काठमाडौंः बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर
नियुक्त गरेको छ । शक्ति, तीव्रता र आत्मविश्वासका लागि परिचित ढाँटसँगको यो सहकार्यले पल्सर
एनएसको प्रदर्शनमुखी पहिचानलाई थप बलियो बनाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
‘ र पावर मिट्स र पावर Raw Power Meets Raw Power भन्ने मूल अवधारणामा
आधारित यो सहकार्यले रविन्द्र ढाँटको व्यक्तित्व र पल्सरको आक्रामक प्रदर्शनबीचको समानतालाई
प्रस्तुत गर्नेछ । ढाँटको शक्ति, तीव्रता र प्रभावशाली व्यक्तित्व पल्सरको पावर, प्रदर्शन र मस्कुलर
स्ट्रिटफाइटर डिजाइनसँग मेल खाने कम्पनीको भनाइ छ ।
पल्सरलाई शक्ति, प्रदर्शन र आक्रामक राइडिङ चरित्रका लागि परिचित मोटरसाइकलका रूपमा
स्थापित गर्दै आएको बजाजले ढाँटसँगको सहकार्यबाट यही पहिचानलाई अझ प्रभावकारी रूपमा प्रस्तुत
गर्ने जनाएको छ । यस सहकार्यले विशेषगरी युवा तथा प्रदर्शनमुखी मोटरसाइकलप्रति रुचि राख्ने
राइडरहरूसँग ब्रान्डको सम्बन्ध थप बलियो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
रविन्द्र ढाँट अब पल्सर एनएसका विभिन्न ब्रान्ड कम्युनिकेसन, अभियान तथा उपभोक्ता संलग्नताका
गतिविधिमा देखिनेछन् । यसमार्फत पल्सरका उत्पादनका विशेषता र प्राविधिक पक्षसँगै शक्ति,
आत्मविश्वास, प्रदर्शन र बोल्ड एटिच्युडलाई पनि थप प्रभावकारी रूपमा प्रस्तुत गरिने कम्पनीले
जनाएको छ ।
बजाजका अनुसार, रविन्द्र ढाँट र पल्सरबीचको सहकार्य दुई फरक पहिचानलाई एउटै भावनामा जोड्ने
प्रयास हो । दुवैको केन्द्रमा रहेको शक्ति र प्रदर्शनको भावनाले पल्सरको व्यक्तित्वलाई अझ स्पष्ट र
विशिष्ट बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ ।
पल्सर र रविन्द्र ढाँटसँग सम्बन्धित आगामी अभियान तथा सामग्रीका लागि ग्राहकहरूले बजाज
नेपालको आधिकारिक सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमहरू हेर्न सक्नेछन् । साथै, पल्सरका
बारेमा थप जानकारीका लागि नजिकैको बजाज शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले उल्लेख गरेको
छ ।















