काठमाडौं, चैत ५, दसौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।
चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मि तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिता सेनेगलमा हुने डकार युथ ओलम्पिकको छनोटका रुपमा समेत रहेको छ ।
प्रशिक्षकमा लानम लामा र जंगबहादुर तामाङ तथा निर्णायकमा मन्जुर महर्जन र गोविन्दबहादुर शाही रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:














