Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्याज र अन्य तरकारीकाे मुल्य आकासियो

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ ३१, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
प्याज र अन्य तरकारीकाे मुल्य आकासियो
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले भ्याट लगाएको कारण देखाउँदै व्यापारी प्याज र केही तरकारीको भाउ दोब्बरले बढाएका छन् ।सरकारले बजेटमार्फत तरकारी तथा फलफूलजन्य वस्तु आयातमा १३ प्रतिशत भन्सार महसुल (भ्याट)वृद्धि गरेसँगै विशेष गरेर प्याजको भाउ आकासिएको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेसँगै प्याजको मूल्य वृद्धि भएको हो ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

आयातकर्ता व्यवसायीले आलु, प्याजमा नौ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर भुक्तानी गर्दै आएको थियो तर अहिले थप १३ प्रतिशत कर बुझाउनुपर्ने भएपछि प्याजको मूल्यमा वृद्धि भएकाले भान्छा महँगो हुने भएको छ ।

भारतबाट प्याज आयात गर्ने व्यवसायीले भन्सार बिन्दुमै भ्याट भुक्तानी गर्नुपर्ने भन्दै जेठ २१ गतेदेखि आलु तथा प्याजको आयात बन्द गरेको दाबी गरेका छन् तर बजारमा प्याजको अभाव छैन । मूल्य भने आकासिएको छ ।

कालीमाटी थोक व्यापारीहरूको संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले २१ गतेदेखि आधिकारिक व्यापारीबाट बजारमा प्याज नआएको फाइदा बिचौलियाले उठाउँदा बजारमा प्याजको मूल्य महँगो भएको दाबी गरे।

कालीमाटी फलफूत तथा तरकारी बजार विकास समितिले २२ गतेदेखि दैनिक मूल्य सूचीमा प्याज समावेश गरेको छैन । कालीमाटी समितिका अनुसार असार १५र१६ गतेसम्म कालीमाटीमा प्याज प्रतिकेजी ३२र३५ रुपियाँमा कारोबार भएकामा २१ गते प्रतिकेजी ५० रुपियाँ र २२ गते ६० रुपैयाँमा किनबेच भएको थियो ।

कालिमाटीभित्रै एक हप्तामै प्याजको मूल्य दोब्बरले वृद्धि भएर प्रतिकेजीकै ११० देखि ११५ रुपियाँ खुद्रा मूल्यमा बिक्री भइरहेको छ । कालीमाटीबाहिरका खुद्रा पसलमा प्याजको भाउ प्रतिकेजी १२५ रुपियाँदेखि १४० रुपैयाँसम्म छ ।

आलु, प्याज आयात तथा निर्यात व्यवसायीले अहिले प्याज र आलुमा १३ प्रतिशत भ्याटलाई देखाउँदै बजारमा प्याजको कालोबजारी सुरु भइसकेको बताउँछन् । नेपाल कृषि उपज आलु, प्याज आधारित निर्यात तथा थोक बिक्रेता सङ्घले आलु तथा प्याज आयात औपचारिक रूपमा बन्दको घोषणा नगरे तापनि भ्याटकै कारण आयात नगरेको जनाएको छ ।

कृषि उपजमा यसअघि भ्याट छुट हुँदै आएको नयाँ बजेटमार्फत छुट खारेज गरिएको छ । जसले गर्दा स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भएर व्यवसाय गर्दै आएका व्यापारीलाई एकै पटक भ्याटमा जाँदा समस्या भएको छ ।

कालीमाटी थोक व्यापार सङ्घका अध्यक्ष गीताप्रसाद आचार्यले तरकारीजन्य वस्तुमा भ्याट लगाउनुभन्दा कर बढाएको भए आफूहरूलाई कुनै आपत्ति नहुने बताउनुभयो । तरकारीको कारोबार गर्नुपर्ने व्यवसायीहरूले अहिले व्यवसाय बचाइदिनुस् भन्दै अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसमक्ष हारगुहार गरेका छन् ।

नेपाल कृषि उपज आलु, प्याज आधारित निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेल भ्याटका दरमा दुविधा भएपछि आयात नगरेको बताए । अधिकांश व्यवसायी भ्याटमा दर्ता नै नभएको समयमा भ्याट लागु हुँदा व्यवसायी र उपभोक्ता दुवै मारमा परेको उनले बताए ।

कालीमाटी तरकारी विकास समितिको तथ्याङ्क हेर्दा प्याज आयातमै भर पर्नु पर्ने अवस्था छ । सो बजारमा भित्रिने प्याजमध्ये ९८ प्रतिशत भारतबाट भित्रिएको समितिले जनाएको छ ।

Related

Previous Post

नागरिकता नपाएका युवककाे माइतिघरमा आत्मदाहको प्रयास

Next Post

हेटाैँडाबाट ५४ लाख रुपैयाँ मूल्य बराबरकाे अवैध सुनसहित एक जना पक्राउ

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
सुन ताेलामा तीनहजार रूपैयाँले बृद्धि

हेटाैँडाबाट ५४ लाख रुपैयाँ मूल्य बराबरकाे अवैध सुनसहित एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने

हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने

बिहिबार, फाल्गुन २८, २०८२
ग्लोकल आफ्टर  स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा: सीप, सिर्जनशीलता र युवा सशक्तीकरणको उत्सव 

ग्लोकल आफ्टर  स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा: सीप, सिर्जनशीलता र युवा सशक्तीकरणको उत्सव 

शुक्रबार, पुस ४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In