Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

किङ्स लाउन्ज र द किङ्स लाउन्ज एण्ड पब बीच ट्रेडमार्कको लडाइँ, उजुरीकर्ता आफैं अर्काको ट्रेडमार्क चोरीमा

Sambridinews by Sambridinews
बिहिबार, साउन १८, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
किङ्स लाउन्ज र द किङ्स लाउन्ज एण्ड पब बीच ट्रेडमार्कको लडाइँ, उजुरीकर्ता आफैं अर्काको ट्रेडमार्क चोरीमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

काठमाडौं, साउन १८, किङ्स लाउन्ज र द किङ्स लाउन्ज एण्ड पब बीचको ट्रेडमार्क पेचिलो बन्दै गएको छ । किङ्स लाउन्जले पोखरामा रेष्टुरेन्ट र होटल संचालन गर्दै आएको छ भने द किङ्स लाउन्ज एण्ड पवले काठमाडौंमा रेष्टुरेन्ट संचालन गर्दै आएको छ । स्थापनाताका दुवै कम्पनीका एकै संस्थापक रहेका ब्यक्तिहरु पोखराको किङ्स लाउन्ज बेचेर बाहिरिएपछि इगो साधेर आफैंले बेचेको कम्पनी विरुद्ध हात धोएर लागेका छन् । आफ्नो नाममा दर्ता रहेको लोगो किङ्स लाउन्जले प्रयोग गरेको भनेर उद्योग विभागमा उजुरी गर्ने द किङ्स लाउन्ज एण्ड पवका संचालकहरुले नै किङ्स लाउन्जका नाममा दर्ता रहेको किङ्स लाउन्ज नाम गैरकानुनी रुपमा चोरी गरिरहेको पाइएको छ । किङ्स लाउन्ज प्रा।लि।ले किङ्स लाउन्ज ९शब्द० टे«डमार्क आफ्नो नाममा दर्ता गराएको छ । कम्पनीले बर्ग ३५ अन्तरगत प्रयोग गर्ने गरी उद्योग विभागले किङ्स लाउन्ज ९शब्द० औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशन गर्ने गरी २०७९ अशोज २८ मा निर्णय गरेको थियो । विवाद झिक्ने द किङ्स लाउन्ज एण्ड पबका संचालकले किङ्स लाउन्जको नाममा दर्ता रहेको टे«डमार्क गैरकानुनी रुपमा प्रयोग गरिरहेका छन् । उनीहरुले आफ्नो कम्पनीको पूरा नाम द किङ्स लाउन्ज एण्ड पब मात्रै लेख्न पाउँछन् । यसरी उजुरीकर्ता आफैंले गैरकानुनी काम गरिरहेको पाइएको छ ।
के हो विवाद ?
द किङ्स लाउन्ज एण्ड पब प्रा।लि।ले किङ्स लाउन्जका विरुद्ध आफ्नो ट्रेडमार्क गैरकानुनी रुपमा प्रयोग गरेको भनेर उजुरी दर्ता गराएको थियो । त्यही उजुरीका आधारमा उद्योग विभागले साउन १२ मा उद्योग विभागले किङ्स लाउन्जले प्रयोग गर्दै आएको ट्रेडमार्क प्रयोग नगर्न कानुनविपरित अन्तरिम आदेश दिएको थियो । द किङ्स लाउन्ज एण्ड पब प्रा।लि दर्ता हुदाँ संस्थापक शेयरधनी रामचन्द्र श्रेष्ठ, कुमार गुरुङ्ग, संगम राई, दर्शन भट्टराईलगायत थिए । ती मध्ये श्रेष्ठ, गुरुङ्गलगायत नै किङ्स लाउन्ज प्रा।लि।का संस्थापक हुन् । अहिले पनि इश्वर खड्गी दुवै कम्पनीको सेयरधनी छन् ।
द किङ्गस लाउन्ज एण्ड पब स्थायी लेखा नम्बर लिँदा सञ्चालक कुमार गुरुङ्गको फोटो टाँसिएको छ भने किङ्गस लाउन्जको स्थायी लेखा नम्बर लिँदा रामचन्द्र श्रेष्ठ र कुमार गुरुङ्गको सम्युक्त तस्बीर राखिएको थियो । पोखरा महानगरपालिका वडा नं ६ मा ब्यवसाय दर्ता गर्दा किङ्गस लाउन्जको ब्यबसायी÷पेशावालको नाम थर रामचन्द्र श्रेष्ठ रहेका छन् । यसमा पनि किङ्गस लाउन्ज प्रा।लि को लोगो राखिएको छ ।
किङ्गस लाउन्ज प्रा।लि।का तत्कालीन संस्थापक अध्यक्ष रामचन्द्र श्रेष्ठ र संञ्चालक सदस्य कुमार गुरुङ्गले बर्तमान सञ्चालक अध्यक्ष सुरेस मर्हजन, संचालक संघरत्न डंगोललाई २०७६ असोज ३० गते शेयर बिक्री गरी बाहिरिएका थिए । यसरी दुबै कम्पनीका तत्कालीन अध्यक्षको रुपमा रामचन्द्र श्रेष्ठले काम कारबाही गरिरहेको अबस्थामा ट्रेडमार्क प्रयोगको बिषयमा कुनै प्रकारको विवाद थिएन । तत्कालीन सञ्चालकहरुले आफ्नो शेयर बिक्रि गर्दा समेत लोगो ९ट्रेडमार्क० प्रयोगको विवाद भएको थिएन । कम्पनीको सेयर हस्तान्तरण गर्दा लोगो ९ट्रेडमार्क० प्रयोग नगर्ने, नगराउने भनेर कुनै सम्झौता नभएको किङ्स लाउन्जका संचालकको भनाइ छ । ‘कम्पनी बिक्री गरेपछि लोगो चाहिँ मैले बेचेको छैन भन्ने आधार द किङ्स लाउन्ज एण्ड पबका संचालकलाई छैन’ उनले भने, ‘घर बेच्दा आँगनको इनार पनि सँगै बिक्री हुन्छ, पछि इनारको पानी मेरो हो भन्न पाइन्छ र रु’
द किङ्स लाउन्ज एण्ड पबका संचालकले उद्योग विभागमा किङ्स लाउन्जका विरुद्ध उजुरी गर्दा उद्योग विभागले किङ्स लाउन्जका संचालकलाई सफाइको मौकै नदिइ टेडमार्क प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ । विभागलाई त्यस्तो आदेश गर्ने अधिकार कानुनले दिएको छैन । उद्योग विभागको आदेशविरुद्ध किङ्स लाउन्जका संचालक उच्च अदालत गएका छन् । उच्च अदालले उद्योग विभाग र द किङ्स लाउन्ज एण्ड पबका संचालकलाई कारण देखाउ आदेश जारी गरेको छ । अन्तरिम आदेशका लागि यही साउन २१ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । मुद्दा अदालतमा विचाराधिन रहेकै बेला द किङ्स लाउन्ज एण्ड पबका संचालक दलबल सहित पोखरा स्थित किङ्स लाउन्ज होटल बन्द गराउन पुगेका थिए । कास्की जिल्ला प्रशासनले दुवै पक्षलाई बिहीबार छलफलका लागि बोलाएको छ ।
आफूले स्थापना गरेको कम्पनी छाडेपछि द किङ्स लाउन्ज एण्ड पबका संचालकहरु किङ्स लाउन्जका संचालकहरुको चरित्रहत्या गर्न लागि परेका छन् । उनीहरुले आफैंले स्थापना गरेर किङ्स लाउन्जको ट्रेडमार्क देखाएर प्रिमियम मूल्यमा सेयर बिक्री गरी ठगि गरेको पाइएको छ ।

Related

Previous Post

नेपाल पहिलोपटक विश्व साइक्लिङमा

Next Post

किङ्स कलेज र नामीद्वारा एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
किङ्स कलेज र नामीद्वारा एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

किङ्स कलेज र नामीद्वारा एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज एक हजार ९० कोरोना सङ्क्रमित थपिए

आज एक हजार ९० कोरोना सङ्क्रमित थपिए

मङ्लबार, साउन २४, २०७९
बिहिबार त्रिशुलीमा हामफालेका निर्मल कार्कीको अवस्था खतरामुक्त

बिहिबार त्रिशुलीमा हामफालेका निर्मल कार्कीको अवस्था खतरामुक्त

शुक्रबार, भदौ १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In