Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालको उद्योग, व्यापार, महिला उद्यमशीलता तथा व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएकी प्रतिष्ठित व्यक्तित्व उर्मिला श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित हुनुभएको छ । उहाँलाई विभिन्न सामाजिक, व्यावसायिक तथा राष्ट्र निर्माणका क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

हाल उहाँ नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ । उहाँको नेतृत्वमा व्यापार, महिला उद्यमशीलता, सामाजिक उत्तरदायित्व तथा राष्ट्रिय आर्थिक विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका छन् ।

You might also like

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान

व्यावसायिक क्षेत्रमा इमान्दारिता, अनुशासन र दूरदर्शी नेतृत्वका कारण उर्मिला श्रेष्ठ नेपाली निजी क्षेत्रको प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । नेपालका सफल र सक्षम महिलाहरूको नाम उच्चारण गर्दा अग्रपङ्क्तिमा पर्ने व्यक्तित्वमध्ये उहाँ पनि एक हुनुहुन्छ । विशेषगरी महिला उद्यमीहरूको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । साथै, महिला तथा पुरुष दुवैलाई क्षमताका आधारमा जिम्मेवार भई अघि बढ्न प्रेरित गर्दै आउनुभएको छ । व्यापारिक पृष्ठभूमि तथा प्राज्ञिक वातावरण बोकेको नेवार परिवारमा जन्मनुभएकी श्रेष्ठ बौद्धिकता एवं कर्मशीलताका कारण लोकप्रिय समेत हुनुहुन्छ ।

उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको निजी क्षेत्र, महिला उद्यमशीलता तथा व्यापार प्रवर्द्धनका निम्ति सक्रिय भूमिका खेल्दै आउनुभएको छ । सामाजिक सेवामा समेत उत्तिकै सक्रिय श्रेष्ठले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ । उहाँको नेतृत्व र समर्पणले नेपाली निजी क्षेत्रलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

प्रेरणादायी व्यक्तित्व उर्मिला श्रेष्ठ : संक्षिप्त जीवनी

उर्मिला श्रेष्ठ नेपालको सफल महिला उद्यमी, कुशल व्यवस्थापक तथा सामाजिक व्यक्तित्व हुनुहुन्छ । व्यापार तथा उद्योग क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएकी श्रेष्ठ हाल नेपाल चेम्बर अफ कमर्स की उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड की कार्यकारी प्रमुखको जिम्मेवारीमा रहनुभएको छ ।

नेपालको निजी क्षेत्रलाई सुदृढ बनाउने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा राष्ट्रिय आर्थिक विकासमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने विषयमा उहाँले महत्वपूर्ण योगदान दिनुभएको छ । निजी-सार्वजनिक साझेदारीको भावनालाई वस्तुनिष्ठ ढङ्गले आत्मसात गर्दै सबल नेतृत्व प्रदान गर्ने विशेष क्षमता र कार्यदक्षताका कारण उहाँ आफूलाई सक्षम महिला नेतृत्वका रूपमा स्थापित गर्न सफल हुनुभएको छ । व्यवसायीहरूको हकहित, स्वरोजगार सिर्जना तथा उद्यमशीलताको वातावरण निर्माणमा उहाँको भूमिका उल्लेखनीय मानिन्छ ।

श्रेष्ठले व्यावसायिक क्षेत्रसँगै सामाजिक सेवामा पनि निरन्तर योगदान दिँदै आउनुभएको छ । शिक्षा, सामाजिक जागरण तथा मानवीय सेवासम्बन्धी विविध अभियानहरूमा उहाँको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

उहाँको नेतृत्व क्षमता, कार्यकुशलता, अनुशासन तथा राष्ट्रप्रतिको समर्पणका कारण उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आउनुभएको छ । “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” पनि उहाँको योगदानको कदरस्वरूप प्रदान गरिएको प्रतिष्ठित सम्मानका रूपमा हेरिएको छ ।

Related

Previous Post

प्रधानमन्त्री कार्यालयकाे धाक दिएर वडा सचिव धम्क्याउने व्यक्ति पक्राउ

Next Post

रास्वपाकाे आज देशभरी वडा कमिटि अभियान

Sambridinews

Sambridinews

Related Posts

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
TOP STORIES

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

by Sambridinews
मङ्लबार, जेष्ठ २६, २०८३
नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
FEATURED

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

by Sambridinews
मङ्लबार, जेष्ठ २६, २०८३
नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान
TOP STORIES

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान

by Sambridinews
सोमवार, जेष्ठ २५, २०८३
बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको धारणा निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन : अध्यक्ष श्रेष्ठ
FEATURED

बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको धारणा निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन : अध्यक्ष श्रेष्ठ

by Sambridinews
सोमवार, जेष्ठ २५, २०८३
फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको ‘टिभी प्याकेज’ र विशेष बोनस अफर सार्वजनिक
FEATURED

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको ‘टिभी प्याकेज’ र विशेष बोनस अफर सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ २५, २०८३
Next Post
मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी

रास्वपाकाे आज देशभरी वडा कमिटि अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
गणतन्त्रको पक्ष र विपक्षमा

गणतन्त्रको पक्ष र विपक्षमा

मङ्लबार, चैत्र २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
TOP STORIES

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

मङ्लबार, जेष्ठ २६, २०८३
नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
FEATURED

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

मङ्लबार, जेष्ठ २६, २०८३
नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान
TOP STORIES

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान

सोमवार, जेष्ठ २५, २०८३
बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको धारणा निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन : अध्यक्ष श्रेष्ठ
FEATURED

बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने महासंघको धारणा निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा जोख्दैन : अध्यक्ष श्रेष्ठ

सोमवार, जेष्ठ २५, २०८३
फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको ‘टिभी प्याकेज’ र विशेष बोनस अफर सार्वजनिक
FEATURED

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको ‘टिभी प्याकेज’ र विशेष बोनस अफर सार्वजनिक

सोमवार, जेष्ठ २५, २०८३
लिटमस इन्डष्ट्रिज लिमिटेडलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान
FEATURED

लिटमस इन्डष्ट्रिज लिमिटेडलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

सोमवार, जेष्ठ २५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In