साउन १६ । आज काठमाडौँ उपत्यकाको मौसम खुल्ने सम्भावना कम देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज बिहान साढे ६ बजेतिर बताएअनुसार अहिले पनि उपत्यकाका केही ठाउँमा छिटपुट पानी परिरहेको छ।
‘आज काठमाडौँ उपत्यकामा धेरैजसो समय बादल नै लाग्ने देखिएको छ’, उनले नेपालखबरसँग भने, ‘आज काठमाडौँ उपत्यकामा पानी पर्ने राम्रै सम्भावना छ।’
उनका अनुसार काठमाडौँ उपत्यकामा पानी पर्ने बढी सम्भावना अपराह्नतिर छ। ‘आज मध्यमसम्म वर्षा हुन्छ’, मौसमविद् अधिकारीले भने।















