Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सानु भण्डारीको डायरीमा एमाले सचिव टोपबहादुरले ६० लाख बुझेको ‘टिपोट’

Sambridinews by Sambridinews
शुक्रबार, बैशाख २२, २०८०
in FEATURED
0
एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा ललितपुरका सानु भण्डारी अहिले प्रहरीको हिरासतमा छन् । भण्डारीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई ‘मामा’ सम्बोधन गर्छन् ।

२०७९ चैत १२ मा पक्राउ परेका ‘भान्जा’को डायरीको रेकर्डको आधारमा अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर अनुसन्धानमा तानिएका हुन् ।

You might also like

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

रायमाझी र उनका छोरा सन्दीपले नगद लिएको रेकर्ड सानु भण्डारीको डायरीमा भेटिएको छ । सन्दीपलाई बुटवलबाट पक्राउ गरेर प्रहरीले अदालतबाट ३ दिने म्याद लिएर अनुसन्धान गरिरहेको छ । यस्तै टोपबहादुरमाथि पनि अनुसन्धान भइरहेको छ ।

‘ठगीमा संलग्न आरोपी सानुको डायरीमा टोपबहादुरले नगद लिएको रेकर्ड फेला परेको छ’ अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले भने, ‘नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना सफल बनाउन रायमाझीलाई करिब ६० लाख रुपैयाँ दिएको भण्डारीले बयानमा पनि खुलाएका छन् ।’

डायरी प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । रायमाझी र अर्का आरोपी सागर राईबीच पनि सम्पर्क स्थापित हुने प्रमाण प्रहरीले भेट्टाएको छ । २०७९ चैत १५ मा पक्राउ परेका सागर मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित वडा नम्बर–१० का पूर्व अध्यक्ष हुन् । सागरले अमेरिका जान चाहनेहरूसँग उठाएको पैसा मध्ये ७ लाख रुपैयाँ भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई बुझाएको बयान दिएका छन् ।

करिब ४५ जनासँग सागरले अमेरिका पठाउने नाममा रकम लिएको भेटिएको छ । तीमध्ये ३२ जनाबाट उनले नगद लिएको प्रमाणबाट देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जानकारी दिए । उठाएको मध्येबाट केही नगद टोपबहादुर रायमाझीलाई दिएको सागरले बयानमा जिकिर गरेका छन् ।

२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो ।

शरणार्थीकै नाममा ठगी धन्दा चलाउने मध्येका मुख्य योजनाकार सन्देश शर्मा चैत २९ मा पक्राउ परेका थिए । हालसम्म पक्राउ परेका आरोपीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

(रातोपाटि डटकमबाट साभार )

Related

Previous Post

बुद्धजयन्तिका अवसरमा सार्वजनिक बिदा

Next Post

डिजिटल बागमती संवाद ‘इन एशोशिएसन विथ फोनपे’ सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर
FEATURED

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला
FEATURED

‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Next Post
डिजिटल बागमती संवाद ‘इन एशोशिएसन विथ फोनपे’ सम्पन्न

डिजिटल बागमती संवाद 'इन एशोशिएसन विथ फोनपे' सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

जनताका पक्षमा परिणाममुखी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री प्रचण्डकाे निर्देशन

मङ्लबार, चैत्र २१, २०७९
पूर्वसांसद तथा कांग्रेस नेता दाहालको निधन

पूर्वसांसद तथा कांग्रेस नेता दाहालको निधन

शनिबार, पुस २६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In