साउन १६ । धनुषा जिल्ला प्रशासन कार्यालयले जिल्लामा जारी कर्फ्यूलाई आज केही घण्टाका लागि आंशिक रूपमा खुकुलो पारेको छ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना अनुसार, आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउन आज बिहान ५:०० बजेदेखि १०:०० बजेसम्मका लागि कर्फ्यू खुकुलो पारिएको हो। यस ५ घण्टाको अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल तथा खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन्।
आवश्यक सामान खरिद गरी आफ्नो निवासतर्फ फर्कनु भई कर्फ्यूको पूर्ण पालना गर्नुहुन सबैमा जानकारी गराइन्छ।”
कर्फ्यूको समयमा पनि अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी तथा दूध बोक्ने सवारी साधन र फोहोर बोक्ने गाडी जस्ता अत्यावश्यक सेवाहरू भने निरन्तर सुचारु रहनेछन्।















