Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, March 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण

Sambridinews by Sambridinews
शनिबार, फाल्गुन ३०, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपालका विभिन्न जिल्लाहरूमा पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाहरू निरन्तर सार्वजनिक भइरहेका छन्। यी घटनाहरूले बालबालिकाको सुरक्षा, संरक्षण र न्याय सुनिश्चित गर्ने राज्यको दायित्वमाथि गम्भीर प्रश्न उठेको छ । यस खालको घटना बढेकोमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान(सिजप)को गम्भीर ध्यानाकर्षण भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिशा विकमाथि सामूहिक बलात्कारपछि हत्या भएको घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ। घटनामा संलग्न भएको आशंकामा चार जना पक्राउ परेका छन् र पोस्टमार्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखाएको छ । मृतक बालिका माथी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यो दुखद घडीमा उहाँको आत्माको चीर शान्तिको कामना सहित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।
त्यस्तै कञ्चनपुर जिल्लामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको घटना समेत सार्वजनिक भएको छ । यसैगरी दैलेखमा १२ वर्षीया बालिका आफ्नै काकाबाट बलात्कारपछि गर्भवती भएको घटना सार्वजनिक भएको छ, जसले परिवारभित्रै बालिका कति असुरक्षित हुन सक्छन् भन्ने यथार्थ उजागर गरेको छ । त्यस्तै सामाजिक सञ्जालमार्फत चिनजान गरी एक किशोरीलाई नग्न भिडियो बनाएर ४ वर्षसम्म निरन्तर ब्ल्याकमेल र बलात्कार गरिएको कैलालीको टीकापुरमा घटेको घटनाले डिजिटल माध्यमबाट हुने यौन शोषण र बालिकामाथि हुने दीर्घकालीन हिंसाको भयावह रूप देखाएको छ । सिजप समाजमा घटेको यस्तो घटना प्रति खेद प्रकट गर्दछ र घटनाको दोषी माथी कडा कारबाही अघी बढाउन माग गर्दछ ।

You might also like

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

यी घटनाहरूले नेपालमा बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, शारीरिक शोषण, अनलाइन दुव्र्यवहार र हत्या जस्ता अपराधहरू बढ्दो क्रममा रहेको संकेत गर्छ। बालबालिकामाथि हुने यस्तो जघन्य हिंसाले बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि तथा नेपालको संविधानले सुनिश्चित गरेको बाल संरक्षणको अधिकारको गम्भीर उल्लङ्घन गर्दछ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान(सिजप)उल्लेखित सबै घटनाहरूको छिटो, निष्पक्ष र पारदर्शी अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न र पिडित तथा पिडित परिवारलाई मनोसामाजिक परामर्श, कानुनी सहयोग तथा उचित क्षतिपूर्ति उपलब्ध गर्न माग गर्दछौं । स्थानीय तहदेखि राष्ट्रिय तहसम्म बाल संरक्षण संयन्त्रलाई प्रभावकारी बनाइ विद्यालय, समुदाय तथा परिवारमा बाल सुरक्षा प्रणाली बलियो बनाउन, सामाजिक सञ्जालमार्फत हुने ब्ल्याकमेल, यौन शोषण र डिजिटल हिंसा नियन्त्रण गर्न साइबर निगरानी तथा कानुनी कार्यान्वयनलाई कडाइ गर्न ,बालिका तथा किशोरीको सुरक्षा, यौन हिंसा रोकथाम र डिजिटल सुरक्षा सम्बन्धी व्यापक सचेतना अभियान सञ्चालन गर्न, बाल पीडितको बयान, अनुसन्धान र न्याय प्रक्रियालाई बालमैत्री र गोपनीय बनाइ पुनःआघात हुने अवस्था रोक्न, सरकार, सुरक्षा निकाय, विद्यालय, नागरिक समाज, अभिभावक र समुदायबीच समन्वय गरी बाल हिंसा रोकथामका कार्यक्रमलाई प्राथमिकता दिन सिजप माग गर्दछ ।

बालबालिकामाथि हुने यस्ता हिंसात्मक घटनाहरू कुनै पनि सभ्य समाजका लागि अस्वीकार्य छन । बालिकाहरूको सुरक्षा सुनिश्चित गर्नु राज्य, समाज र सबै नागरिकको साझा जिम्मेवारी हो। हामी राष्ट्रिय मानव अधिकार आयोग,राष्ट्रिय बाल अधिकार परिषद्,महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय,नेपाल प्रहरी लगायत सम्बन्धित निकायहरूलाई यस्ता घटनाहरूको प्रभावकारी छानबिन,अनुगमन गर्न, दोषीमाथि कडाभन्दा कडा कारवाहीको निम्ति र यस्ता खालका घटनाहरू दोहोरिन नदिन आवश्यक पहल कदमी चाल्न हार्दिक अनुरोध गर्दछौं ।

Related

Previous Post

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

Next Post

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

Sambridinews

Sambridinews

Related Posts

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

by Sambridinews
शनिबार, फाल्गुन ३०, २०८२
ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास
FEATURED

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
दसैँभरी पानी पर्ने सम्भावना
TOP STORIES

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक
TOP STORIES

पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाइ पाँच लाख घुस मागेको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल २० रनले पराजित

टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल २० रनले पराजित

मङ्लबार, फाल्गुन १५, २०८०
नेपाल टेलिकमको सजिलो प्रिपेड कम्बो अफर

नेपाल टेलिकमकाे ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायाे

बुधबार, साउन २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

शनिबार, फाल्गुन ३०, २०८२
बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण

शनिबार, फाल्गुन ३०, २०८२
ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास
FEATURED

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

शुक्रबार, फाल्गुन २९, २०८२
दसैँभरी पानी पर्ने सम्भावना
TOP STORIES

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक
TOP STORIES

पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाइ पाँच लाख घुस मागेको आरोप
FEATURED

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाइ पाँच लाख घुस मागेको आरोप

शुक्रबार, फाल्गुन २९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In