Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

असोज २ र ३ मा समानुपातिक बन्दसूची पेस

Sambridinews by Sambridinews
मङ्लबार, साउन २४, २०७९
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
असोज २ र ३ मा समानुपातिक बन्दसूची पेस

file foto

586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, श्रावण २४, प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल आगामी असोज १ सम्म मात्रै कायम रहने भएको छ । निर्वाचन आयोगले आन्तरिक तयारीका लागि आइतबार स्वीकृत गरेको निर्वाचन तालिकामा समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ मा पेस गर्ने उल्लेख छ ।

कार्यतालिका संशोधन नभए अघिल्लो दिन असोज १ मै प्रतिनिधिसभा र प्रदेशसभाको ५ वर्षे कार्यकाल अन्त्य हुनेछ ।

You might also like

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

आयोगले कार्यतालिकाका विषयमा संघीय संसद्का पदाधिकारीलाई सोमबार अनौपचारिक जानकारीसमेत दिइसकेको छ । ‘आयोगले आफ्नो आन्तरिक कार्यतालिकाका बारेमा अनौपचारिक जानकारी गराइसकेको छ । हामीले गर्नुपर्ने काम अब ४० दिनभित्र सक्नुपर्ने भयो,’ संसद् सचिवालयका एक उच्च अधिकारीले भने । प्रतिनिधिसभामा ३६ वटा विधेयक विचाराधीन छन् । यसमा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा अड्किएका विधेयकको संख्या १० वटा छ । यी विधेयक ४० दिनभित्र पारित नभए स्वतः निष्क्रिय हुनेछन् ।

यसअघि व्यवस्थापिका संसद् पनि समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको अघिल्लो दिनसम्म मात्रै चलेको थियो । तत्कालीन सभामुख ओन्सरी घर्तीले आफ्नो नाम बन्दसूचीमा समावेश भएपछि राजीनामा दिएकी थिइन् । उनले राजीनामासँगै संसद्को कार्यकाल अन्त्य भएको थियो । ‘विगतको अभ्यासअनुसार प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी मनोनयन दर्ताको अघिल्लो दिनसम्म मात्रै हुने निश्चित छ,’ संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट चुनिन्छन् । दलहरूले समानुपातिकको बन्दसूची आयोगमा पेस गर्नेबित्तिकै उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मानिन्छ । संविधानको धारा ९१ को उपधारा ६ ९क० मा सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनु अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहन सक्ने व्यवस्था छ । ‘अहिले भएका सांसद नै बन्दसूचीमा परेपछि बाँकी सांसद पनि रहने कुरै आउँदैन,’ सचिवालयका एक कर्मचारीले भने ।

निर्वाचन आयोगले आइतबार स्वीकृत कार्यतालिका आन्तरिक भन्दै गोप्य राखेको छ । ‘सरकारले घोषणा गरेको दिनमा व्यवस्थित रूपमा निर्वाचन गर्न कुन काम कसले, कहिले गर्ने भनेर आन्तरिक रूपमा तयारी गर्न कार्यतालिका बनाएका छौं । यो हाम्रो कामको आन्तरिक चेकलिस्ट हो,’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘यसलाई सार्वजनिक गर्दैनौं । आवश्यक पर्दा संशोधन पनि हुन्छ ।’

आयोग स्रोतबाट प्राप्त कार्यतालिका संशोधन नभए प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन असोज २३ मा हुनेछ । आयोगले असोज २६ मा अन्तिम मतदाता नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । बीचमा उम्मेदवारको सूची प्रकाशन, विरोधको उजुरी, जाँचबुझ, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशनका काम हुनेछन् । आयोगले निर्वाचन प्रचारप्रसारका लागि असोज २७ देखि मंसिर १ सम्म ३६ दिन समय दिने भएको छ । प्रचार सकिएपछि ४८ घण्टाको मौन अवधि सुरु हुनेछ ।

आयोगले साउन १९ सम्म दर्ता भएका ११६ दललाई निर्वाचन प्रयोजनका लागि दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सोमबारसम्म ९ वटा दलले दर्ताका लागि निवेदन दिइसकेको आयोगले जनाएको छ । दल दर्ताको अवधि साउन ३१ सम्म छ । निवेदनमाथि छानबिन भने साउन १ देखि ७ सम्म हुने आयोगले जनाएको छ । दल दर्ता स्वीकृति भदौ ८ मा हुनेछ । आयोगले समानुपातिक निर्वाचनका लागि साउन ३० मा निर्वाचन अधिकृत नियुक्ति गर्ने कार्यतालिका बनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन कार्यक्रम भदौ १ मै सुरु हुनेछ । समानुपातिक निर्वाचनको मतपत्र मापदण्ड भदौ २० मा स्वीकृत गरी त्यही दिनदेखि छपाइ गरी असोज २५ सम्म सक्ने आयोगको योजना छ । आउँदो निर्वाचनका लागि मतदाताको अन्तिम नामावली भदौ ३१ सम्म प्रकाशन गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ । शनिबारसम्मको नामावली स्थानीय तहको वडा कार्यालयमा टाँसिनेछ । नामावलीमा दाबी विरोध भए सच्याइन्छ । त्यसपछि मात्रै मतदाता अन्तिम मतदाता यकिन गरिन्छ । यसपालि १ करोड ७८ लाख मतदाता हुने आयोगको आकलन छ । मतदाता निश्चित भएपछि मतदानस्थल र मतदान केन्द्र निर्धारण पनि भदौ ३१ मै टुंग्याउने आयोगले जनाएको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति असोज ११ मा गरेर असोज २१ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । कार्यालय स्थापना भएको दुई दिनपछि उम्मेदवारी दर्ता गर्ने योजना बनाइएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र छपाइ असोज २८ देखि कात्तिक २७ सम्ममा गर्ने आयोगको योजना छ । मतपत्र ढुवानी भने कात्तिक १६ सम्म गरिसक्ने आयोगले जनाएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति कात्तिक २१ र २२ मा र मतदान केन्द्रमा खटिने अन्य कर्मचारीको नियुक्ति कात्तिक २२ र २३ मा हुने भएको छ । मतदान मंसिर ४ बिहान ७ देखि बेलुका ५ बजेसम्म गरेर त्यही दिन मतगणना सुरु गर्ने आयोगको कार्ययोजना छ ।

Related

Previous Post

Economists See Few Monetary Policy Changes With Powell Leading Fed

Next Post

आज एक हजार ९० कोरोना सङ्क्रमित थपिए

Sambridinews

Sambridinews

Related Posts

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै
FEATURED

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै

by Sambridinews
बुधबार, अशोज २१, २०८३
टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त
TOP STORIES

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
TOP STORIES

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
TOP STORIES

सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग
TOP STORIES

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
Next Post
आज एक हजार ९० कोरोना सङ्क्रमित थपिए

आज एक हजार ९० कोरोना सङ्क्रमित थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शेखर गोल्छालाई रिहा गर्ने अदालतकाे आदेश

शेखर गोल्छालाई रिहा गर्ने अदालतकाे आदेश

मङ्लबार, बैशाख २२, २०८३
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि

भन्सार दर घटेपछि आज सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँले सस्ताे

सोमवार, मंसिर १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै
FEATURED

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै

बुधबार, अशोज २१, २०८३
टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त
TOP STORIES

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

मङ्लबार, अशोज २०, २०८३
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
TOP STORIES

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

मङ्लबार, अशोज २०, २०८३
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
TOP STORIES

सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा

मङ्लबार, अशोज २०, २०८३
पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग
TOP STORIES

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

मङ्लबार, अशोज २०, २०८३
आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा
TOP STORIES

आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा

मङ्लबार, अशोज २०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In