Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, July 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला

Sambridinews by Sambridinews
शुक्रबार, असार ८, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असार ८ ,सर्वोच्च अदालतले सरकारलाई संशोधित नागरिकता ऐन कार्यान्वयन गर्ने बाटो खोलिदिएको छ।सर्वोच्च अदालतले जेठ २१ गते अल्पकालीन अन्तरिम आदेशबाट नागरिकता विधेयक कार्यान्वयन गर्नबाट रोकेको थियो। तर आज सर्वोच्च अदालका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।

You might also like

त्रियोगमा चेस बुधबारदेखि

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

संघीय संसदका दुबै सदनबाट दोहोर्‍याएर पारित गरेको विधेयक २०७९ सालको भदौमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेकी थिइन्। राष्ट्रपति भण्डारीले रोकेको विधेयक मन्त्रिपरिषद्ले २०८० साल जेठ १२ गते विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो। लगत्तै राष्ट्रपति पौडेलले प्रमाणीकरण गरिदिएका थिए।

तर सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माले जेठ २१ गते राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए।

नागरिकता विधेयकमा कहिले के भएको थियो ?

नेपालमा नयाँ संविधान लागू भएदेखि नै नागरिकताको विषयमा विवाद सुरु भएको थियो। संविधानमा नै महिला र पुरुषलाई विभेद गर्ने गरी नागरिकता सम्बन्धी व्यवस्था गरिएको थियो। नेपाली पुरुषले विवाह गरेका महिलाले नागरिकता पाउने र महिलाले विवाह गरेका पुरुषले नपाउने विभेदकारी व्यवस्था संविधानमा छ।

नयाँ संविधान जारी भएपछि २०७५ साल साउन २२ गते पहिलो पटक नागरिकता ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो। उक्त विधेयकमा सरकारले एकल महिलाले सन्तानलाई नागरिकता दिलाउन स्वघोषणाु गर्नुपर्ने जस्तो महिलाको आत्मसम्मानमा चोट पुग्ने खालको व्यवस्था गरेको थियो। विधेयकले पुरुषलाई पहिलो दर्जा र महिलालाई दोस्रो दर्जाको व्यवस्था गरेको थियो।

२०७५ सालमा प्रतिनिधि सभामा पेस भएको विधेयकमा लामो समय नेपाली पुरुषले विवाह गरेर ल्याएकी महिलाले कहिले नागरिकता पाउने भन्ने विषयमै विवाद भयो। २०७७ साल असार ९ गते राज्य व्यवस्था समितिले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न विवाह गरेको ७ वर्ष पुरा हुनुपर्ने व्यवस्था सहित प्रतिनिधि सभामा पेस गरेको थियो।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल पुस ५ गते पहिलो पटक र २०७८ साल जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरिदिए । प्रतिनिधि सभा विघटनपछि पारित हुने क्रममा रहेको नागरिकता विधेयक शून्यमा झरेको थियो।

तर केपी ओली सरकारले विघटनको पर्सिपल्ट २०७८ जेठ ९ गते नागरिकता ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्‍यो। उक्त अध्यादेशमा वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने समय अवधि तोकिएको थिएन। तर उक्त अध्यादेश सर्वोच्च अदालतले २०७८ जेठ २७ कार्यान्वयन गर्नबाट रोकेको थियो।

अदालतले प्रतिनिधि सभा विघटन बदर गरेसँगै केपी ओली नेतृत्वको सरकार ढल्न पुग्यो। कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने। प्रतिनिधि सभा ब्युँतिएसँगै प्रतिनिधि सभामा पारित हुने चरणमा रहेको नागरिकता विधेयक पनि सक्रिय भयो। तर देउवा नेतृत्वको सरकारले २०७९ असार २३ गते नागरिकता विधेयक फिर्ता लियो।

गृहमन्त्री बालकृष्ण खाँणले दुइ दिनपछि असार २५ गते नयाँ विधेयक दर्ता गराए। नयाँ विधेयकमा अदालतले कार्यान्वयन गर्न रोकेको केपी ओली सरकारले ल्याएको नागरिकता अध्यादेशको व्यवस्था हुबहु थियो।

नयाँ विधेयक ल्याउँदा सरकारले राज्य व्यवस्था समितिले पारित गरेको वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न ७ वर्ष समय राख्नुपर्ने विषय समेटेन। बरु उक्त विषयमा मौन बस्यो। विधेयकममा विदेशमा रहेका गैर आवासीय नेपाली९एनआरएन०लाई नागरिकता, जन्मसिद्ध नागरिकता प्राप्त गरेका बाबु र आमाका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्ने व्यवस्था प्रस्ताव गरियो।

यसरी देउवा सरकारले अघि बढाएको नागरिकता विधेयक २०७९ साल साउन ६ गते प्रतिनिधि सभाबाट पारित भयो भने साउन १२ गते राष्ट्रिय सभाबाट पारित भयो।

तर सङ्घीय संसद्का दुवै सदनले पारित गरेर गरेर पठाएको विधेयक २०७९ साल साउन २९ गते पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा फिर्ता गरिदिइन्।

फिर्ता भएको विधेयकमाथि केही समय राजनीति चल्यो। राष्ट्रपतिको सुझावलाई बेवास्ता गर्दै प्रतिनिधि सभाले २०७९ भदौ २ गते र राष्ट्रिय सभाले भदौ १७ गते नागरिकता विधेयक विना कुनै परिमार्जन पारित गर्‍यो।

२०७९ साल साउन २० गते सभामुख अग्नि सापकोटाले नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाए। तर राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरी रोकेर राखिन्।

तर नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल चुनिएपछि उनले सरकारको सिफारिसमा विधेयक प्रमाणीकरण गरेका हुन्। २०८० साल जेठ १२ गते मन्त्रिपरिषद्को अनुरोधमा राष्ट्रपतिले जेठ १७ गते विधेयक प्रमाणीकरण गरे। प्रमाणीकरण लगत्तै उक्त विधेयक ऐन बन्यो।

Related

Previous Post

अब विदेशबाट आएको रकम एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुविधा

Next Post

टिकाटालो गरेर फर्किंदै गरेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

by Sambridinews
आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

by Sambridinews
आइतवार, साउन ३, २०८३
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
TOP STORIES

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

by Sambridinews
आइतवार, साउन ३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

by Sambridinews
शनिबार, साउन २, २०८३
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
TOP STORIES

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

by Sambridinews
शनिबार, साउन २, २०८३
Next Post
प्युठान दुर्घटना अपडेट :  कारमा सवार ८ जनाको मृत्यु

टिकाटालो गरेर फर्किंदै गरेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

बिहिबार, जेष्ठ २८, २०८३
अविरल बर्षाले काठमाडौं र बनेपाका केही क्षेत्र डुबान :  काभ्रेमा पहिराे खस्दा ६ जना वेपत्ता

अविरल बर्षाले काठमाडौं र बनेपाका केही क्षेत्र डुबान : काभ्रेमा पहिराे खस्दा ६ जना वेपत्ता

मङ्लबार, साउन २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

आइतवार, साउन ३, २०८३
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
TOP STORIES

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

आइतवार, साउन ३, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

शनिबार, साउन २, २०८३
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
TOP STORIES

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

शनिबार, साउन २, २०८३
युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

शनिबार, साउन २, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In