काठमाडौँ / एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ।
बैंकका अनुसार “आयकर ऐन २०५८” बमोजिम निक्षेपकर्ताको ब्याजबाट गरिएको करकट्टीको विवरण नेपाल सरकारको आन्तरिक राजस्व विभागद्वारा सञ्चालन गरिएको स्थायी लेखा नम्बर प्रणालीसँग आवद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक अनिवार्य गरिएको हो।
ग्राहकहरूले बैंकको वेबसाइट, मोबाइल बैंकिङ एपमा रहेको “PAN Update” विकल्प प्रयोग गरी वा नजिकको शाखा कार्यालयमार्फत आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन्।
बैंकका अनुसार प्यान अद्यावधिक भएपछि करकट्टी विवरण स्वतः ई-TDS प्रणालीमा प्रविष्ट हुने र आयकर प्रणालीमा कर मिलान सहज हुने भएकाले कर चुक्ता प्रमाणपत्र तथा करकट्टी प्रमाणपत्र लिन सजिलो हुनेछ।
त्यस्तै, बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। मोबाइल बैंकिङ एप वा भिडियो केवाईसीमार्फत “Change Email” विकल्प प्रयोग गरी ईमेल अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।
बैंकले प्यान वा ईमेल अद्यावधिक नगरेको अवस्थामा कर सम्बन्धी विवरणमा समस्या आउन सक्ने भएकाले त्यसको जिम्मेवारी बैंकले नलिने स्पष्ट पारेको छ।















