Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै

Sambridinews by Sambridinews
आइतवार, माघ १, २०७९
in FEATURED, TOP STORIES, जीवन शैली
0
आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् ।

हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ लगायतका जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् । माघे सङ्क्रान्ति र माघी पर्वको अवसरमा काठमाण्डौ उपत्यकासहित ठाउँठाउँमा मेला महोत्सव भएको छ । सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा मेला लाग्छ । यी ठाउँमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ ।

पश्चिम तराईका थारू समुदायमा भने माघीको रौनक छाएको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । थारु समुदायमा गएराति जाग्राम बसेर भजन कीर्तन गर्ने र आज बिहानै नजिकैको खोला नदीमा गइ नुहाउने गरिन्छ । नुहाएपछि आफूभन्दा ठूला मान्यजनसँग आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

थारू समुदायले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर अर्थात् गाउँको अगुवा, चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ । माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् ।

यस्तै तराईका कतिपय ठाउँमा भने आज माघ १ गतेलाई नहान अर्थात नुहाउने पर्वका रूपमा मनाइन्छ । आज बिहानै तीर्थस्थलमा गइ स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । तरुल पुसको अन्तिम दिनमा पकाएर राखेर माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास पनि छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि शुभकामना सन्देश दिँदै नेपालीको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गर्नुभएको छ ।

Related

Previous Post

सुनिल र रोनिशालाई स्वर्ण

Next Post

माघे सङ्क्रान्तिका अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना व्यक्त

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

माघे सङ्क्रान्तिका अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना व्यक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाली पाककलालाई विश्वमञ्चमा उचाल्ने लक्ष्यसहित ‘Second National Culinary Challenge Competition 2026’ आयोजना

नेपाली पाककलालाई विश्वमञ्चमा उचाल्ने लक्ष्यसहित ‘Second National Culinary Challenge Competition 2026’ आयोजना

बिहिबार, बैशाख २४, २०८३
खेलाडी  प्राथमिकतामा  हुन पर्दछ : मन्त्री चौधरी

खेलाडी  प्राथमिकतामा  हुन पर्दछ : मन्त्री चौधरी

बुधबार, साउन २३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In