मात्रै हो ।’ उनले आफूहरूले हरेक तबरबाट शान्तिपूर्ण र अहिंसासहितको आन्दोलन जारी राख्ने उद्धृत गरे ।

कोणसभामा बोल्दै राधिका दासीले यो आन्दोलनको सुरुवात मात्रै भएको बताइन् । ‘हामीले शान्ति ¥याली लगाउँदा नेपाल सरकारले कफ्र्यु लगाउनुपर्छ भने शान्ति ¥याली गर्दा कस्तो अवस्था आउँछ,’ उनले भनिन्, ‘आज धरान जान बन्देज लगाउनुले हिन्दु र हामी सनातनमाथिको प्रहार हो, यो आन्दोलन रोकिँदैन । अब भोलिदेखि ८८ वटै जिल्लामा यो आन्दोलनको अर्को दिन सुरुवात हुन्छ ।’ उनले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराउने बताइन् ।

कार्यक्रममा बोल्दै प्रकाश सुब्बाले सद्भाव ¥याली राज्यले नै विथोलेको बताए । ‘धरानमा केही घटना नै भएको छैन भनेर जसरी प्रचार गरिएको छ यो आश्चर्यजनक हो,’ सुब्बाले भने, ‘धरानमा गाईगोरु काट्नुले संविधानको उल्लंघन भएको छ, धरान धार्मिक पर्यटकीय हिसाबले अब्बल मानिन्छ । तर, यहाँको गतिविधिका कारण धार्मिक पर्यटक आउने अवस्था रहेन, यसले धरानलाई ठुलो क्षति हुँदै छ ।’ उनले धार्मिक पर्यटक धरान आउन वञ्चित हुँदा व्यापारिक घाटा भइरहेको बताए ।

कार्यक्रममा रामकृष्ण उपाध्यायले हिंसाले कसैलाई कहीं नपु¥याउने तर्क गरे । उनले किराँत धर्मगुरु तथा ज्योतिर्बिद डा।चन्द्रकुमार शेर्माको उदाहरण दिँदै हिंसा कुनै धर्ममा पनि उल्लेख नगरेको बताए ।

कोणसभामा विभिन्न ठाउँका १ हजार बढीको सहभागी थियो । कतिपय भने प्रशासनको निषेधाज्ञाका कारण बाटोमै अलपत्रसमेत परेका थिए ।

पछिल्लो समय हिचान पक्षधर र हिन्दु पक्षधरबिच आरोप, प्रत्यारोप सुरु भएसँगै भदौ ९ गते हिन्दुवादीले शान्तिपूर्ण ¥याली प्रदर्शन गर्ने कार्यक्रमसमेत तय भएको प्रशासनसमक्ष जानकारी आएको थियो ।

तर, शुक्रबार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरानलाई २४ घण्टाका लागि निषेधाज्ञा गर्ने निर्णय गरेकी थिइन् । धरान उपमहानगरपालिका क्षेत्रमा रहेका सबै वडा कार्यालयसहित सम्बन्धित निकायले सो आदेश लागू गर्ने जनाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक ९एसपी० प्रभुप्रसाद ढकालले सुनसरी प्रशासनले निषेधाज्ञा गरेसँगै शान्ति सुरक्षामा कडाइ गरिएको बताए । ‘धरानका सबै वडाहरू र धरान प्रवेश गर्ने सबै सवारी साधनमा रोक लगाइएसँगै ¥याली शान्तिपूर्ण रूपमा समापन भएको छ,’ उनले भने, ‘कुनै सभा, सम्मेलन, ¥याली गर्न नपाउने निर्णय भएसँगै हामीले सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारेका थियौं । जसकारण सबैतिरको अवस्था सामान्य रह्यो ।’ सामाजिक सद्भाव नभड्कियोस्, शान्ति सुरक्षा नखलबलियोस् र कुनै सवारीसाधनसहित धनजनको क्षति नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।

धरानमा पछिल्लो समय गोवध प्रकरण र धरान उपमहानगरपालिकास्थित मन्दिरकै छेउमा निर्मित चर्च काण्ड’दयगत शनिबार विरोधको कार्यक्रम थियो । श्रीवैश्णव परिषद् नेपाल, विश्व हिन्दु परिषद् नेपाल, समग्र वैदिक सनातन समुदाय, शिवसेना नेपाललगायत गौवंश हत्याको विरोधमा भदौ ९ गते ‘गोरक्षा शान्ति ¥याली’ आयोजना गर्ने तयारीमा जुटेका थिए । यद्यपि, प्रहरीको बाक्लो सुरक्षाका कारण उनीहरू धरान जान पाएनन् ।

सामाजिक सद्भाव भड्काउने गतिविधि नगर्न सबै दलको अपिल
धरानमा रहेका सबै राजनीतिक दलले सामूहिक अपिल गरेका छन् । उनीहरूले सामाजिक सद्भाव भड्किने गतिविधि नगर्न अपिल गरेका हुन् । प्रमुख दलसहित धरानमा सक्रिय राजनीतिक दलका नेताले संयुक्त वक्तव्य जारी गर्दै सामाजिक सद्भाव बिथोलिने कुनै पनि गतिविधि नगर्न सबैमा आग्रह गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा, रास्वपा, राप्रपा, नाउपा, नेससपा, सलोराम, राजमुपा, किखसपा र विवेकशील साझा पार्टीले संयुक्त वक्तव्य जारी गर्दै धरानलाई सामाजिक सद्भाव कायम राख्न अपिल गरेका हुन् ।

सामाजिक द्वेष तथा आस्थामा ठेस पु¥याउने गतिविधि नगर्न आग्रह गरिएको छ ।

सामाजिक अन्तरसम्बन्ध खलबलिने कार्य नगर्न मेयरको ध्यानाकर्षण
अहिलेको परिस्थिति उत्पन्न हुनुमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ९हर्क साम्पाङ०को भूमिका रहेको कतिपयको आरोप रहँदा उनले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि अपिल गरेका हुन् ।

सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तरविरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउन नहुने उनको भनाइ छ । उनले भनेका छन्, ‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो सहर धरानमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको छ । बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधताबिच एकता, सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो ।’

Related

Previous Post

हाजिरी जवाफ प्रतियोगिता हुँदै

Next Post

सामाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग प्रधानमन्त्रीकाे अपील

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

सामाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग प्रधानमन्त्रीकाे अपील

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक

सोमवार, साउन ६, २०८२
ग्लोबल आइएमई क्यापिटलको सीइओमा लुइँटेल नियुक्त

ग्लोबल आइएमई क्यापिटलको सीइओमा लुइँटेल नियुक्त

बुधबार, माघ ३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In